म राजनितीको छेउ टुप्पो नजान्ने केटो दाइहरुको चौतारीमा बसेर हुने नेताहरुको गफ र उनिहरुले गरेको रातनैतिक विस्लेषणको आधारमा राजनैतिक शुरुवात गरेँ । मलाइ हृदय देखी मायाँ गर्नुहुने, सहयोग गर्नुहुने र सल्लाह सुझाव दिनुहुने दाजुको “क” पार्टिमा संग्लग्नता थियो । म स्कुलमा पढ्ने बालक जस्को मताधिकार नै छैन, उ घरमा गएर वावा आमासंग दाईहरुवाटै सुनेको आधारमा राजनैतिक कुरा गर्न थालेको थिएँ । त्यतिवेला “क” पार्टी निकै मन परेको थियो, त्यसका सकारात्मक पक्षहरु मलाइ केहिमात्रामा थाहा थियो । एक दुइजना अग्रजहरुले अन्य पार्टीको नराम्रा पक्षको पनि कुरा गरेपछि त झन म एकोहोरो भएको थिएँ । अनि प्राय जसो केटाहरु “क” पार्टीकै समर्थक नै थिए । केहि समय पछि उक्त दाजुको “क” पार्टी संग मत भेद भयो अनि दाजुलाइ त्यो पार्टी मन परेन । केहि समय पछि उहाँ “ख” पर्टिमा प्रवेश गर्नुभयो । म अन्यौलमा परेँ । अब म कुन पार्टिको त ?
कुन पार्टिको सिद्धान्त के छ मलाइ राम्ररी थाहा छैन अनि थाहा भएका पार्टीले पनि सिद्धान्तमा भएको एक कुरा कार्यक्रम अर्काे कुरा भएको छ । सिद्धान्त सवैको राम्रो काम कसैको सो अनुरुप देखिँदैन । बास्तबमा कुन पार्टि राम्रो ?
त्यसपछि म पनि “ख” पार्टिमै मानशिक रुपमा प्रवेश गरेँ । त्यो ठुला पार्टिहरु मध्येकै मा पर्थ्यो । मैले मताधिकार पनि प्राप्त गरेको थिएँ । अनि चुनावका कार्यक्रमहरुमा पनि सरिक भएँ । विपक्षी पार्टिका आफन्तहरु संंगको समीप्यता हराउँदै गएको थियो । उहाँहरुको म प्रतिको हेर्ने नजर वदलि भएको थियो कति बोल्न छाड्नु भएको थियो । दशौँ बर्ष देखि पार्टीमा आवद्ध भएका हरुसंग भेट भयो । उहाँहरु चुनावका कार्यक्रममा दिनहुँ आउने गर्थे । पार्टिकै गुनगान गाउँथे, जब उमेद्धारलाइ टिकट दिने दिन आयो तव उनिहरु टिकट नपाएकोमा आक्रोसित हुनुभयो, त्यसपछिको कार्यक्रममा उनिहरुको सहभागिता रहेन । अखिर किन ?
विभिन्न प्रलोभनमा मलाइ पार्टिको काममा खटाइयो । जव जितेपछि उहाँसंगको मेरो सामिप्यता विजय र्याली सम्म रहयो । मैले उहाँले देखाएको प्रलोभनको सपना बोकी उहाँ सम्म गएँ तर उहाँ आफ्नो कामको मात्र कुरा गर्नु हुन्थ्यो । मेरो कामको सुरसार नदेखे पछि म उहाँकोमा जान छोडेँ । उहाँ सत्ता टिकाउन सहयोग गर्नेलाइ आफ्नो भन्न थाल्नु भएको रहेछ । आखिर यो के हो ? ?
उहाँलाइ अकै तनाव थियो । उहाँ सत्ता धान्नमा ब्यस्त हुनु हुन्थ्यो । कुर्ची ढल्ने सम्भावना बारम्बार आइ रहन्थ्यो र उहाँ कुर्ची नढलोस भनेर वेला बेलामा चिहाइरहनु हुन्थ्यो । उहाँलाइ ध्यान कुर्ची धान्न र त्यसैको स्याहारमा थियो । उहाँले म लगाएत जनतालाइ देखाएको प्रलोभन भुलिसक्नु भएको थियो । उहाँहरुलाइ विकाशको बारेमा सोच्ने समय नै छैन, यस्तो लाग्छ विकास त हुँदैन यदि कतै भएको छ भने त्यो झुक्केर भएको छ । विभिन्न नाम चलेका नेताहरु घैला भर्न लाग्नु भएको छ वेला बेलामा समाचारमा आइरहन्छ, उहाँहरुलाइ पनि मिडियाको मुखमा बुझो लगाउनै हम्मे हम्मे छ । अव कस्को विश्वास गर्ने ?
समग्रमा सवैको कुरा वुझ्दा राजनिति सर्मथन भनेको आफन्त र सामथ्र्यमा हुने रहेछ । जो आफ्नो नजिकको लाग्छ उसैलाइ सर्मथन गर्ने रहेछ । राजनैतिक विवाद गर्नु अनि आफन्तमा मतभेद गर्नु पनि उचित होइन रहेछ । नेतामा देश भक्ति नदेख्दा सवैमा उत्साह छैन ।
#do_something_leaders

Great januuu ji
ReplyDelete