धेरै हेर फेर गर्नू छैन जिन्दगीमा, केबल....
जागिरबाट पाएको पहिलो तलबले आमासंग मुक्तिनाथ हेर्नु छ ।
बर्साै देखिको आमाको फाटेको सारी फेर्नु छ ।।
मेरा लागि गरेको दुःख रोक्दै, अव आमाको जिवन शैली फेर्नु छ ।।।
दुःख र सपनाले भरिएका आमाको अनुहारमा चम्किलो प्रकाश झल्केको हेर्नुछ ।।।।
शिशिरे जाडोमा फुटेको उनका हातहरुमा मलम लगाई छाला फेर्नु छ ।।।।।
म भन्दा मेरी आमा खुसी हुनेछिन,
फोन गरेर आमा मैले जागिर पाएँ भन्दा,
आँशु बर्रर हुनेछन उनका,
आजबाट काममा लाएँ भन्दा ।।।।।
आफ्नो भन्दा पनि छोराले दुःख पायो भन्ने छ उनलाई,
मलाई मेरो जागिर भन्दा पनि मलाई जागिरले दिने खुसी महत्वपुर्ण छ । जुन आमाको अनुहारमा दखिन्छ । त्यो खुसी चाँढै देख्न पाउँ ।
No comments:
Post a Comment