Sunday, 26 December 2021

ग्राहक र ग्राहक संरक्षण सिद्धान्तहरु

ग्राहक

सामान्यतया ग्राहक भन्नाले वस्तु तथा सेवा खरिदकर्तालाई बुझाउदछ तर बैंकिङ क्षेत्रमा निक्षेपकर्ता, ऋणि, सेवाग्राही, एजेन्ट आदिलाई ग्राहक भनिन्छ । ग्राहक बिनाको व्यवसायको परिकल्पना समेत नहुने हुदाँ व्यवसायमा ग्राहक सिर्जना गर्नु जरुरी हुन्छ । कुनै व्यक्ती वा निकायले बैंकसँग ऋण, निक्षेप वा एजेन्सी सम्बन्धी कार्यका लागि प्रस्ताव गर्ने र बैंकले स्विकार गर्ने प्रक्रियाबाट कुनैपनी बैंकमा ग्राहकको सिर्जना हुन्छ ।

ग्राहक एक व्यक्ति वा व्यवसाय हो जसले वस्तु र सेवाहरू खरीद गर्दछ। ग्राहकहरू कुनै पनि व्यवसायको लागि उनीहरूको लक्ष्य र उद्देश्यहरू प्राप्त गर्नका लागि प्रमुख कारक हुन्छन्। सन्तुष्ट ग्राहक प्रत्येक संगठनको सफलताको लागि महत्वपूर्ण हुन्छ। तसर्थ प्रत्येक संगठनले आफ्नो ग्राहकलाई सन्तुष्ट पार्न कोसिस गर्दछ र सुधारिएको ग्राहक सम्बन्ध सेवा  मार्फत यो सम्भव हुन सक्छ।

ग्राहक संरक्षण सिद्दान्त भन्नाले ग्राहकहरुको हक हितको संरक्षण गर्न बनाइएको सिद्दान्तहरुलाई बुझाउँदछ । यस्ता सिद्दान्तहरुको निर्माण कार्यमा G20, Financial stability board(FSB), Organization for Economic cooperation & development(OECD)  जस्ता अन्तरास्ट्रिय समुदायहरु संलग्न छन । यिनिहरुले विकास गरेका सिद्दान्तहरु यस प्रकार छन:

क) न्यायोचित र निस्पक्ष व्यवहार को सिद्धान्त 

यस सिद्धान्त अनुसार बैंकले सबै ग्राहकहरु प्रती समान र न्यायोचित एवम् इमान्दारीपुर्ण व्यवहार प्रदर्शन गर्नु पर्दछ । संकटमा परेका एवम् अशक्त ग्राहकलाई विषेश प्राथमिकता दिनुपर्दछ

ख) प्रकटिकरण एवम पारदर्शीता को सिद्धान्त 

यस सिद्धान्तअनुसार बैक तथा वित्तिय संस्थाले आफ्ना सेवा सुविधा तथा नंया प्रोडक्टका बारेमा ग्राहकले सजिलै बुझ्नसक्ने गरि सरल, स्पष्ट र शिष्ट भाषामा पारदर्शितापुर्ण तरिकाले प्रकटिकरण गर्नुपर्दछ ।

ग) वित्तिय ज्ञान तथा सचेतना को सिद्धान्त 

यस सिद्धान्त अनुसार बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहक तथा समुदायलाई बैंकिङ सेवाहरुको बारेमा ज्ञान, सीप आदि दिनुका साथै वित्तिय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम ल्याउनुपर्दछ जसले गर्दा वित्तिय जोखिम, अवसर आदिबारे सम्पुर्ण समुदाय सिक्षित बन्दछन् ।

घ) संरक्षण तथा धोखाधाडी विरुद्द को सिद्धान्त 

यस सिद्धान्त अनुसार बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहकको निक्षेप तथा सम्पत्तीको संरक्षण गर्नुका साथै बैंकिङ क्षेत्रमा धोखाधाडी हुन नदिनका लागि यसको विरुद्द उच्च स्तरको नियन्त्रण गर्नुपर्दछ ।

ङ) गोपनियताको संरक्षण को सिद्धान्त 

यस सिद्धान्त अनुसार बैकले ग्राहकहरुको वित्तिय तथा व्यक्तिगत सुचनाहरु गोप्य राख्नु पर्दछ जसले उनिहरुलाई सुरक्षा प्रदान गरोस ।

च) गुनासाहरुको सुनुवाई को सिद्धान्त 

यस सिद्धान्तअनुसार बैंक तथा वित्तिय संस्थाहरुले ग्राहकहरुबाट प्राप्त हुने गुनासो वा उजुरिको सुनुवाइ गरि आवश्यक कदम चाल्नुपर्दछ ।

छ) प्रतिस्पर्धा को सिद्धान्त 

यस सिद्धान्त अनुसार ग्राहकले खोज्न, तुलना गर्न, परिवर्तन गर्न, उचित मुल्यमा सेवा प्रदायक छान्न स्वतन्त्र रुपले पाउनु पर्दछ ।

ज) तेस्रो पक्ष को सिद्धान्त 

यस सिद्धान्त अनुसार बैंकका एजेन्टले पनि ग्राहक संरक्षण सिद्धान्त पालना गर्नुपर्दछ । बैंक आफ्नो एजेन्टको कार्यप्रती पुर्णरुपमा जिम्मेवार हुन्छ ।

Source: Banking Tayari

No comments:

Post a Comment