नेपाली भाषामा 'साख 'भनिने अङ्ग्रेजी शब्द 'credit' ल्याटिन भाषाको 'credo' शब्द बाट बनेको हो जसको शाब्दिक अर्थ "म विश्वास गर्छु" भन्ने हुन्छ। यसले उघारो लेनदेनका बारेमा समेत जानकारी दिन्छ। केन्द्रीय बैंक वा सरकारद्वारा निष्काशन गरिएको मुद्रामा जस्तो कानुनी ग्राह्यता, सर्वस्वीकार्य जस्ता गुण नहुने साख बाणिज्य बैंक हरु द्वारा सिर्जित गरिने एक प्रकारको मुद्रा हो जसले अर्थव्यवस्थाको संचालनको लागि आवश्यक पर्ने कुल मुद्रापूर्तिमा उल्लेखनीय स्थान ओगट्ने गर्दछ।
साख सिर्जना प्रक्रिया
व्यक्ति वा संस्थाले आफुसंग भएको रकम सुरक्षित राख्ने, ऋण भुक्तान गर्ने, व्यापारिक कारोबारमा खर्च गर्ने, ब्याज प्राप्त गर्ने वा भविष्यमा अकास्मात रुपमा पर्नसक्ने संकट टार्न लाई सजिलो होस् भन्ने आशयले बैंक वित्तीय संस्थाहरुमा निक्षेप जम्मा गर्ने गर्दछन्। बैंक वित्तीय संस्थाले यस्तो निछेप चल्ती खाता, बचत खाता र मुद्धती खाता बाट स्विकार गर्ने गर्दछन् र यसरी स्वीकार गरिएको रकम बचतकर्ताले लिन चाहेको बखतमा फिर्ता गर्नुपर्ने हुन्छ तर बचतकर्ताले चाहेको बखतमा फिर्ता गर्नुपर्ने हुन्छ भनेर बैंक वित्तीय संस्थाहरुले त्यो पैसालाई निस्क्रिय रुपमा राखिरहँदा नाफा आर्जन गर्न सकिँदैन। त्यसैले बैँकले आफुमा जम्मा हुन आएको निस्केको केही अंश अनिवार्य नगद मौज्दात CRR. को रुपमा राखी बाँकी रहेको अंश स्रोत कम भएको क्षेत्रमा कर्जा लगानी गरी कर्जाको सृजना गर्ने प्रक्रिया नै साख सिर्जना हो। यो प्रक्रियाको लागि वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई सिधै नगदमा कर्जा उपलब्ध नगराएर ग्राहकको नाममा खाता खोली चेकबाट आवश्यकताअनुसारको रकम निकाल्न अनुमति दिने र प्राथमिक निछेप भन्दा धेरै गुणा व्युत्पन्न निक्षेप सिर्जना गर्ने प्रक्रियालाई नै साख सिर्जना भनिन्छ। यसरी ऋण प्रवाह वा प्रतिभूति हरुमा लगानीको माध्यमबाट व्युत्पन्न निक्षेप विस्तार गर्नसक्ने बाणिज्य बैंक को सामर्थ्य हुने भएकोले तिनीहरूलाई साखको कारखाना(Factories of Credit), वा मुद्राका उत्पादक (Manufactures of Money) पनि भन्ने गरिन्छ।
यदि वाणिज्य बैंकहरूले निक्षेप फिर्ता गर्ने प्रयोजनका लागि शतप्रतिशत नगद मुद्रा आफैसँग तरल रुपमा राख्ने हो भने साख सिर्जना गर्ने क्षमता हुँदैन त्यसैले प्रचलित कानुन वा केन्द्रीय बैंकद्वारा तोकिएको निर्देशनअनुसार अनिवार्य नगद मौज्दात राखी बाँकी रहेको मुद्रा कर्जाको रुपमा लगानी गरेर एकपछि अर्को गर्दै साख सिर्जनाको माध्यमबाट प्रशस्त मुनाफा आर्जन गर्न सक्दछन्। यसलाई तलको उदाहरण बाट प्रष्ट पार्न सकिन्छ-
तल तालिकामा देखाए झैँ सुरुमा क भन्ने व्यक्तिले आफू सित भएको रू1000 वाणिज्य बैंकमा निक्षेप स्वरूप जम्मागर्यो भने उक्त बैंकले नगद फिर्ता गर्ने प्रयोजनका लागि नियम अनुसार 20 प्रतिशत अर्थात् रु 200 CRR मा राखी 800 दोस्रो चरणमा ' ख ' भन्ने व्यक्तिलाई ऋण स्वरुप खाता खोल्न लगाई उसको नाममा जम्मा गरिदिन्छ। फेरि' ग'व्यक्ति लाई रु.800 बाट रु160 अनिवार्य नगद मौज्दातमा राखी रु 640 बैंकमा खाता खोल्न लगाई ऋण प्रभाव पर्दछ। यो प्रक्रिया शुरूको निक्षेप रु 1000ले व्युत्पन्न निक्षेप रु 4000 नपुगुन्जेल सम्म निरन्तर जारी रहन्छ यतिबेलासम्म बैंकको कूल माग जम्मा पाँच हजार हुन पुग्दछ। यसरी बैंक को साख सिर्जनागर्ने क्षमता लाई साख गुणक( K) ले जनाइन्छ र crr लाई (r) ले जनाइन्छ। अन्य कुराहरु यथावत् रहेको अवस्थामा साख गुणक( K )अनिवार्य नगद मौज्दातमा निर्भर रहन्छ। अर्को शब्दमा भन्दा K र r बिच बिपरीत सम्बन्ध हुन्छ
।
{If crr increases credit creation process decreases and vice versa .}
यसरी अनिवार्य नगद मौज्दात बढी भयो भने साख सिर्जना क्षमता कम र अनिवार्य नगद मौज्दात कम भयो साख सिर्जना क्षमता बढी हुन्छ र कुनै पनि बैंक को साख सिर्जनागर्ने क्षमता कुनै एउटा बिन्दुमा पुगेर टुंगिन्छ।
निष्कर्षमा भन्नुपर्दा आम जनमानसमा छरिएर रहेको स-सानो रकमलाई वाणिज्य बैंक हरुले साख जनको माध्यमद्वारा कर्जा प्रवाह गरि प्रशस्त मुनाका आर्जन गर्ने र साख सिर्जना प्रक्रिया बाट व्यापारिक औद्योगिक व्यावसायिक दैनिक कारोबार सत्यवादी तथा भैपरी आउने कार्यको लागि राष्ट्रले प्रयोगमा ल्याउने कानुनी ग्राह्य मुद्राको अंशमा उल्लेखनीय परिणाममा योगदान गरेको हुन्छ। यसले अर्थतन्त्रको व्यापारिक, व्यवसायिक ,तथा अौद्योगिक कार्यलाई प्रवर्ध्दन गरी रोजगारीको स्तर र गरिबी घटाउनमा सकरात्मक भूमिका निर्वाह गर्दछ तर वाञ्छित सीमा भित्र मात्र साख सिर्जना गर्नुपर्ने हुन्छ अन्यथा सिमा बाहिर गएर साख सिर्जना धेरै गर्ने गरेमा अर्थतन्त्रको कुल मुद्रा प्रदाय बढ्न गई नकरात्मक असर समेत पैदा हुन सक्दछ। यसरी निक्षेपमा हुने गुणात्मक विस्तारलाई बाणिज्य बैंकहरुले साख सिर्जनाको माध्यमबाट थप कर्जा प्रवाह गर्न सक्ने र मुनाफा आर्जन गरि अर्थतन्त्रको कुल मुद्रा प्रदायमा उल्लेखनीय योगदान गर्ने अन्तर्निहित क्षमता ग्रहण गर्ने अर्थमा यीनिहरुलाई साखको कारखाना भन्ने गरिन्छ।
No comments:
Post a Comment