Sunday, 12 August 2018

गिफ्टेड डे


मैले  मेराे मनकाे सवैभन्दा  नजिक मानेकाे व्यक्तिको २३ अाैं जन्मदिन हाे अाज । याे दिन मेराे लागि भगवानले मलाई सवैभन्दा महत्त्वपूर्ण र प्याराे गिफ्ट दिएकाे दिन, यस्ताे दिन कसरी सामान्य हुन सक्छ ? त्यसैले मलाई साे दिन निकै भव्य लाग्छ । विगतका जन्मदिनहरुमा विहान सवेरै उठेर उसलाई जन्मदिनको शुभकामना दिन्थेँ, त्यसैगरी अाज पनि  विहानै  उसलाई शुभकामना दिन मन छ, दिउँसो उसकाे नाम लेखिएको केक बत्ति बालि चारैतिर झिलिमिलि लगाई उसकाे हातले काटेर दिएकाे एक टुक्रा केक उसलाई खुवाएर त्यहि टुक्राकाे  एक अंश मलाई पनि उसकाे हातवाट खान अनि  उसलाई एउटा उ जत्रै टेडि र एक जाेडि सुगा भएकाे काँचकाे मुर्ति दिन मन छ । उसलाई अंकमाल गरि उसकाे निधारकाे माथिल्लो भागमा चुप्प गरी केही थाेपा अाँसु झार्न  मन छ, अनि सवै पीडा विर्षियर हलुका हुन मन छ ।

तर हिजोको समय अाज छैन समय निकै परिवर्तन भएछ, अनि उ पनि । उसकाे परिवर्तित व्यवहारले मलाई पनि परिवर्तन हुन बाध्य बनाएकाे छ । केही बर्ष अघि मेराे शुभकामना उसकाे लागि पहिलाे हुन्थ्याे । तर अाज शुभकामना नै छैन । मन नै छैन ! हाेईन मन छ कति हाे कति छ । सम्बन्ध टाढिएकाे छ । अाज म र मेराे मन उसंग टाढा हुन खाेजेकाे छ र टाढा छाैं पनि  । मलाई अाज यस्तो लाग्दै छ कि यदि मैले अाज उसलाई जन्मोत्सवकाे शुभकामना भनें भने पुनः सम्बन्ध अघि वढेकाे महशुस हुनेछ, मनमनै सपना देख्न थाल्नेछु र एक दिन फेरि टुक्रिने छु । अाज मैले उसलाई  मतलव नगरेकाे अभिनय गर्न सफल भएं भने उसलाई इस्र्याकाे भावना पैदा हुनेछ र म मा पनि उसंग नजिक हुन असहज महशुस हुनेछ ।

मन त कति छ कति मापन यााेग्य छैन उसंग बाेल्ने हाँस्ने र संगै जिउने तर मेराे मन मा मात्र भएर नहुने । कति खुसि हुन्थें हाेला म, उसले साेचे जस्ताे मान्छे म हुन सक्ने भए ।।

चाहाना, ईच्छा, मन, वचन, कर्म, मर्म, धर्म, चैन, बेचैन, हाँसाे मुस्कान, रुवाई अनि अाँसु, हेराइ देखाई, धड्कन अनि अाँखाकाे चाल र पर्खाइ, माया, सम्बन्ध, परिवार, बाध्यता, तड्पाई, एक्लाेपन  😫😩😰😥😓😭😭😭😭


जन्मदिनको शुभकामना सुश्री
संधै खुसी रहने शक्ति मिलाेस 
-12/08/17

No comments:

Post a Comment