Friday, 12 February 2021

मेरो छिमेकी

मेरो एउटा छिमेकी, उसलाई हाँसेको निकै सुहाउँछ, 

तर उ जहिले रिसाउँछ,

अरुसंग भएको रिस पनि मलाई देख्दैमा मिसाउँछ ।।


म सम्बन्ध तताउन खोज्छु, 

उ पानी पोख्दै चिसाउँछ ।

बहाना बनाएको हुन्छु उ संग नजिक हुन, 

उ सम्बन्ध विचमा तगारो तेर्साउँछ ।।


साँढे झैं हेर्छ गोरू आँखे,

गोरो अनुहार जहिले कालो दर्शाउँछ ।

कति हेर्नु झैं बनाउँछ त्यै अमिलिएको अनुहार,

क्षण भर मै बसाइँ सरुँ झैं नजरका तिर बर्साउँछ ।।


मेरो एउटा छिमेकी, उसलाई हाँसेको निकै सुहाउँछ ।।।।। 

No comments:

Post a Comment