आजको दिनलाइ मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ । आजको दिन पशपतिको श्लेष्मान्तक बन तथा विभिन्न शिवालयहरुमा जौ, तिल, गहुँ, धान, मकै, चना, बोडी जस्ता सात थरिका अन्न मिसाएर छर्ने गरिन्छ । जस्लाइ सतवीज छर्ने भनि नामाकरण गरिएको छ । यसरी सतवीज छरी नदिमा दुनो वा टपरीमा बत्ति राखि दुनो, पात वा टपरीले छोपेर बगाउनलाले मृतक आफन्तहरुले जीवीत अबस्थामा गरेका सवै पाप नाश भइ कैलाशमा अथवा बैकुण्ठमा बास पाउने विस्वास गरिन्छ ।
शास्त्रमा लेखिएअनुसार बाला चर्तुदर्शीको दिनमा श्लेष्मान्तक बनमा गएर एक गेडा विउमात्र छरे पनि एक टुक्रा सुन दान गरे वराबर फल प्राप्त हुनेछ । सत वीज छर्न जानेहरु शुद्ध भएपछि सर्वप्रथम गणेशको पुजा गरिन्छ, ती गणेशलाइ बहिरा गणेश मानिन्छ र उनलाइ घचघच्याइ, कराइ आफ्ना आफन्तहरु आएका छन भनि मृतकसंग खवर पुर्याउन अनुरोध गरिन्छ । यति गरेपछि श्लेष्मान्तक बनमा गइ अन्न छर्ने कार्य गरिन्छ ।
सनातन धर्म अनुसार निकै महत्पुर्ण मानिने यस दिनमा देश तथा विदेश वाट मानिसहरु सतवीज छर्न आउने भएकाले पशुपति क्षेत्रमा निकै ठुलो मेला लाग्ने गर्दछ । टाढा टाढा देखि त्रयोदशीकै दिन देखि मानिसहरु आउने र रातभरी महावत्ति बालेर भजन कृतन गरी जाग्राम गर्ने गर्दछन । अनि भोली पल्ट विहानै बाग्मतिमा स्नान गरी शुद्ध भएर सतवीज छर्न जाने गर्दछन ।

No comments:
Post a Comment