Monday, 13 August 2018

दशैँको दशैँ


निकै समयको पर्खाइ अनि त्यो पखाइको साथमा बनेका थुप्रा सपनाहरु पुरा गर्नका लागि महिनौँ पछि दशैं आएको छ । अनि आज दशैंको बास्तविक दशैं टिका लगाउने दिन अनि बुनेका सपनाहरु पुरा गर्नका लागि स्रोत जुटाउने दिन पनि हो । टिकाको साइत करिव ११:४५ बजे छ । अझै १ घण्टा भन्दा बढि । आमाले अस्ती फुलपातीको दिनमा टुणीखेल देखी दाजुभाइलाइ एक एक जोर टिसर्ट अनि पाइन्ट किनेर ल्याइदिनु भएको छ । जस्मा धेरै पकेटहरु पनि छन, साँच्ची दाइकोमा भन्दा २ वटा बढि । त्यसैले दाइलाइ भन्दा मलाइ ति कपडाहरु मलाइ मन परेका छन । मेरो कपडा दाइलाइ थोरै ठुलो हुने अनि दाइलाइ अर्को दाइ भइदिएको भए उसलाइ पनि ठुलो हुने खालका छन । दाइलाइ मेरो कपडा उसको भन्दा बडि सुहाउने भएर पनि म खुसी छु । अव नयाँ कपडा लगाउने बेला पनि भएको छ वुवा आमा टिका लगाउने तयारीमा जुट्नु भएको छ । दाइले पहिला नयाँ कपडा लगाएर चौर तिर ठुलो पिन खेल्न गएको छ । म पनि अव नयाँ कपडा लगाएर अनि टिका लगाउन तयार भएँ । बाबाले स्पेसल मेरा लागि भनेर पीङ्ग पनि बनाइदिनुभएको छ । म उता खेल्न गएँ । 

करिव आधा घण्टा बाँकी रहेको छ । आमा बुवा ढोकामा टिका लगाउदै हुनुहुन्छ । बुवाले भन्नुभयो “अव टाढा नजाउ है स्यानु टिका लगाउने बेला भयो ।” म मन मनै उल्लासिएको थिएँ । दाइ पनि आइ पुग्यो । आमाले टिका लगाउन बोलाउनु भयो । टीका जमरा अनि फलफुलको साथमा अर्को थालीमा रु५, १० र २० का धेरै नोटहरु छन, मलाइ ति नोटहरु साना पैसा लागिरहेका थिए, अनि आँफुलाइ दुइवटा पैसा माग्ने योजना बनाएँ ।
दुवै दाजुभाइ पुर्व फर्कीएर एकै ठाउँमा बस्यौँ । वुवाले आमालाइ टिका लगाइदिनु भयो अनि दाइलाइ अनि मलाइ पनि टिका लगाइदिनु भयो । मेरो ध्यान बुवाको पकेटमा पुगेको थियो । वुवाले आमालाइ रु ५० दिनु भयो अनि दाइलाइ पनि । मलाइ वुवाले सानो छस भनेर थोरै दिनुहुन्छ भन्ने डर लागि रहेको थियो तर वुवाले रु ५० नै दिनुभयो । भने जस्तै भयो । अनि आमाले पनि दुवैलाइ टिका लगाइ रु २०।२०  दिनुभयो । मलाइ पैसा राख्नको लागि दाइले कागजको पर्स बनाउन सिकाएको थियो । उति बेलै कपि च्यातेर बनाएर रु ७० राखेँ । अनि हजुर आमाकोमा गएँ केहि आस बोकेर !  हजुर आमाले टिका लगाइदिनु भयो तर दक्षिणा भने केटाहरुलाइ नदिने जनाउनु भयो । त्यसपछि ठुलो बुवाहरुकोमा गएँ । कसैले रु ५ कसैले रु १० दिनुभयो अनि अँकलकोमा गएँ अंकलले रु २० दिनुभयो अंटीले रु १० । पाएको सवै पैसा पर्समा राख्दै गएँ मलाइ अर्शिवाद र प्रसादी संग कुनै वास्ता थिएन । त्यति बेलै दाइ भेटीयो र भन्यो “मेरो १६५ भयो तेरो कति भयो” मैले रु १३५ जवाफ दिएँ । दाइले सुझाव दियो “उता हजुर बाको मा जा त रु २० दिन्छन ।” म पनि अवेर नगरी अरु ठुलो बाको मा नगइ पल्लो घर तिर लागेँ, उता सोचे जस्तै भयो ।

दाइको जति करिव ५ ले पुगेन । अनि हजिकोमा गएँ, हजिले रु १० दिनु भयो । त्यसै गरी घर वरी परि सवै डुलेँ टिका लगाएँ । करिव रु २१५ जम्मा भयो । साथी हरु तास खेल्दै थिए र बोलाए । मैले “म मामा घर जाने कुरा गरेँ भोली दिउसो आउँछु” भने,  अनि घर आएँ । केहि बेर पछि आमा पनि टिका लगाएर फर्किनु भयो । अनि दुवै मामा घर गयौँ । रु २१५ साथमा छ । पर्समा बेला बेलामा चेक गरि रहेको छु । अनि गनी रहेको पनि छु । हामी बसमा मामा घर तिर लाग्यौँ । एउटा गाडी, एउटा गुलेली किन्ने सोच जस्ता सोच हरु आएका छन । एउटा मजत्रै  साइडका सिटको केटाले हेलीकप्टर खेलाउँदै थियो मेरो मनमा पनि त्यो आँफुले किन्ने इच्क्षा पलायो । अनि मैले भोलि वुवालाइ पैसा दिएर किनाउने छु अनि साथीहरुलाइ देखाउने छु । अनि तास पनि खेलेर केहि जित्ने छु जस्ता कुराहरु पलाएका छन । 

हामी करिव ७ बजे मामा घर पुग्यौँ । झिसमिसे अध्यारो भइ सकेको थियो । हजुरआमा, मामा माइजू, ठुलिअामा, सानिमाहरु, दिदि अनि भाइ बहिनि सवै कुरिरहनु भएको थियो । सवैसंग खवर सोधे पछि टीका लगाउन बोलाउनु भयो मामाले । हजुरआमा, मामा अनि माईजुले आमालाई अनि मलाई टीका लगाई दिनु भयो अनि एउटा एउटा खाम दिनुभयो । त्यस पछि वरिपरि पनि टीका लगाउन गयौं । यतिबेला भान्जा भएकोमा निकै रमाईलो लागिरहेको छ, दक्षिणा अनिवार्य सवैले दिनुभएको छ । साच्चिकै  मलाई मामाघर प्यारो लागेको आफ्नो घर भन्दा पनि । कसैले गालि नगर्ने सवैले माया मात्र गर्ने ठाउँ हो मामाघर । 

केही बेर गफ गरेपछि खाना खाने समय भएछ हजुरआमाले बोलाउनु भयो । संख्या धेरै भएकाले हामी केहिले खाना खायौं, अनि बाँकिले पछि खाना खानुभयो । खानाखाए पछि मलाई सानिमाहरुले के के कथाहरु सुनाउनुभयो। म त्यतिकैमा निदाएँ । म विहान ब्युझेँ अनि मेरो पर्स र खाम हेरेँ सवै सुरक्षित नै थियो । बाहिर सबै जना उठिसकेर आआफ्नो काममा हुनुहुन्थ्यो । ठुलि आमा र ठुलि सानिमा आआफ्नो घर गैसक्नु भएछ । सानि सानिमाको भने विवाह भएको थिएन । खाना खाने बेला भएको थियो । मैले साथिहरुसंग तास खेल्ने कुरा सम्झीएँ अनि आमालाई घर जाने कुरा गरेँ । आमाले भोलि मात्र जाने निदो दिनुभयो । मामाघर तास खेल्ने बातावरण थिएन । म आजै जाने भनी जिद्दि गरें,  नाै बर्ष भैसकेँ म घर जान सक्छु भन्ने विस्वास दिलाएं । आमाले उसो भए एक्लै जाने भन्नू भयो । मामाले सम्झाउन खोज्नुभयाे  तर म अटेरी गरेको देखि आजित भएर  खाना खाएर जाने स्वीकृति पाएँ । अनि म हतार हतार खाना खाएर विदाबारि भएं । मामाले भाडा छ भनी सोध्नु भयो, छ म संग भन्दै बस लाग्ने स्टेसनमा पुगेँ । बस धेरै प्याक भएर ५ मिनेट पहिल्यै गैसकेछ । म केही बाटो हिडेर अर्काे स्टेसन पुग्ने निदो गरेँ ।

 निकै बेगमा हिड्दै थिएँ । एउटा ट्याक्सि आयो अनि रोकें, उसले  रोके । अनि म चढें । “कहासम्म भाइ”   भनेपछि मैले जवाफ दिएँ  “महतगौंडा ढुङ्गेसाँघु” । उसले भने “कहाँ हो यो ठाउँ ?” मैले “माउन्टेन  म्युजियम नजिकै हो” । उसले भने “ए ! घर सम्मै पुर्या्दिउँ ?” मैले जवाफ दिएं  हुन्छ । उसले महतगौंडा सम्मै पुर्याईदिए, म ट्याक्सी बाट झरेर पर्स निकालें । दाइ कति भयो ? उसले भने ५०० भयो भाइ । मैले पर्स हेरेँ । म झसंग भएं । रू ४५० मात्र थियो । मैले जवाफ दिएं “दाइ यत्रो लाग्ने हो ?” उसले भन्यो “अरुलाई त यति बाटोमा त ८०० सम्म लिने गरेको छु झन आज त दशैं ।” मैले ४५० मात्र छ भनेपछि हप्कायो अनि उ बल्ल बल्ल मान्यो । मेरो पर्स खालि भयो, निकै नरमाइलो लाग्यो,  आँखा भरि आँसु भयो, बुनेका सपनाहरु भताभुङ्ग भए । साथिहरुसंग तास खेल्ने भनि मामाघर बाट जिद्दी भएर हिँडेको म, सवै पैसा डाईबरलाई बुझाएं । खिन्नता भरिएको मन लिएर घरमा गएं । बुवा संग केहिवेर पैसा हरायो भनेर रोएँ । रोएपछि बुवाले ५० दिनुभो त्यो पैसा मलाई अघिको ४५० भन्दा निकै मुल्यवान लागेको छ । मनमा नैरास्यता भएर होला तास खेल्ने रहर हरायो । अनि पिङ तिर लागें ।   

बडा दशैँ बडा याद 

No comments:

Post a Comment