जाडोको शुरुवात संगै प्रकृतिको विशेषता तथा मानिसहरुको चाल चलनमा पनि परिर्वतन देखा पर्दछ । रुखका पात पतिंगरहरु झरेर उजाड देखिनुका साथ साथै हुस्सु र कुहिरोले ढपक्क ढाक्न थाल्दछ अनि नजिकैको बस्तु पनि देख्न असहज हुन्छ । भेडा बाख्रा तथा गाइ बस्तुहरु रौँ ठाडो पार्दै घामको किरणको प्रतिक्षामा देखिन्छन ।अनि श्वास फेर्दा पनि आगोवाट धुवाँ निस्के जस्तो वाफ निस्केको देख्दा अचम्म लाग्छ ।
मानिसहरुको लागि भने जाडोको सिजन सुखी सिजन हो । खेति पाति थन्क्याइ सकेका हुन्छन । अनि अर्काे खेतिको शुरुवात भने भइसकेको हुँदैन । यतिबेलाको समय फुर्सद र घुमघामको रहने गर्दछ । जाडोको समयमा कतै कतै मानिसहरु आगोको वरिपरी चियाको सुर्की लगाउँदै गोलबद्ध भएर गफ गरिरहेको देख्न सकिन्छ । त्यस्तै बाक्लो भुत्ते कपडा लगाएर नचिनिने भएर हिँड्ने पनि देखिन्छ । कोही मानिसहरु भुत्ते कपडामाथि गलबन्धी ढपक्क बाँधेर हावाको सर्काे पनि शरिरमा छिर्न नदिने गरी बस्दछन । कोहि कोहि त आफ्नो तालमा भन्दा गलबन्धीको तालमा हिँड्ने गर्दछन । निकै महत्वपुर्ण कुरा जुन छाड्नै नहुने छ जस्तो गरी गोजिमा हात राखेर नाक मुख, गला सवै ढाकिन्छन । अनि गलबन्धी मिलाउन पनि गोजी बाट हात झिक्दैनन बस् मुन्टो मर्काएर वा तन्काएर भएपनि एकछिन सम्म भएपनि गोजीमा हात राख्न छाड्दैनन् ।
यता उता समाचार तथा मोवाइलमा पनि आज त बर्षकै सवैभन्दा चिसो छ रे भन्ने समाचार आउँछ । अनि मोवाइलको मौषम विभागले त ऋणात्मक तापक्रम नै देखाउँछ । दिनहुँ ओहो अझै जाडो बढ्ने क्रममा छ भन्दै जाडो वित्ने गर्दछ । कहि कतै हिउँ परेको पनि सुन्न देख्न पाइन्छ भने फेसवुकको वालमा हिउँ संग गाँसिएका तस्विरहरु पनि देख्न पाइन्छ । सुत्ने समयमा पनि कता बाट हावा सिरक भित्र वाट छिर्दैन भन्दै आसन परिर्वतन गरी गरी सुत्नु पर्दछ ।
यसै जाडोमा विविध चाडपर्वहरु जस्तै ल्होसार, अंग्रेजी नयाँ बर्ष, मकर सक्रान्ती जस्ता महत्वपुर्ण पर्वहरु पर्दछन । यी चाडपर्वहरु फुर्सदको समयमा पर्ने भएकाले विशेष रमाइलो गरी मनाइन्छन । जाडोमा चियाको महत्व निकै हुने गर्दछ ।
साँच्ची जाडो अजिव छ । यस्तो जाडोमा आफ्नो विशेष ख्याल गर्नुहोला ।
Monday, 31 December 2018
Monday, 24 December 2018
धक्का
कतैबाट एक्कासी धक्का आयो, म झसंग भइ सडकपेटीबाट बाटोमा झरेँ । गाडीहरु जोर विजोर गरी चल्ने भएकाले यात्रुहरुको निकै ठुलो भिड थियो । म पनि त्यसै भिडमा सडकको पेटिमा गाडीको प्रतिक्षामा थिएँ । सयौँ जनाको भिडमा पनि आँफुलाइ एक्लै अनुभुति भइरहेको थियो । कसैको बारेमा सोच्दै थिएँ जो महिनौ भइसकेको थियो भेटघाट नभएको अनि बोलचाल पनि नभएको । सामान्य फेसवुकको कुराले गर्दा बोलिचालीमा विप्लब बा लागेको थियो ।
घण्टौँ कुरा गर्ने, अनि सवै कुरा शेयर गर्ने मान्छेको आजभोली अत्तो पत्तो नहुँदा केहि कुरा हराएको अनुभुति भने भइनै रहने रहेछ ।
धक्का लाग्ना मेरो मुखबाट अकस्मात आँखा देख्दैनस भन्ने शब्द निस्क्यो । म उति बेलै पछाडी फर्किएँ । धक्का उसैको थियो जस्को बारेमा सोचेर म टोलाइ रहेको थिएँ । उ एकोहोरो मलाइ हेर्दै हिँड्यो तर उसका पाइला भने रोकिएनन् । म निश्चित थिएँ उस्ले मलाइ चिनेरै धक्का दिएको हो । मलाइ अघिको धक्का भन्दा उसको त्यो ब्यवहारको धक्काले बढि असर गरेको थियो ।
म अकस्मात तर्सिएँ । दिमाख एकाएक कुराहरु खेल्न थाले । के मैले गल्ती गरेँ ? के मैले केहि नभन्नु पर्ने कुरा भनेँ ? उसंग सरी भन्न नपाउँदै उ हिड्यो, खास मैले गर्नु पर्ने कुरा चाहीँ के हो ? उ मसंग जानिजानी ठोकियो कि अन्जानमा ठोकियो ? के उस्ले गल्ती गर्यो ? एकछिन बोलेर गएको भए पनि उस्को के नै जाने थियो र ?
के उस्लाइ बोल्न मन थियो ? कि थिएन ? यदि नबोल्नु थियो त मलाइ धक्का दिनु आवस्यक थियो ? फेरी बोल्न मन भएको भए बोल्नु पर्ने, के त्यो धक्कामा माया थियो ? जे होस उस्को धक्का मलाइ प्यारो लागेको थियो । लामो समय पछि भएपनि एक पटक उस्को मुहार देख्दा उर्जा उत्पन्न भएको अनुभुति गरेको थिएँ ।
Saturday, 27 October 2018
दशैँको संकेत
दशैँ आएको थाहा पाउन पात्रै हेर्नु पर्दैन, यी संकेतहरु बाट नै अड्कल लगाउन सकिन्छ ।
प्रकृतिवाट
घाम पनि विहानै देखि पारीलो हुँदै आएको छ, हिमालमा हिउँक फेदै सम्म देखिन थालेको छ, पश्चिम तर्फवाट सर्रर हावा वहेको छ मडारिँदै गढारिँदै डाँडाकाडाँमा धसारीँदै हिड्ने बादलहरु पनि आफ्नो बाटो लागेका छन्, धानको बारिमा लचप्प सित परेर पसी साध्य छैन, रुखहरुमा पात झपक्क भएर निल परेको छ, बाँसको झुप्पाहरु चहै चहै मच्ची रहेका छन, बारीमा कोदाको गुथा लह लह मच्चेका छन, आगनीको डिलैमा भएको तुलसीलाइ हेर्दै राता पहेँला फुलहरु गफ गर्दै रहेका छन, अनि सयपत्री पनि हतारीँदै गुथ्थाउने तयारीमा छन भने त्यो दशैँ आगमनको संकेत हो ।
पशुपन्छीवाट
ढुकुर विजुलीको पोलमा बसेर कुर कुर गर्दै कुर्लीरहेको छ, आकाशमा कराङ्गकुरुङ्ग चराहरु ताँती लागाएर उडिरहेका छन, चौरहरुमा दशैँ चराहरु चर्न थालेका छन, परेवाहरु धुरीमा बसेर गित गाउँदै नाच्दै ताली बजाउँदै टाढा टाढा सम्म उडिरहेका छन, अनि वरिपरि खसिबोकाको आवाजहरु गुन्जीन थालेको छ, भने त्यो दशैँ आगमन संकेत हो ।
मानिसहरुवाट
सुनसान घरहरुमा बाबु कहिले आउँछस भन्दै फोन गरेको सुनिन थालेको छ, पँधेरामा पनि कहिले को आउँदैछ भन्ने कुरा चल्न थालेको छ, मैदानमा दिउसो र बेलुका गरी दिनमा ३ वटा बसहरु आउन थालेका छन कोही आगनीको डिलबाट मैदान तर्फ को को आएछन भनि चिहाउन थालेका छन अनि मान्छेहरु बस वरिपरि भेला भएको देखिन थालिएको छ, केही समय पछि झोला काँधमा हालेर उकालो लाग्ने गरेको दृष्य देखिन थालेको छ, बच्चा बच्चाहरु एक आपसमा उल्लासिएका छन अनि कोहि नयाँ कपडामा पनि देखिन थालेका छन, लट्टाइ समाएर चंगा माथि माथि आकाशमा पुर्याउने होडबाजी चलेको छ । कोहि युवाहरु डोरी बाट्ने सुरसारमा घर घरबाट बावियोको चुल्ठा बटुल्दै र कोहि झुप्पै सहितको बाँस बोकेर चौर सम्म पिन हाल्ने तयारीमा छन । चौतारीमा खर...खर... खोरखोरे घोलेको आवाज घन्कीएको छ अनि युवाहरु चौतारी मुनी झुप्प गोलो लगाएर खेल्दै खोरखोरको आनन्द लिइरहेका छन । घर घरमा सवैजना धर्मधुस लगाएर भित्ताहरु रातो माटोले लिप्दै छन । बुढाहरु दशैँको खसिका जोगो गर्ने सल्लाह गर्दै छन भने त्यो पनि दशैँको आगमनको संकेत हो यो ।
प्रकृतिवाट
घाम पनि विहानै देखि पारीलो हुँदै आएको छ, हिमालमा हिउँक फेदै सम्म देखिन थालेको छ, पश्चिम तर्फवाट सर्रर हावा वहेको छ मडारिँदै गढारिँदै डाँडाकाडाँमा धसारीँदै हिड्ने बादलहरु पनि आफ्नो बाटो लागेका छन्, धानको बारिमा लचप्प सित परेर पसी साध्य छैन, रुखहरुमा पात झपक्क भएर निल परेको छ, बाँसको झुप्पाहरु चहै चहै मच्ची रहेका छन, बारीमा कोदाको गुथा लह लह मच्चेका छन, आगनीको डिलैमा भएको तुलसीलाइ हेर्दै राता पहेँला फुलहरु गफ गर्दै रहेका छन, अनि सयपत्री पनि हतारीँदै गुथ्थाउने तयारीमा छन भने त्यो दशैँ आगमनको संकेत हो ।
पशुपन्छीवाट
ढुकुर विजुलीको पोलमा बसेर कुर कुर गर्दै कुर्लीरहेको छ, आकाशमा कराङ्गकुरुङ्ग चराहरु ताँती लागाएर उडिरहेका छन, चौरहरुमा दशैँ चराहरु चर्न थालेका छन, परेवाहरु धुरीमा बसेर गित गाउँदै नाच्दै ताली बजाउँदै टाढा टाढा सम्म उडिरहेका छन, अनि वरिपरि खसिबोकाको आवाजहरु गुन्जीन थालेको छ, भने त्यो दशैँ आगमन संकेत हो ।
मानिसहरुवाट
सुनसान घरहरुमा बाबु कहिले आउँछस भन्दै फोन गरेको सुनिन थालेको छ, पँधेरामा पनि कहिले को आउँदैछ भन्ने कुरा चल्न थालेको छ, मैदानमा दिउसो र बेलुका गरी दिनमा ३ वटा बसहरु आउन थालेका छन कोही आगनीको डिलबाट मैदान तर्फ को को आएछन भनि चिहाउन थालेका छन अनि मान्छेहरु बस वरिपरि भेला भएको देखिन थालिएको छ, केही समय पछि झोला काँधमा हालेर उकालो लाग्ने गरेको दृष्य देखिन थालेको छ, बच्चा बच्चाहरु एक आपसमा उल्लासिएका छन अनि कोहि नयाँ कपडामा पनि देखिन थालेका छन, लट्टाइ समाएर चंगा माथि माथि आकाशमा पुर्याउने होडबाजी चलेको छ । कोहि युवाहरु डोरी बाट्ने सुरसारमा घर घरबाट बावियोको चुल्ठा बटुल्दै र कोहि झुप्पै सहितको बाँस बोकेर चौर सम्म पिन हाल्ने तयारीमा छन । चौतारीमा खर...खर... खोरखोरे घोलेको आवाज घन्कीएको छ अनि युवाहरु चौतारी मुनी झुप्प गोलो लगाएर खेल्दै खोरखोरको आनन्द लिइरहेका छन । घर घरमा सवैजना धर्मधुस लगाएर भित्ताहरु रातो माटोले लिप्दै छन । बुढाहरु दशैँको खसिका जोगो गर्ने सल्लाह गर्दै छन भने त्यो पनि दशैँको आगमनको संकेत हो यो ।
Wednesday, 24 October 2018
ढुङ्गेसाँघु, ढुङ्गेसाँघुको मेला र महतगौँडा
ढुङ्गेसाँघु
![]() |
| ढुङ्गेसाँघुको पुल |
ढुङ्गेसाँघुको मेला
सुन्दर नगरी पोखरा महानगरपालिकाको वडा नं १५ र १७ जोडीने सेति नदिमा बनेको ढुङ्गेसाँघु पुलको नामबाट परिचित यस स्थानमा माघे सक्रान्तीमा परापुर्व काल देखिनै मेला लाग्ने गरेको छ ।
त्यसैले यस मेलालाइ ढुङ्गेसाँघुको मेला भन्ने गरीन्छ । मेलाको इतिहाँसको सम्बन्धमा कुरा गर्दा बनबासको समयमा पुस महिनाको अन्तमा भगवान राम र सिता यस पुण्य भुमिमा आएर बास बस्नुभएको र त्यस दिन तरुल सखर खण्ड पकाएर राखी भोली पल्ट माघेसक्रान्तीको दिनमा सितामाताले यहाँ स्नान गरौँ भनि दुवै जना स्नान गरी अघिल्लो दिन पकाएको तरुल, सखरखण्ड र खुदो चिउरा खाएका थिए । सिता मातालाइ सवारी हुनु भन्दा पहिले यस स्थानमा केहि चिनो स्वरुप राख्न मन भएको र साथमा
![]() |
ढुङ्गेसाँघुको मेला
|
![]() |
| ढुङ्गेसाँघुको मेला |
त्यस्तो केहि बस्तु नभएकाले भगवान रामले यहाँ पाइला राख भनि सिताको पाइलाको चिनो बनाइ दुवै जना प्रस्थान गर्नु भएको भन्ने किम्ब दन्ती रहेको छ । त्यसैले यस सीताका पाइला भएको स्थानलाइ सीतापाइला पनि भन्ने गरिन्छ । यसैका आधारमा माघे सक्रान्तीका दिन मानिसहरु यसै स्थानमा आइ स्नान गर्ने अनि तरुल सखरखण्ड र खुदो चिउरा ल्याइ खाने परम्परा बन्दै विस्तारै सामानहरुको खरिद विक्री गर्ने कार्यको शुरुवात भएर मेलाको प्रारम्भ भयो । यस मेलामा घरायसी सामान जस्तै डोका, नाम्ला, कुटो कोदालो, भकारी, मान्द्रो जस्ता समानहरुको खरिद विक्री हुने गर्दछ । मेलामा टाढा टाढा देखि विभिन्न जिल्लाका मानिसहरु मेला भर्न आउने तिर्थालुहरुको भिड रहन्छ । केहि दशक पहिले दिनमा र रातमा मेला लाग्ने गर्दथ्यो तर आजभोली माघ १ गतेको दिनमा मात्र मेला लाग्ने गरेको छ । यसै मेलामा आधारित "ढुङ्गेसाँघुको मेलैमा भेट भएको बेलैमा..." र "हाम्रो गाउँ, राम्रो गाउँ, ढुंगेसाँघु..." भन्ने गित नेपाल भरी नै लोकप्रिय मानिन्छ ।
महतगौँडा
महतगौँडा
![]() |
महतगौँडा
|
यस क्षेत्रको इतिहाँसको सम्बन्धमा कुरा गर्दा सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको पुजा आराधना र संरक्षण गर्नका लागि विं. सं. १८६४ सालमा तत्कालिन महाराजाले गुठिको रुपमा केहि जमिन दान गरेको कुरा लिखितम रुपमा प्रमाण रहेको छ । पहिले पार्दिमा जमिनको सतहमा पानी बग्ने गर्दथ्यो । १९१० को दशक तिर नुवाकोटका मनिसहरु आएर माथिल्लो नहर (हाल छोरेपाटन) बनाएर खेती पाती गरेका थिए । उनिहरुले बैदाम देखि नहर बनाएर ल्याएका थिए । खोलाको आसपासका क्षेत्रहरुमा खेती पाती गर्ने र बर्षै पिच्छे नहरको क्षमता बढाइ खेती पाती विस्तार गर्ने गर्दथे भने पाल्पाका महतहरु अर्को तिर नहर बनाइ खेती गर्ने गर्दथे । त्यसैले त्यस महतहरुले खेती गरेकोे स्थानलाइ हालसम्म पनि पाल्पाली विरुवा भन्ने गरिन्छ । नहरको पानी विस्तार हुने क्रममा महत गौंडामा पनि खेति गर्न थालेका थिए । १९२० को दशकमा उक्त नहर वग्ने स्थान पार्दीमा भासिएर खोला बनेपछि पानी नहरमा आउन नसकेकोले उनिहरुको उप्जनीमा ह्रास भएको थियो । उनिहरुको परिवार संख्या ठुलो र छाडा बस्तुभाउ तथा सिचाइको अभावका कारणले उत्पादन कम भएकाले उनिहरु फोक्सीङ्गमा भएका भण्डारी समुदायका मानिसहरु संग अन्न सापटी लिन गएका थिए । सके अन्न फीर्ता गर्ने नसके पैसा दिने यदि त्यति पनि नसकेको खण्डमा घरमा आएर काम गर्दिने शर्त राखेका थिए । भण्डारीहरुले आँफुसंग भण्डारण गरेर राखेको कोदो सापटी स्वरुप दिएका थिए । महतहरु तिन पटकसम्म अन्न सापटी लिन गएका थिए । उनिहरु सापटी रकम चुक्ता गर्न असर्मथ भएपछि यस स्थानमा रहन नसक्ने र आँफुलाइ बाटो खर्च आवस्यक रहेको भनि निवेदन गरी भएको सम्पत्ति जिम्मा लगाइ उनिहरु १९३० को दशकमा पुन पाल्पा नै फर्केको भन्ने सुन्न पाइन्छ ।
त्यसपछि फोक्सीङ्गवाट चार जना भण्डारी परिवारहरुः मुखीया, झ्यापे, बाली र डाँडाघरे आएका थिए । उनिहरु आएको केहि वर्ष पछि रैचौरबाट माइला मगर र उनको परिवार पनि यहि स्थानमा बसोबास गर्न आएका थिए । करिव १९९२ तिर दोपहरेमा बसोबास गर्ने देवदत्त परिवारको गौचरनको रुपमा रहेको कृष्तीमा पहिरो गएपछि चरनयोग्य जमिन नास भएपछि देवदत्त भण्डारी उनका परिवारका साथमा गाइबस्तुहरु लिएर यस क्षेत्रमा प्रस्थान गरेका थिए । यहाँ उनि आफ्ना भण्डारी भाइहरु भएकाले गाइबस्तु पाल्नका लागि सहज भएकाले यस क्षेत्रमा बसोबास योग्य महशुस गरेका थिए । उनिले रु १०० ऋण लिएर जग्गा जमिन किनेका थिए ।
भण्डारीहरुले जग्गा खरिद विक्री गर्दा लेखापढि गरे बापत नेत्रपाणी कोइरालाका परिवारलाइ केहि जमिन प्रदान गरेका थिए । उक्त जमिनमा केहि समय बसोबास गरी कोइराला परिवारले आफ्ना कास्कीकोटका भान्जा धनराज सुवेदीलाइ प्रदान गरी आँफु पहिलेकै स्थान गणेशटोलमा गएका थिए ।
रत्नखर र दोपहरे माइत भएकी उनकी श्रीमती आफ्ना भाइहरुको आसपास भनेर रामघाटबाट बसाइ सरी यस स्थानमा आएका थिए । उनीहरुले चौरको छेउमा एउटा चौतारी बनाएका थिए । जस्लाइ रामघाटे चौतारी पनि भन्ने गरिन्छ । उनिहरुको सन्तान विस्तार हुन सकेको थिएन ।
त्यसपछि फोक्सीङ्गवाट चार जना भण्डारी परिवारहरुः मुखीया, झ्यापे, बाली र डाँडाघरे आएका थिए । उनिहरु आएको केहि वर्ष पछि रैचौरबाट माइला मगर र उनको परिवार पनि यहि स्थानमा बसोबास गर्न आएका थिए । करिव १९९२ तिर दोपहरेमा बसोबास गर्ने देवदत्त परिवारको गौचरनको रुपमा रहेको कृष्तीमा पहिरो गएपछि चरनयोग्य जमिन नास भएपछि देवदत्त भण्डारी उनका परिवारका साथमा गाइबस्तुहरु लिएर यस क्षेत्रमा प्रस्थान गरेका थिए । यहाँ उनि आफ्ना भण्डारी भाइहरु भएकाले गाइबस्तु पाल्नका लागि सहज भएकाले यस क्षेत्रमा बसोबास योग्य महशुस गरेका थिए । उनिले रु १०० ऋण लिएर जग्गा जमिन किनेका थिए ।
भण्डारीहरुले जग्गा खरिद विक्री गर्दा लेखापढि गरे बापत नेत्रपाणी कोइरालाका परिवारलाइ केहि जमिन प्रदान गरेका थिए । उक्त जमिनमा केहि समय बसोबास गरी कोइराला परिवारले आफ्ना कास्कीकोटका भान्जा धनराज सुवेदीलाइ प्रदान गरी आँफु पहिलेकै स्थान गणेशटोलमा गएका थिए ।
रत्नखर र दोपहरे माइत भएकी उनकी श्रीमती आफ्ना भाइहरुको आसपास भनेर रामघाटबाट बसाइ सरी यस स्थानमा आएका थिए । उनीहरुले चौरको छेउमा एउटा चौतारी बनाएका थिए । जस्लाइ रामघाटे चौतारी पनि भन्ने गरिन्छ । उनिहरुको सन्तान विस्तार हुन सकेको थिएन ।
महतगौंडामा पशुपालन प्रमुख पेशा थियो । बर्षामा खेति जोगाउन र आआफ्ना बस्तुभाउ चरनका लागि छाड्न सोतो बाट केहि घरलाइ गौंडा तिरको भाग छुट्याइएको थियो भने केहि घरलाइ बर्खे तहराको भाग छुट्याइएको थियो । उनिहरुको छुट्टै निकास भएकाले एक पट्टीको बस्तुभाउले अर्को पट्टीको खेति खाने सम्भावना निकै न्युन रहन्थ्यो । यसै चरन क्षेत्रको आधारमा जस्ले जता बस्तुभाउ चराउँछ त्यतै भंगेरको पुजा गर्ने र तिन तिन बर्षमा भेडो पुजा गर्ने भनि चलन बनाएका थिए ।
केहि बंश विस्तार
सोम भण्डारी गाउँका मुखिया भएका कारणले उनलाइ मुखिया भन्ने गरिन्थ्यो । उनका छोरा दुर्गादत्त हुन । उनका दुइ छोरा थिए । जेठा छोराका ९ सन्तान मध्ये एक सन्तान धनन्जयको बंश विकास भइ ५ छोरा ५ छोरी भएका छन भने कान्छा छोरा देवदत्तका ६ छोरा ७ छोरी रहेका छन ।
महतगौंडाको सवैभन्दा अग्लो स्थानमा घर भएका कारणले जयस्वरलाइ डाडाँघरे भन्ने गरिन्थ्यो उनका एक छोरा चक्रपाणी बाट एक छोरा नरहरी छन । नरहरीका ५ छोरा ३ छोरी रहेका छन ।
शक्तिबल्लभको घरमा कमलको विरुवा रोपिएको थियो त्यसैले उनलाइ कमलघरे पनि भनेर बोलाइन्थ्यो । उनि बाँझीपोखरी देखि यस स्थानमा आएका थिए । उनका दुइ छोराहरु थिए । जेठा छोरा डण्डपाणीका १ छोरा १ छोरी छन भने कान्छाका ४ छोरा २ छोरी रहेका छन ।
झ्याँपेको सन्तानको रुपमा एक छोरा र एक छोरी भएता पनि उनिहरुवाट सन्तान हुन नसक्दा बंश विस्तार रोकिएको छ । झ्यापे कुष्ठरोगका कारण ज्यान गुमाएका थिए । बालि निशन्तान भएकोले उनको बंश विस्तार हुन सकेको थिएन ।
मगरहरुका दाजुभाइ मध्ये माइला भएकाले माइला मगर भन्ने गरिन्थ्यो । माइला मगरका ज्ञानबहादुर र दानबहादुर गरी दुइ सन्तान बाट बंश विस्तार भएको पाइन्छ ।
धेरैको नाम देवि देवताको रहने अनि एकै नाम दुवै जनाको हुने भएकाले दोपहरेबाट आगमन भएकाले देवदत्तलाइ देवदत्त (दोपहरे) भनि नामाकरण गरिएको थियो उनको ७ छोरा १ छोरी मध्ये जेठा छोरा बाट सन्तान विस्तार हुन नसकेको, माइला छोरा बर्मा गएको, साँइला छोरा बाट ४ छोरा १ छोरी भएका छन, काँइला छोराबाट ५ छोराहरु भए, राँइला छोरा बाट ४ छोरा ४ छोरी भएका छन, ठुलाकान्छाबाट एक छोरा र कान्छाबाट ६ छोरा १ छोरी गर्दै सन्तान विस्तार हुँदै गएका छन ।
वि.सं २०१६ सालमा डण्डपाणी भण्डारी तथा उनका परिवार बाँझीपोखरीबाट महतगौंडा आएका थिए । उनका १ छोरा ७ छोरी रहेका छन ।वि.सं २०२२ सालमा टिकाराम भण्डारी आफ्ना परिवार सहित आएका थिए । उनका २ छोरा २ छोरी बाट सन्तान विस्तार भएको छ ।
पर्यटन र आर्थिक पक्ष
केहि बंश विस्तार
सोम भण्डारी गाउँका मुखिया भएका कारणले उनलाइ मुखिया भन्ने गरिन्थ्यो । उनका छोरा दुर्गादत्त हुन । उनका दुइ छोरा थिए । जेठा छोराका ९ सन्तान मध्ये एक सन्तान धनन्जयको बंश विकास भइ ५ छोरा ५ छोरी भएका छन भने कान्छा छोरा देवदत्तका ६ छोरा ७ छोरी रहेका छन ।
महतगौंडाको सवैभन्दा अग्लो स्थानमा घर भएका कारणले जयस्वरलाइ डाडाँघरे भन्ने गरिन्थ्यो उनका एक छोरा चक्रपाणी बाट एक छोरा नरहरी छन । नरहरीका ५ छोरा ३ छोरी रहेका छन ।
शक्तिबल्लभको घरमा कमलको विरुवा रोपिएको थियो त्यसैले उनलाइ कमलघरे पनि भनेर बोलाइन्थ्यो । उनि बाँझीपोखरी देखि यस स्थानमा आएका थिए । उनका दुइ छोराहरु थिए । जेठा छोरा डण्डपाणीका १ छोरा १ छोरी छन भने कान्छाका ४ छोरा २ छोरी रहेका छन ।
झ्याँपेको सन्तानको रुपमा एक छोरा र एक छोरी भएता पनि उनिहरुवाट सन्तान हुन नसक्दा बंश विस्तार रोकिएको छ । झ्यापे कुष्ठरोगका कारण ज्यान गुमाएका थिए । बालि निशन्तान भएकोले उनको बंश विस्तार हुन सकेको थिएन ।
मगरहरुका दाजुभाइ मध्ये माइला भएकाले माइला मगर भन्ने गरिन्थ्यो । माइला मगरका ज्ञानबहादुर र दानबहादुर गरी दुइ सन्तान बाट बंश विस्तार भएको पाइन्छ ।
धेरैको नाम देवि देवताको रहने अनि एकै नाम दुवै जनाको हुने भएकाले दोपहरेबाट आगमन भएकाले देवदत्तलाइ देवदत्त (दोपहरे) भनि नामाकरण गरिएको थियो उनको ७ छोरा १ छोरी मध्ये जेठा छोरा बाट सन्तान विस्तार हुन नसकेको, माइला छोरा बर्मा गएको, साँइला छोरा बाट ४ छोरा १ छोरी भएका छन, काँइला छोराबाट ५ छोराहरु भए, राँइला छोरा बाट ४ छोरा ४ छोरी भएका छन, ठुलाकान्छाबाट एक छोरा र कान्छाबाट ६ छोरा १ छोरी गर्दै सन्तान विस्तार हुँदै गएका छन ।
वि.सं २०१६ सालमा डण्डपाणी भण्डारी तथा उनका परिवार बाँझीपोखरीबाट महतगौंडा आएका थिए । उनका १ छोरा ७ छोरी रहेका छन ।वि.सं २०२२ सालमा टिकाराम भण्डारी आफ्ना परिवार सहित आएका थिए । उनका २ छोरा २ छोरी बाट सन्तान विस्तार भएको छ ।
पर्यटन र आर्थिक पक्ष
यस क्षेत्रमा पौराणिक महत्व बोकेको पवित्र तिर्थ स्थल सदाशिवजी हरिहर मन्दिर र सीताको पाइला भएको राम सिता मन्दिर रहेका छन । सेति नदि माथि बनेको प्राकृतिक पुल जसवाट गाडीहरु हिड्ने गर्दछन । यो संसारको अनौठो पुल अवलोकन गर्न स्वदेश तथा विदेशबाट पर्यटकहरु आउने गर्दछन । यहाँबाट माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृंखला, धौलागिरी र मनास्लु हिमालको मनोरम दृष्य देखिने भएकाले पनि यसको लोकप्रियता बढेको छ । हाल निर्माणधिन बन्जी जम्प र फन पार्कले पनि आगामी दिनमा थप पर्यटकहरु आर्कषण गर्ने अनुमान गरिएको छ ।
पार्दिमा १९९० सालमा बाँध बाध्ने कार्यक्रम सम्पन्न भयो । उक्त बाँध बनेपछि खेतिपाति राम्रो हुन थालेको थियो । फेरी २०१० सालमा बाँध भत्कीयो । र पुनः बाँध बनाउने कार्यक्रम सम्पन्न भयो । त्यो बाँध २०१३ सालमा निमार्ण सम्पन्न भयो । त्यो बाँध २०३१ साल सम्म टिकाउ भयो र त्यसपछि पुन बाँध भत्कीयो त्यसपछि भने ६ वर्ष पश्चात फेवा वाँध निमार्ण सम्पन्न भयो । बाँध बनाउने क्रममा महतगौंडाका बासिन्दाले श्रमदान गरी निमार्ण सम्पन्न गर्न सहयोग गरेका थिए । त्यस अन्तरालमा खेतिपाति नहुनाले र अग्नी क्षय हुनाले यहाँका वासीन्दाहरुको आर्थिक पक्षमा निकै प्रभाव पारेको थियो । यहाँका बासिन्दा उक्त समयमा उखु बदाम कोदो जस्ता बालिहरु लागाएर जिविका चलाएको पाइन्छ । हाल विभिन्न सम्प्रदायका ब्यक्तिहरुको आगमन यस क्षेत्रमा भएको छ र बस्ती दिन प्रतिदिन घना बन्दै गइरहेको छ ।
पार्दिमा १९९० सालमा बाँध बाध्ने कार्यक्रम सम्पन्न भयो । उक्त बाँध बनेपछि खेतिपाति राम्रो हुन थालेको थियो । फेरी २०१० सालमा बाँध भत्कीयो । र पुनः बाँध बनाउने कार्यक्रम सम्पन्न भयो । त्यो बाँध २०१३ सालमा निमार्ण सम्पन्न भयो । त्यो बाँध २०३१ साल सम्म टिकाउ भयो र त्यसपछि पुन बाँध भत्कीयो त्यसपछि भने ६ वर्ष पश्चात फेवा वाँध निमार्ण सम्पन्न भयो । बाँध बनाउने क्रममा महतगौंडाका बासिन्दाले श्रमदान गरी निमार्ण सम्पन्न गर्न सहयोग गरेका थिए । त्यस अन्तरालमा खेतिपाति नहुनाले र अग्नी क्षय हुनाले यहाँका वासीन्दाहरुको आर्थिक पक्षमा निकै प्रभाव पारेको थियो । यहाँका बासिन्दा उक्त समयमा उखु बदाम कोदो जस्ता बालिहरु लागाएर जिविका चलाएको पाइन्छ । हाल विभिन्न सम्प्रदायका ब्यक्तिहरुको आगमन यस क्षेत्रमा भएको छ र बस्ती दिन प्रतिदिन घना बन्दै गइरहेको छ ।
स्रोत: पुजनिय हजुरवुवा चुडामणी भण्डारी
Thursday, 27 September 2018
जन्मदिन कसरी मनाउने
जन्मदिन
पृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति अनि समय जन्म समय । जन्म मितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो । सामान्यतया प्राणीको जिवनको शुरुवात जन्म अगावै भ्रुण अवस्थाबाट नै हुने गर्दछ तर उसको जिवन चक्र उसको जन्म देखि शुरु हुने भएकाले जन्ममितिलाइ नै शुरुवातको दिन मानिन्छ ।
कतिपयलाइ आफ्नो जन्ममिति यै हो भन्ने कुरा एकिन नहुन सक्छ तर जन्ममिति एकिन हुन आवस्यक छ । जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । सामान्य गोरु किन्दा त मान्छेले कति उमेरको हो भनि अनुमान लगाइ उमेरकै आधारमा मुल्य समायोजन गरी खरिद विक्री गर्छन, त्यस्तै एउटा रुख पनि उसको उमेरकै आधारमा कलिलो वा बलियो काठ भनि अनुमान लगाउँछन भने मानव जिवनमा त यसको झनै ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ । त्यसैले आफ्नो जन्म मिति जान्न आवस्यक छ ।
विशेषगरी जन्मदिन नेपाली पात्रो, अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा बन्दै आएको छ तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु सर्वोत्तम मानिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्म दिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ । ग्रहहरुको उच्च सकारात्मक प्रभावका कारण एक कुशल शिशुको जन्म भएको हुन्छ । त्यस तिथीमा नक्षेत्र, तथा अधिकाशँ ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम रहेको छ ।
जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि सम्भव भएमा तोरीको तेल राखेर बालिने दियोमा बत्ति बाल्नुहोस् र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहोस् । यदि त्यस्तो दियोको व्यवस्था नभएमा कम्तिमा एउटा मैनबत्ति बाल्नुहोस र उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहोस् । कार्यक्रम अन्त्य सम्म बत्ति ननिभाउनु होस । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ, कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।
आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । त्यसले उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ । जसले उक्त व्यक्तिमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने हुन्छ । साथै, केटाकेटी बेलैदेखि यस्तो बानी बसालिदिएमा उनीहरुमा आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने रहेछ भन्ने संस्कारको विकास हुन पाउँछ ।
खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ ।
आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नुहोस् । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ । जसले गर्दा बालबालिका ती काममा अघि बढ्न उत्प्रेरित भईरहुन । यसले उनीहरुमा पछि व्यवहारिक जीवनमा पुग्दा अँगालेको पेशा ब्यवसायमा पनि अठोट गर्न र त्यसलाई पूरा गर्न मद्धत पुर्याउने छ । त्यस्ता बालबालिकको कार्यसम्पादन क्षमता उच्च रहने छ ।
बालबालिकालाई केही बोल्न दिऔं जन्मोत्सव मनाउँदा जन्मदिन परेको बालबालिका वा व्यक्तिलाई उपस्थितहरु माझ केही बोल्न दिनुहोस् ।
खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन । मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । त्यसमा अष्टचिरञ्जीवीको पूजा गर्नेदेखि निश्चित विधि तय गरिएको छ । त्यसो गर्न सकेमा बालबालिकामा आफनो संस्कार अवलम्बन गर्ने बानी पनि बस्दछ भने संस्कृतिको सम्बद्र्धन पनि हुन्छ । साथै, ब्राम्हणद्धारा मन्त्रोच्चारण गर्दा समग्रमा घरमा शान्ति मिल्नेदेखि दैविक शक्तिको संचार हुने सुअवसर प्राप्त हुन्छ ।
जन्मदिन कसरी मनाउने ।
१. जसको जन्मदिन मनाउन पर्ने हुन्छ उसले सवेरै उठेर स्नान गर्नु पर्छ ।
२. प्रात कालको नित्य कर्म गरेर, देव अर्चन, देवालय तथा मन्दिर दर्शन गरी दीप प्रज्ज्वलन, कलस पुजन, हवन आदि गरेर बालबालिकालाइ तिलक (टिका) लगाइदिने ।
३. दानको संकल्प( उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ । अत सामर्थ्य अनुसार दान दिने परम्परा बसाल्ने । यसका लागि बिपन्न वर्गका, अभिभावक नभएका बाल बालिकाहरुको सनहायताका लागि चलाइएका बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान दिन सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ।
४. वृक्षरोपण (जन्मदिवसमा एक भन्दा अधिक बिरुवा रोपेर वर्सभरि (राम्रो गरि हुर्किए सम्म) त्यसको संरक्षण गर्ने संकल्प लिने।
५. आशिर्वाद (आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार गर्ने।)
६. अबको एक वर्षमा केही राम्रा गुणहरु, जस्तै ( सेवा, सत्य, मिठो बोल्ने, सुद्धता, सभ्य, आचरण जस्ता गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने संकल्प लिएर त्यसको अभ्यास गर्ने ।
७. जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।
८. जन्मदिनमा सात्विक भोजन उत्तम रहन्छ ।
Saturday, 22 September 2018
सोह्र श्राद्ध
श्राद्ध
जिवित अवस्थामा माता पिताको गरिने सेवा जस्तै मृत्यु पश्चात पनि पितृहरुको सेवा गर्नु सनातन धर्ममा सन्ततीहरुको कर्तव्य मानिन्छ । पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । यो प्रियजन (आफन्त) को मृत्यु भएको तिथिलाइ मान्ने गरिन्छ । यस दिन आफ्ना आफन्त मृत आत्माहरुलाइ श्रदा पुर्वक स्मरण गर्ने र सम्मान अर्पण गर्ने गरिन्छ, घरमा ब्राहम्ण बोलाइन्छ र पुजा गरिन्छ अनि ब्राहम्ण लाइ भोजन गराइ पिण्डदान दिने गरिन्छ । पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध हो । यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस बिपरित पार्वण (सोह्र श्राद्ध) मा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीन पुस्तालाई पिण्ड दिइन्छ । विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामालगायतलाई पिण्ड दिने पनि गरिन्छ । श्राद्धको शुरुवातको कुरा गर्दा पितृको श्राद्ध सबैभन्दा पहिले भगवान बिष्णुजीले, त्यसपछि ब्रह्माजीले, त्यसपछि दत्तात्रेयका छोरा निमिले अनि त्यसपछि हिन्दु अरुहरुले गरेको पाइन्छ र आजकल श्राद्धको महिमा बुझेका सवैले श्राद्ध गरेको पाइन्छ ।
सोह्र श्राद्ध
आस्वीन कृष्ण पक्षका १५ वटा तिथिहरुलाइ सोह्र श्राद्ध भनिन्छ । यसलाइ पितृ पक्ष पनि भनिन्छ । यस अन्तरालमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई (पार्वण) सोह्र श्राद्ध भनिन्छ । यी तिथिहरुमा पितृलाइ तृप्त पार्नू पर्छ भन्ने मान्यता अनुसार आफ्ना वुवा आमाको मृत्यु तिथिमा श्राद्ध गर्ने चलन रहेको छ । समान्य तया श्राद्ध गर्दा वुवाको मृत्यु तिथिमा गर्ने गरिन्छ तर सोह्रश्राद्धमा श्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजुर) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना आफन्तजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
विधीहरु
पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्ष भरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधि भर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ। एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको (शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ। पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।
श्राद्धका आवस्यक ७ बस्तुहरु
कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।
श्राद्ध मन्त्र
ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।
श्राद्धमा गर्न नहुने काम
श्राद्ध गर्दा मन मस्तिस्क देखी नै शुद्ध भइ, गुप्त रूपमा गर्नुपर्छ । दिर्घ उपयोगि बस्तुहरु जस्तै घर जग्गा गर गहना पशु पन्छी किनमेल गर्न अशुभ मानिन्छ भने सो दिन सात्विक भोजन नै शुभ रहन्छ । श्राद्धको दिनमा खन्न जोत्न, दाउरा काट्न र नाचगानका कार्यक्रम गर्नु अशुभ मानिन्छ, पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु । भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषेद छ । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन, उक्त दिन एक छाके को दिनमा शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।
श्राद्ध गर्ने स्थान, दिशा र समय
श्राद्ध गर्नको लागि सवैभन्दा उपयुक्त स्थान स्व: गृह नै मानिएको छ, । श्राद्ध गर्दा घरको छत, कौशी, बार्दली, पहिलो तल्ला मा गर्न अशुभ मानिन्छ भुइंतलामा मात्र श्राद्धको गर्नु उत्तम मानिएको छ । स्व: गृह भन्दा बाहिर भाडामा वा अरुको घरमा बस्नेहरुले कुनै नदि तथा धार्मिक स्थलमा गइ श्राद्ध गरि तर्पण दिनु उपयुक्त मानिएको छ । देवस्थल, नदि, मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृह मालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । सुर्य दक्षिणय भएको बेला सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले दक्षिण दिशा फर्केर श्राद्ध गर्नु उत्तम मनिएको छ ।
खानपिन तथा पाहुना
श्राद्धमा श्राद्ध भन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई एकछाके भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन । श्राद्धकार्य समापन भएपछि ब्राहमणलाइ भोजन गराएपछि काग लाइ भोजन दिइ श्राद्धमा बोलाइएका पाहुना र आँफुले खाना खाने चलन पनि रहि आएको छ ।
पिण्डदान
पिण्डदान श्राद्धको मुख्य कार्य हो । पिण्ड गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लो हो । पिण्ड त्यस्तो वस्तु हो जुन् अग्नौकरण (होम) गरी शेष रहेको श्राद्धपाक र पितृस्वरुप आमन्त्रित ब्राह्मण भोजन शेषबाट निर्मित डल्लो वस्तु हो । श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने श्राद्धमा पिण्डदान गर्न हुँदैन ।खानपिन तथा पाहुना
श्राद्धमा श्राद्ध भन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई एकछाके भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन । श्राद्धकार्य समापन भएपछि ब्राहमणलाइ भोजन गराएपछि काग लाइ भोजन दिइ श्राद्धमा बोलाइएका पाहुना र आँफुले खाना खाने चलन पनि रहि आएको छ ।-अर्जुन भण्डारी
Friday, 21 September 2018
फरक पुस्ता
समयको अन्तराल संगै सवैको चाल चलन, रहन सहन बेग्लै बन्दै गएको छ । पुस्ता अनुसार आफ्नै फरक फरक कार्यशैली छ । बावु छोराको पुस्तामा नै विविध भिन्नता पाइन्छ । एक पुस्ताको कुरा अर्काे पुस्तामा नौलो बन्दै गएको छ ।
मेरो हजुर-वुवा
मेरो हजुरवुवा परिवारलाइ निकै माया गर्नु हुन्थ्यो । परिवार निकै ठुलो थियो । छोरा, बुहारी, नाति-नातिना, पत्नीहरु सवैको विशेष ख्याल राख्नुहुन्थ्यो । उहाँ प्राय घर परिवारमै हुनु हुन्थ्यो उहालाइँ समय छुट्याउनका लागि खासै शनिवार नै आउनु पर्दैन थ्यो । सामाजिक काम मा उहाँ निकै अग्रसर रहनु हुन्थ्यो । समाजमा अैंचो पैंचो, अर्म पर्म गर्ने एक अर्कामा सहयोग निकै थियो । घरको दैलोमा तात्चा लगाउने चलन थिएन । उहाँ परिवारका सम्पुर्ण सदस्यहरुलाइ आफ्नो साथमा भएको रुचाउनु हुन्थ्यो । परिवार संग खेतको काम गर्ने उहाँको दिन चर्या रहन्थ्यो । गाइ गोरु गोठमा हुन्थे, उनिहरुलाइ चौरमा फुकाइन्थ्यो । नाति नातिनाहरु उहाँसंग खेल्न विशेष रुचि राख्थ्यौँ । उहाँ आँफु संगै नातिनातिनीलाइ खुवाउदै खाना खानु हुन्थ्यो सुत्नेबेलामा कथा सुनाउनु हुन्थ्यो । उहाँ परिवारलाइ निर्देशन गर्नुहुन्थ्यो, उहाँको निर्देशन सम्पुर्णमा स्वीकार्य थियो ।
मेरो वुवा
मेरो वुवा पनि परिवारलाइ निकै माया गर्नुहुन्छ । उहाँ परिवारकै निम्ती आयआर्जन गर्नका लागि घर भन्दा टाढा जागिर गर्नुुहुन्छ । उहाँ शनिवार घरमा आउनु हुन्छ र चाड पर्वहरुमा पनि । उहाँ आउनुभएको बेला भेटघाटमा ब्यस्त हुनुहुन्छ । उहाँ घरमा हुँदा विशेष खुुसीयाली हुन्छ । अहिले हामी घरमा पहिले हजुरवुवाको पालामा भन्दा संख्यामा थोरै छौँ । काकाकाकी ठुलो वा ठुलीआमा हरु पनि आफ्नै पेशामा तल्लीन हुनुहुन्छ । बुवा घरमा भएको दिन खाना खाने बेलामा सवै संगै खाना खाने गर्छौं ।
मेरो दाइ
मेरो दाइको छोरो
मेरो दाइको छोरो भविष्य उज्वल बनाउनका लागि स्कुल जान्छ । सानो केटो स्कुल जानका निम्ती भारी भएको झोला सकि नसकि बोक्छ, आउँछ अनि होम र्वक गर्छ । उ आजभोली स्कुलको होस्टेलमै बस्छ शनिवार घरमा आउँछ । उ घरमा आएपछि टि भी हेर्छ । उसको हातवाट रिर्मोट टाढा रहन सक्दैन । उ एउटा कुनामा बस्छ अनि उ मोवाइलमा मग्नमस्त हुन्छ । उ घरबाट खासै बाहिर जाँदैन । सानैबाट गाडीको डर देखाएर उसलाइ बाटो सम्म एक्लै निस्कन पनि दिइएको छैन । उसका घर तिर साथिहरु नै नभएकोले पनि होला उ बाहिर भन्दा कोठामै रमाउँछ । उसलाइ खाना खाने समय नै पत्तो हुँदैन । उ थोरै खाना पनि गेमको लेबल कम्पीलीट गरेपछि मात्र समय निकालेर खान्छ ।
Friday, 14 September 2018
ऐना
जव एक्लो महशुस गर्छु, उसलाइ हेर्न मन लाग्छ । अनि एस्सो उ तिर हेर्छु, म आँफुलाइ देख्छु, होइन त्यो म जे मैले देख्छु त्यो मेरो आकृति हो । एकछिन सोच्छु के म साच्चै यस्तै छु र ? आँफै सँग प्रश्न गर्छु । शुरुमा मेरो आँखा मेरो आकृतिको आँखामा पर्छ अनि विस्तारै अनुहारमा अनि अरु अरु भागमा । केही कमि भएको छ भने शुरुमा त्यसमै पर्छ । म केहि क्षण मुस्कुराउने, रिसाउने, डराउने, लजाउने, आँखा घुमाउने, केहि टाढाबाट अनि केहि नजिकबाट अभिनय गर्छु, अनि हाँस्छु ।
उ मेरा लागि एउटा सिसा मात्र होइन मेरो सवै भन्दा मिल्ने साथि पनि हो । म उसलाइ कहिल्यै झुटबोल्न सक्दैन र उ संग कुरा लुकाउन पनि । उ मेरो सामु केहि शब्द निकाल्दैन बस् मेरो कुरा एकोहोरो सुनिदिन्छ । मैले उसको सहयोगले बाहिरी आवरण मात्र होइन मेरो भित्री सम्भावनाहरु पनि देख्न कोशिष गर्छु । मैले धेरै कुराहरु उ सामु पोखेको छु अनि उस्ले मलाइ जिवनका महत्वपुर्ण निर्णयहरुमा सहयोग गरेको छ । कसैसंग बोल्नु भन्दा अघि म उसंग बात मारेर मात्र बोल्ने गर्छु, बाहिर निस्कनु भन्दाअघि म उसंग देखिएर सोधेर मात्र जान्छु । उसले मलाइ कसैसामु आफ्नो अभिब्यक्ति स्पष्ट राख्न सक्ने हौसला बढाउन मद्दत गर्छ । उसको अगाडी हुँदा मलाइ कसैले हेरी रहेको छ जस्तो लाग्छ तर त्यो म नै हो ।
केहिवेर पछि म एकोहोरिन्छु । विगतमा घटेका तितामिठा कुराहरु संग स्पर्ष गर्छु केहि बेर निराश हुन्छु अनि केहि बेर खुसी । जव म विगतका कुराहरु उ सामु खोल्छु म केहि दुखी हुन्छु, हालका कुराहरु खोल्छु खुसी हुन्छु अनि भविष्य अनुमान लगाउन खोज्छु, अतालीन्छु । बर्तमानमा सोच्दा दुखी छैन तर विभिन्न कुराहरु संग जुध्न मन लाग्छ मलाइ । वितेका घटना जुन परिर्वतन गर्न असम्भव छ त्यस्ता कुराहरु संग जोडिनु अनि प्राप्त नहुने कुराहरुमा आशावादी हुनु मानव स्वभाव नै रहेछ । म उ सामु त्यस्तै ब्यवहार प्रस्तुत गर्छु । म आँफुलाइ विभिन्न समयको अन्तरालमा देख्न चाहान्छु । म अहिले १० बर्ष पछिको म अनुमान लगाउन कोशिस गर्छु । अनि मेरो उद्धेश्य र लक्ष्य सम्झीन्छु अनि मेरो हालको लक्ष्य प्राप्तीका लागि भएका प्रयास हरु सम्झीन्छु ।
केही समय पछि म आफ्नो विगतको म अनि हालको म मुल्याँकन गर्छु अनि मेरो जिम्मेवारीहरु एक एक केलाउन थाल्छु । अनि अरु संग तुलना गर्न पुग्छु । हालको मेरो अवस्था सम्झीन्छु । मेरा सवल पक्ष र दुर्वल पक्ष हरु केलाउन खोज्छु । अनि एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छु ।
उ सामु जे जति कुराहरु पोख्छु ती सवै मेरो आँफैका लागि हुने गर्छन । त्यो सीसा असल सिसा हो, असल मित्र हो जुन भित्र म अटाउन सक्छु ।
केहिवेर पछि म एकोहोरिन्छु । विगतमा घटेका तितामिठा कुराहरु संग स्पर्ष गर्छु केहि बेर निराश हुन्छु अनि केहि बेर खुसी । जव म विगतका कुराहरु उ सामु खोल्छु म केहि दुखी हुन्छु, हालका कुराहरु खोल्छु खुसी हुन्छु अनि भविष्य अनुमान लगाउन खोज्छु, अतालीन्छु । बर्तमानमा सोच्दा दुखी छैन तर विभिन्न कुराहरु संग जुध्न मन लाग्छ मलाइ । वितेका घटना जुन परिर्वतन गर्न असम्भव छ त्यस्ता कुराहरु संग जोडिनु अनि प्राप्त नहुने कुराहरुमा आशावादी हुनु मानव स्वभाव नै रहेछ । म उ सामु त्यस्तै ब्यवहार प्रस्तुत गर्छु । म आँफुलाइ विभिन्न समयको अन्तरालमा देख्न चाहान्छु । म अहिले १० बर्ष पछिको म अनुमान लगाउन कोशिस गर्छु । अनि मेरो उद्धेश्य र लक्ष्य सम्झीन्छु अनि मेरो हालको लक्ष्य प्राप्तीका लागि भएका प्रयास हरु सम्झीन्छु ।
केही समय पछि म आफ्नो विगतको म अनि हालको म मुल्याँकन गर्छु अनि मेरो जिम्मेवारीहरु एक एक केलाउन थाल्छु । अनि अरु संग तुलना गर्न पुग्छु । हालको मेरो अवस्था सम्झीन्छु । मेरा सवल पक्ष र दुर्वल पक्ष हरु केलाउन खोज्छु । अनि एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छु ।
उ सामु जे जति कुराहरु पोख्छु ती सवै मेरो आँफैका लागि हुने गर्छन । त्यो सीसा असल सिसा हो, असल मित्र हो जुन भित्र म अटाउन सक्छु ।
#ऐना र म
Friday, 7 September 2018
मेरो राजनिती
म राजनितीको छेउ टुप्पो नजान्ने केटो दाइहरुको चौतारीमा बसेर हुने नेताहरुको गफ र उनिहरुले गरेको रातनैतिक विस्लेषणको आधारमा राजनैतिक शुरुवात गरेँ । मलाइ हृदय देखी मायाँ गर्नुहुने, सहयोग गर्नुहुने र सल्लाह सुझाव दिनुहुने दाजुको “क” पार्टिमा संग्लग्नता थियो । म स्कुलमा पढ्ने बालक जस्को मताधिकार नै छैन, उ घरमा गएर वावा आमासंग दाईहरुवाटै सुनेको आधारमा राजनैतिक कुरा गर्न थालेको थिएँ । त्यतिवेला “क” पार्टी निकै मन परेको थियो, त्यसका सकारात्मक पक्षहरु मलाइ केहिमात्रामा थाहा थियो । एक दुइजना अग्रजहरुले अन्य पार्टीको नराम्रा पक्षको पनि कुरा गरेपछि त झन म एकोहोरो भएको थिएँ । अनि प्राय जसो केटाहरु “क” पार्टीकै समर्थक नै थिए । केहि समय पछि उक्त दाजुको “क” पार्टी संग मत भेद भयो अनि दाजुलाइ त्यो पार्टी मन परेन । केहि समय पछि उहाँ “ख” पर्टिमा प्रवेश गर्नुभयो । म अन्यौलमा परेँ । अब म कुन पार्टिको त ?
कुन पार्टिको सिद्धान्त के छ मलाइ राम्ररी थाहा छैन अनि थाहा भएका पार्टीले पनि सिद्धान्तमा भएको एक कुरा कार्यक्रम अर्काे कुरा भएको छ । सिद्धान्त सवैको राम्रो काम कसैको सो अनुरुप देखिँदैन । बास्तबमा कुन पार्टि राम्रो ?
त्यसपछि म पनि “ख” पार्टिमै मानशिक रुपमा प्रवेश गरेँ । त्यो ठुला पार्टिहरु मध्येकै मा पर्थ्यो । मैले मताधिकार पनि प्राप्त गरेको थिएँ । अनि चुनावका कार्यक्रमहरुमा पनि सरिक भएँ । विपक्षी पार्टिका आफन्तहरु संंगको समीप्यता हराउँदै गएको थियो । उहाँहरुको म प्रतिको हेर्ने नजर वदलि भएको थियो कति बोल्न छाड्नु भएको थियो । दशौँ बर्ष देखि पार्टीमा आवद्ध भएका हरुसंग भेट भयो । उहाँहरु चुनावका कार्यक्रममा दिनहुँ आउने गर्थे । पार्टिकै गुनगान गाउँथे, जब उमेद्धारलाइ टिकट दिने दिन आयो तव उनिहरु टिकट नपाएकोमा आक्रोसित हुनुभयो, त्यसपछिको कार्यक्रममा उनिहरुको सहभागिता रहेन । अखिर किन ?
विभिन्न प्रलोभनमा मलाइ पार्टिको काममा खटाइयो । जव जितेपछि उहाँसंगको मेरो सामिप्यता विजय र्याली सम्म रहयो । मैले उहाँले देखाएको प्रलोभनको सपना बोकी उहाँ सम्म गएँ तर उहाँ आफ्नो कामको मात्र कुरा गर्नु हुन्थ्यो । मेरो कामको सुरसार नदेखे पछि म उहाँकोमा जान छोडेँ । उहाँ सत्ता टिकाउन सहयोग गर्नेलाइ आफ्नो भन्न थाल्नु भएको रहेछ । आखिर यो के हो ? ?
उहाँलाइ अकै तनाव थियो । उहाँ सत्ता धान्नमा ब्यस्त हुनु हुन्थ्यो । कुर्ची ढल्ने सम्भावना बारम्बार आइ रहन्थ्यो र उहाँ कुर्ची नढलोस भनेर वेला बेलामा चिहाइरहनु हुन्थ्यो । उहाँलाइ ध्यान कुर्ची धान्न र त्यसैको स्याहारमा थियो । उहाँले म लगाएत जनतालाइ देखाएको प्रलोभन भुलिसक्नु भएको थियो । उहाँहरुलाइ विकाशको बारेमा सोच्ने समय नै छैन, यस्तो लाग्छ विकास त हुँदैन यदि कतै भएको छ भने त्यो झुक्केर भएको छ । विभिन्न नाम चलेका नेताहरु घैला भर्न लाग्नु भएको छ वेला बेलामा समाचारमा आइरहन्छ, उहाँहरुलाइ पनि मिडियाको मुखमा बुझो लगाउनै हम्मे हम्मे छ । अव कस्को विश्वास गर्ने ?
समग्रमा सवैको कुरा वुझ्दा राजनिति सर्मथन भनेको आफन्त र सामथ्र्यमा हुने रहेछ । जो आफ्नो नजिकको लाग्छ उसैलाइ सर्मथन गर्ने रहेछ । राजनैतिक विवाद गर्नु अनि आफन्तमा मतभेद गर्नु पनि उचित होइन रहेछ । नेतामा देश भक्ति नदेख्दा सवैमा उत्साह छैन ।
#do_something_leaders
Wednesday, 5 September 2018
उनको यो तीज
पोहोर पाखुरीमा जन्तर लगाउनेले यो पाली छडेको तिलरी लाएकी छिन
हीजो मेरो घर भन्ने उनि आज त्यसैलाइ माइत भन्दै धाएकी छिन
अस्ती तिजमा ममि माइत जाँदा भाँडा धुनु पर्नै उनलाइ
आज माइतमै पाहुना बनि ममिले पकाको दर खाएकी छिन
हिजो विना कसैको नाम वर्त बस्ने उनि
आज आफ्नै पतिको नाममा भजन गाएकी छिन
हिजो बाबुको थरमा चल्ने
आज आफ्नै खास थर पाएकी छिन
गाजलुले मात्र पनि सुहाँथ्यो कत्ति उनलाइ
आज सारी लगाइ आँफुलाइ अत्ति सुन्दरी देखाएकी छिन
#तीजको शुभकामना
Friday, 31 August 2018
चिया (TEA)
चिया
चिया भन्ने वित्तिकै खान्न भन्ने मान्छे निकै कम देखेको छु मैले । मान्छेको दैनिक खानाको तालिका जस्तै चियाको पनि एउटा समय तालिका हुन्छ । विहान उठ्ने वित्तीकै एक कप, अनि खाना खाएको केहि बेरमा एक कप अनि खाजा खाइसके पछि एक कप, लाग्छ पाचकको काम पनि चियाले नै गर्छ । यो मान्छेको दैनिक तालिका हो । यसमा कमि हुँदैन तर बृद्धी भने हुने गर्दछ । जस्तै कुनै साथि भटियो भने, आफन्तीकोमा पाहुना हुन गइयो भने, अरु एक दुइ कप थपिन सक्छ । चिया खाने समय निश्चीत पनि हुँदैन कोहि सुत्ने बेलामा पनि खान्छन कोहि खाना संगै कोहि उठ्ने वित्तिकै, जति बेला चिया पाइन्छ खाइहालिन्छ । बुढाबुडी तरुना तरुनी बच्चाबच्ची सवैको रोजाइ हो चिया ।
कसैकोमा पाहुना हुन गयो भने पहिले सोधीने प्रश्न नै चिया खानुहुन्छ ? साथिहरु भेटियो चिया नै खाइन्छ, अनि चिया बाटै कुरा सुरु हुन्छ । साँच्ची चियाले आत्मीयता बढाउने कुरामा दुविधा हुँदैन । कोही मनिस त चिया भने पनि मरिहत्ते गर्दछन । चिया खानकै लागि केटी हेर्न सम्म गएको कुरा पनि सुनिएको छ । हुन पनि केटि केटा भेट गराँउदा चिया नभइनहुने बस्तु नै हो ।
खाने कुरामा सवैभन्दा पहिले अफर गरिने कुरा भनेको चिया नै हो त्यसैले यसलाइ खानाहरुको जेठो भनेर मान्दा पनि हुने हो । चिया पानी चिनी र चियापत्ति केही बेर उमाले पछि तयार हुन्छ । यो बनाउन सरल अनि कम लागतमा बनाउन सकिने बस्तु हो । चिया मिठो हुने भएकाले यसको लोकप्रियता पनि बढिरहेको छ । आजकाल टि.भी. मा पनि चिया गफ भन्ने कार्यक्रम नै देख्न पाइन्छ । निम्ता आँउछ चिया पान कार्यक्रम भनेर ।
चियाको पनि विभिन्न प्रकारहरु छन जस्तै दुध चिया, फीक्का चिया, लेमन चिया, हर्वलचिया आदी । कुन खाने भन्ने कुरा चाहीँ ब्यक्ति अनुुसार फरक पर्दछ तर एउटा चैँ रोजाइमा पक्कै परेकै हुन्छ । अनि विकल्प उपलब्ध नभएको अवस्थामा जुन भएपनि चल्छ । चिया बाँडेर खान पनि सकिन्छ तर कसैलाइ दिन मन छैन भने मैले अघि नै एक चुस्की खाइसकेँ नि भन्न पनि मिल्छ ।
चियाको उत्पत्ति चिन बाट भएको पाइन्छ । ई.पु. २७० तिर सम्राट सेन नंङ्ग रुखको छाहारीमा बसिरहेका थिए । त्यति बेला उनकी कामदार खानका लागि पानि उमालिरहेकी थिएन त्यसै बखतमा छेउको रुखको पात उक्त पानीमा खस्यो । अनि त्यो पात कामदारले निकाली सम्राट सेन नंङ्ग दिइन, उनलाइ त्यो स्वाद मन पर्यो । उनि आर्युवेदको ज्ञाता पनि भएकाले उनले त्यो स्वाद र पात बारे अनुुसन्धान गरे अनि चिया अरुलाइ पनि खुवाए । जुन अहिले अपरिहार्य बनेको छ ।
भगवानले पनि केही नखाने गरि वर्त बसेकाहरुलाइ चिया छुट गरेका छन । घरमा अवेर सम्म सुत्यो भने सजाएँ भनेको उसलाइ चिया नदिनु हो । यस्तो सजाएँ पाएपछि भोलि देखी चिया पाक्नु अगावै उठिन्छ ।
चिया लभर
चिया विना दिन अधुरो
Monday, 13 August 2018
दशैँको दशैँ
निकै समयको पर्खाइ अनि त्यो पखाइको साथमा बनेका थुप्रा सपनाहरु पुरा गर्नका लागि महिनौँ पछि दशैं आएको छ । अनि आज दशैंको बास्तविक दशैं टिका लगाउने दिन अनि बुनेका सपनाहरु पुरा गर्नका लागि स्रोत जुटाउने दिन पनि हो । टिकाको साइत करिव ११:४५ बजे छ । अझै १ घण्टा भन्दा बढि । आमाले अस्ती फुलपातीको दिनमा टुणीखेल देखी दाजुभाइलाइ एक एक जोर टिसर्ट अनि पाइन्ट किनेर ल्याइदिनु भएको छ । जस्मा धेरै पकेटहरु पनि छन, साँच्ची दाइकोमा भन्दा २ वटा बढि । त्यसैले दाइलाइ भन्दा मलाइ ति कपडाहरु मलाइ मन परेका छन । मेरो कपडा दाइलाइ थोरै ठुलो हुने अनि दाइलाइ अर्को दाइ भइदिएको भए उसलाइ पनि ठुलो हुने खालका छन । दाइलाइ मेरो कपडा उसको भन्दा बडि सुहाउने भएर पनि म खुसी छु । अव नयाँ कपडा लगाउने बेला पनि भएको छ वुवा आमा टिका लगाउने तयारीमा जुट्नु भएको छ । दाइले पहिला नयाँ कपडा लगाएर चौर तिर ठुलो पिन खेल्न गएको छ । म पनि अव नयाँ कपडा लगाएर अनि टिका लगाउन तयार भएँ । बाबाले स्पेसल मेरा लागि भनेर पीङ्ग पनि बनाइदिनुभएको छ । म उता खेल्न गएँ ।
करिव आधा घण्टा बाँकी रहेको छ । आमा बुवा ढोकामा टिका लगाउदै हुनुहुन्छ । बुवाले भन्नुभयो “अव टाढा नजाउ है स्यानु टिका लगाउने बेला भयो ।” म मन मनै उल्लासिएको थिएँ । दाइ पनि आइ पुग्यो । आमाले टिका लगाउन बोलाउनु भयो । टीका जमरा अनि फलफुलको साथमा अर्को थालीमा रु५, १० र २० का धेरै नोटहरु छन, मलाइ ति नोटहरु साना पैसा लागिरहेका थिए, अनि आँफुलाइ दुइवटा पैसा माग्ने योजना बनाएँ ।
दुवै दाजुभाइ पुर्व फर्कीएर एकै ठाउँमा बस्यौँ । वुवाले आमालाइ टिका लगाइदिनु भयो अनि दाइलाइ अनि मलाइ पनि टिका लगाइदिनु भयो । मेरो ध्यान बुवाको पकेटमा पुगेको थियो । वुवाले आमालाइ रु ५० दिनु भयो अनि दाइलाइ पनि । मलाइ वुवाले सानो छस भनेर थोरै दिनुहुन्छ भन्ने डर लागि रहेको थियो तर वुवाले रु ५० नै दिनुभयो । भने जस्तै भयो । अनि आमाले पनि दुवैलाइ टिका लगाइ रु २०।२० दिनुभयो । मलाइ पैसा राख्नको लागि दाइले कागजको पर्स बनाउन सिकाएको थियो । उति बेलै कपि च्यातेर बनाएर रु ७० राखेँ । अनि हजुर आमाकोमा गएँ केहि आस बोकेर ! हजुर आमाले टिका लगाइदिनु भयो तर दक्षिणा भने केटाहरुलाइ नदिने जनाउनु भयो । त्यसपछि ठुलो बुवाहरुकोमा गएँ । कसैले रु ५ कसैले रु १० दिनुभयो अनि अँकलकोमा गएँ अंकलले रु २० दिनुभयो अंटीले रु १० । पाएको सवै पैसा पर्समा राख्दै गएँ मलाइ अर्शिवाद र प्रसादी संग कुनै वास्ता थिएन । त्यति बेलै दाइ भेटीयो र भन्यो “मेरो १६५ भयो तेरो कति भयो” मैले रु १३५ जवाफ दिएँ । दाइले सुझाव दियो “उता हजुर बाको मा जा त रु २० दिन्छन ।” म पनि अवेर नगरी अरु ठुलो बाको मा नगइ पल्लो घर तिर लागेँ, उता सोचे जस्तै भयो ।
दुवै दाजुभाइ पुर्व फर्कीएर एकै ठाउँमा बस्यौँ । वुवाले आमालाइ टिका लगाइदिनु भयो अनि दाइलाइ अनि मलाइ पनि टिका लगाइदिनु भयो । मेरो ध्यान बुवाको पकेटमा पुगेको थियो । वुवाले आमालाइ रु ५० दिनु भयो अनि दाइलाइ पनि । मलाइ वुवाले सानो छस भनेर थोरै दिनुहुन्छ भन्ने डर लागि रहेको थियो तर वुवाले रु ५० नै दिनुभयो । भने जस्तै भयो । अनि आमाले पनि दुवैलाइ टिका लगाइ रु २०।२० दिनुभयो । मलाइ पैसा राख्नको लागि दाइले कागजको पर्स बनाउन सिकाएको थियो । उति बेलै कपि च्यातेर बनाएर रु ७० राखेँ । अनि हजुर आमाकोमा गएँ केहि आस बोकेर ! हजुर आमाले टिका लगाइदिनु भयो तर दक्षिणा भने केटाहरुलाइ नदिने जनाउनु भयो । त्यसपछि ठुलो बुवाहरुकोमा गएँ । कसैले रु ५ कसैले रु १० दिनुभयो अनि अँकलकोमा गएँ अंकलले रु २० दिनुभयो अंटीले रु १० । पाएको सवै पैसा पर्समा राख्दै गएँ मलाइ अर्शिवाद र प्रसादी संग कुनै वास्ता थिएन । त्यति बेलै दाइ भेटीयो र भन्यो “मेरो १६५ भयो तेरो कति भयो” मैले रु १३५ जवाफ दिएँ । दाइले सुझाव दियो “उता हजुर बाको मा जा त रु २० दिन्छन ।” म पनि अवेर नगरी अरु ठुलो बाको मा नगइ पल्लो घर तिर लागेँ, उता सोचे जस्तै भयो ।
दाइको जति करिव ५ ले पुगेन । अनि हजिकोमा गएँ, हजिले रु १० दिनु भयो । त्यसै गरी घर वरी परि सवै डुलेँ टिका लगाएँ । करिव रु २१५ जम्मा भयो । साथी हरु तास खेल्दै थिए र बोलाए । मैले “म मामा घर जाने कुरा गरेँ भोली दिउसो आउँछु” भने, अनि घर आएँ । केहि बेर पछि आमा पनि टिका लगाएर फर्किनु भयो । अनि दुवै मामा घर गयौँ । रु २१५ साथमा छ । पर्समा बेला बेलामा चेक गरि रहेको छु । अनि गनी रहेको पनि छु । हामी बसमा मामा घर तिर लाग्यौँ । एउटा गाडी, एउटा गुलेली किन्ने सोच जस्ता सोच हरु आएका छन । एउटा मजत्रै साइडका सिटको केटाले हेलीकप्टर खेलाउँदै थियो मेरो मनमा पनि त्यो आँफुले किन्ने इच्क्षा पलायो । अनि मैले भोलि वुवालाइ पैसा दिएर किनाउने छु अनि साथीहरुलाइ देखाउने छु । अनि तास पनि खेलेर केहि जित्ने छु जस्ता कुराहरु पलाएका छन ।
हामी करिव ७ बजे मामा घर पुग्यौँ । झिसमिसे अध्यारो भइ सकेको थियो । हजुरआमा, मामा माइजू, ठुलिअामा, सानिमाहरु, दिदि अनि भाइ बहिनि सवै कुरिरहनु भएको थियो । सवैसंग खवर सोधे पछि टीका लगाउन बोलाउनु भयो मामाले । हजुरआमा, मामा अनि माईजुले आमालाई अनि मलाई टीका लगाई दिनु भयो अनि एउटा एउटा खाम दिनुभयो । त्यस पछि वरिपरि पनि टीका लगाउन गयौं । यतिबेला भान्जा भएकोमा निकै रमाईलो लागिरहेको छ, दक्षिणा अनिवार्य सवैले दिनुभएको छ । साच्चिकै मलाई मामाघर प्यारो लागेको आफ्नो घर भन्दा पनि । कसैले गालि नगर्ने सवैले माया मात्र गर्ने ठाउँ हो मामाघर ।
केही बेर गफ गरेपछि खाना खाने समय भएछ हजुरआमाले बोलाउनु भयो । संख्या धेरै भएकाले हामी केहिले खाना खायौं, अनि बाँकिले पछि खाना खानुभयो । खानाखाए पछि मलाई सानिमाहरुले के के कथाहरु सुनाउनुभयो। म त्यतिकैमा निदाएँ । म विहान ब्युझेँ अनि मेरो पर्स र खाम हेरेँ सवै सुरक्षित नै थियो । बाहिर सबै जना उठिसकेर आआफ्नो काममा हुनुहुन्थ्यो । ठुलि आमा र ठुलि सानिमा आआफ्नो घर गैसक्नु भएछ । सानि सानिमाको भने विवाह भएको थिएन । खाना खाने बेला भएको थियो । मैले साथिहरुसंग तास खेल्ने कुरा सम्झीएँ अनि आमालाई घर जाने कुरा गरेँ । आमाले भोलि मात्र जाने निदो दिनुभयो । मामाघर तास खेल्ने बातावरण थिएन । म आजै जाने भनी जिद्दि गरें, नाै बर्ष भैसकेँ म घर जान सक्छु भन्ने विस्वास दिलाएं । आमाले उसो भए एक्लै जाने भन्नू भयो । मामाले सम्झाउन खोज्नुभयाे तर म अटेरी गरेको देखि आजित भएर खाना खाएर जाने स्वीकृति पाएँ । अनि म हतार हतार खाना खाएर विदाबारि भएं । मामाले भाडा छ भनी सोध्नु भयो, छ म संग भन्दै बस लाग्ने स्टेसनमा पुगेँ । बस धेरै प्याक भएर ५ मिनेट पहिल्यै गैसकेछ । म केही बाटो हिडेर अर्काे स्टेसन पुग्ने निदो गरेँ ।
निकै बेगमा हिड्दै थिएँ । एउटा ट्याक्सि आयो अनि रोकें, उसले रोके । अनि म चढें । “कहासम्म भाइ” भनेपछि मैले जवाफ दिएँ “महतगौंडा ढुङ्गेसाँघु” । उसले भने “कहाँ हो यो ठाउँ ?” मैले “माउन्टेन म्युजियम नजिकै हो” । उसले भने “ए ! घर सम्मै पुर्या्दिउँ ?” मैले जवाफ दिएं हुन्छ । उसले महतगौंडा सम्मै पुर्याईदिए, म ट्याक्सी बाट झरेर पर्स निकालें । दाइ कति भयो ? उसले भने ५०० भयो भाइ । मैले पर्स हेरेँ । म झसंग भएं । रू ४५० मात्र थियो । मैले जवाफ दिएं “दाइ यत्रो लाग्ने हो ?” उसले भन्यो “अरुलाई त यति बाटोमा त ८०० सम्म लिने गरेको छु झन आज त दशैं ।” मैले ४५० मात्र छ भनेपछि हप्कायो अनि उ बल्ल बल्ल मान्यो । मेरो पर्स खालि भयो, निकै नरमाइलो लाग्यो, आँखा भरि आँसु भयो, बुनेका सपनाहरु भताभुङ्ग भए । साथिहरुसंग तास खेल्ने भनि मामाघर बाट जिद्दी भएर हिँडेको म, सवै पैसा डाईबरलाई बुझाएं । खिन्नता भरिएको मन लिएर घरमा गएं । बुवा संग केहिवेर पैसा हरायो भनेर रोएँ । रोएपछि बुवाले ५० दिनुभो त्यो पैसा मलाई अघिको ४५० भन्दा निकै मुल्यवान लागेको छ । मनमा नैरास्यता भएर होला तास खेल्ने रहर हरायो । अनि पिङ तिर लागें ।
बडा दशैँ बडा याद
Sunday, 12 August 2018
गिफ्टेड डे
मैले मेराे मनकाे सवैभन्दा नजिक मानेकाे व्यक्तिको २३ अाैं जन्मदिन हाे अाज । याे दिन मेराे लागि भगवानले मलाई सवैभन्दा महत्त्वपूर्ण र प्याराे गिफ्ट दिएकाे दिन, यस्ताे दिन कसरी सामान्य हुन सक्छ ? त्यसैले मलाई साे दिन निकै भव्य लाग्छ । विगतका जन्मदिनहरुमा विहान सवेरै उठेर उसलाई जन्मदिनको शुभकामना दिन्थेँ, त्यसैगरी अाज पनि विहानै उसलाई शुभकामना दिन मन छ, दिउँसो उसकाे नाम लेखिएको केक बत्ति बालि चारैतिर झिलिमिलि लगाई उसकाे हातले काटेर दिएकाे एक टुक्रा केक उसलाई खुवाएर त्यहि टुक्राकाे एक अंश मलाई पनि उसकाे हातवाट खान अनि उसलाई एउटा उ जत्रै टेडि र एक जाेडि सुगा भएकाे काँचकाे मुर्ति दिन मन छ । उसलाई अंकमाल गरि उसकाे निधारकाे माथिल्लो भागमा चुप्प गरी केही थाेपा अाँसु झार्न मन छ, अनि सवै पीडा विर्षियर हलुका हुन मन छ ।
तर हिजोको समय अाज छैन समय निकै परिवर्तन भएछ, अनि उ पनि । उसकाे परिवर्तित व्यवहारले मलाई पनि परिवर्तन हुन बाध्य बनाएकाे छ । केही बर्ष अघि मेराे शुभकामना उसकाे लागि पहिलाे हुन्थ्याे । तर अाज शुभकामना नै छैन । मन नै छैन ! हाेईन मन छ कति हाे कति छ । सम्बन्ध टाढिएकाे छ । अाज म र मेराे मन उसंग टाढा हुन खाेजेकाे छ र टाढा छाैं पनि । मलाई अाज यस्तो लाग्दै छ कि यदि मैले अाज उसलाई जन्मोत्सवकाे शुभकामना भनें भने पुनः सम्बन्ध अघि वढेकाे महशुस हुनेछ, मनमनै सपना देख्न थाल्नेछु र एक दिन फेरि टुक्रिने छु । अाज मैले उसलाई मतलव नगरेकाे अभिनय गर्न सफल भएं भने उसलाई इस्र्याकाे भावना पैदा हुनेछ र म मा पनि उसंग नजिक हुन असहज महशुस हुनेछ ।
मन त कति छ कति मापन यााेग्य छैन उसंग बाेल्ने हाँस्ने र संगै जिउने तर मेराे मन मा मात्र भएर नहुने । कति खुसि हुन्थें हाेला म, उसले साेचे जस्ताे मान्छे म हुन सक्ने भए ।।
चाहाना, ईच्छा, मन, वचन, कर्म, मर्म, धर्म, चैन, बेचैन, हाँसाे मुस्कान, रुवाई अनि अाँसु, हेराइ देखाई, धड्कन अनि अाँखाकाे चाल र पर्खाइ, माया, सम्बन्ध, परिवार, बाध्यता, तड्पाई, एक्लाेपन 😫😩😰😥😓😭😭😭😭
जन्मदिनको शुभकामना सुश्री
संधै खुसी रहने शक्ति मिलाेस
संधै खुसी रहने शक्ति मिलाेस
-12/08/17
Tuesday, 7 August 2018
हार 'मत'को
डुवाउँदा रछन, जता नि ठिक्क पार्ने खालेले,
मलाई नै दिउँला भनी अर्कैलाई दिएछ पल्लाघरे कालेले,
भगवान खुसि हाेलान बरु, मुन्छे खुसि भएनन्
साँझ विहान पुज्दा पनि खसी र भालेले,
घरदैलाे गर्दै मसँगै अघिपछि हिँडेकाे,
५०० पाएर अर्कैलाई मत हालेछ तलघरे लालेले,
अर्कैलाई मत माग्दै वसेछ,
मैले १००० दिएकाे स्कुलकाे पालेले,
विग्रेछ दशा, हारियाे चुनाव,
गै-गयाे घरखेत...
इज्जतै गयाे उछिन्याे मलाई १९ सालेले
😀😀😀
#सन्दर्भ चुनावकाे
Sunday, 22 July 2018
हुरी
जता ततै बाट धुलाे मैलाे उडाएर अायाे,
छिमेकीको छतमा कपडा सुकाएकाे तार चुटाएर अायाे,
अायाे त यति मज्जाले अायाे कि !
छिमेकी नानीकाे भित्री बस्त्र हाम्राे झ्याल सम्म छुटाएर अायाे ।।
उनी अफ्नाे बस्त्र लिन अाईन,
खै मेराे बस्त्र भन्दा उनले लाज मेराे टुटाएर अायाे ।।।


#बदमास_हावा
झारिमाया
उनीसँगै जिन्दगीमा हाँस्न अनि रुन मन छ मलाई ।।
अाए हुन्थ्यो लिन मलाई, पिरतिकाे छाता लिई ।
उनिकै साथमा मायाकाे संसारमा पुन मन छ मलाई ।।
याे झरिमा माया रुपि साबुन ले,
उनकाे र मेराे मनकाे मैलो धुन मन छ मलाई ।।
सिमा कुनै नहाेस उनी र म विच ।
जता लाग्छ मन उतै छुन मन छ मलाई ।।
मैले उनलाई, उनलेे मलाई सर्वस्व सुम्पेर,
माया बनी प्रत्येक अंग अंग चुन मन छ मलाई ।।
Thursday, 12 July 2018
सम्(बन्ध)
पुरानाे धटनाकाे याद अाउँछ । म ९ बर्षकाे हुँदा घरमा काेठा बनाएर बाँकि रहेका केही ब्लककाे चाङमा दाजु संग खेल्दै थिएँ, अचानक एउटा ब्लक खस्याे र उत्त ब्लक मेराे देब्रे हातकाे माझी र साँईली अाैंलामा पर्याे । साँईलि अाैंलामा लछारेर रगत मात्र अाएकाे थियाे तर माझी अाैंलाकाे नङमा भने गहिराे चाेट पर्याे । जुन अाैंलामा महिनाै सम्मकाे दुखाई पछि नङ त पलायाे तर राम्राे स्पष्ट सरलक्क परेकाे पलाउन सकेन, जुन हालसम्म पनि अलिकति केहिले छुँदा पनि दुखाइ महशुस हुन्छ ।
त्यसैगरि अाज मैले मेराे मनकाे निकै करिब भएकाे मान्छेलाई फेसवुकमा ब्लक गरेकाे छु, जुन कुराले मलाई विगतकाे घटना झैँ पीडा दिई रहेकाे छ र यसले जब सम्म मैले अनब्लक गरि फ्रेन्ड रिक्वेष्ट नगरे सम्म मलाई पीडा भईरहन्छ । हाे मैले ब्लक गरें गल्ती गरें, पश्चाताप भईरहेकाे छ तर मेराे पनि त बाध्यता छ नि !
उनकाे अाईडि अर्कै प्रतिपक्षले पनि चलाउँछन रे मेराे म्यासेज अरुले नै हेर्छन रे । मलाई मेराे मान्छे अरुकाे कन्ट्राेलमा भएकाे कुरा असह्य छ मन परेकाे छैन, अनलाइन अाए पनि झर्कने र रिसाउने । पटक पटक अनफ्रेण्ड र बल्क काे धम्कि दिने । हुन त उसकाे पनि बध्यता र दवाब हाेलान ।
हाे मलाई यी कुराले गाराे हुन्छ ।
अाजकाल उ घरदेखि धेरै टाढा काठमाडौ म भएकाे नजिकै छन तर फाेन खवर केही छैन फाेन गरे रिसाउछन । म्यासेज गरे मतलब छैन मात्र रिसाउँछन । भेट्ने कुरा गर्दा विभिन्न बहाना बनाउछन ।
मुख्य दुख त याे कुरामा लागेको छ कि विदामा घर गएकाे मान्छे उसले अात्यार लागेकाे कुरा बतायपछि विरामि बुवा, केही गर्न नसक्ने अामा अनि पसल जानै नसक्ने गरि ज्वाेराे अाएकाे दाजु जहाँ म मात्र स्वस्थ्य छु तर सवै जिम्मेवारी र घरकाे काम विर्सेर काठमाडौं अाएं, मेराे मुर्ख पना र अर्थहिन त्याग जसकाे कुनै मूल्य छैन । उसकाे ब्यवहारले अाजित भएको छु । हाे यस्तै यावत कुराहरुले गर्दा मन अशान्ति भएर उसलाई बल्क गरेकाे छु । मनमा शान्ति त छैन तड्पेकाे पनि छु तर बल्क गर्नु भन्दा अघि जस्तो अात्तेकाे चैं छैन, एकाेहाेराे भएकाे छु ।
मेराे याे कदमले उसकाे ब्यत्तिगत जिवनमा म बाट भएकाे अवराेधमा कमि हुनेछ र उसँले अाँफु स्वतन्त्र भएकाे महशुस गर्नेछ ।
अाज त बल्कले पिसेकाे जस्तै गरि पाेलेकाे छ तर भाेलिबाट पर्सि गर्दै क्रमश पीडा कम हुँदै जाने छ भन्ने अाशा छ र घाउमा विस्तारै मासु भरिने र स्वस्थ्य हुनेछु उ पनि स्वस्थ्य हुनेछन ।।
Subscribe to:
Comments (Atom)


























