Saturday, 3 October 2020

सरकारले किन धैरै नोठ निष्कासन गरेर सवै गरिव जनतालाई धनि बनाउँदैन त ?


सामान्यतया पैसा भनेको कुनै बस्तु तथा सेवाको विनिमय गर्ने साधन हो । पैसाले कुनै सामानको खरिद विक्री गर्नको लागि उक्त बस्तु तथा सेवाको मुल्य तोक्ने, मुल्य भण्डारण गर्ने, कारोवार गर्ने, जस्ता कार्यहरु गर्दछ । यो सर्वमान्य र सवै ठाँउमा स्वीकार्य हुन्छ ।

नेपालमा  नेपाल राष्ट्र बैंकले नोट जारी गर्दछ । नेपाली पैसालाई रुपैयाँ भनिन्छ । जस्को मुल्य रु. एक बराबर एक सय पैसा हुन्छ । सुरुमा नेपाली पैसालाई मोरु भनिन्थ्यो, राजा महेन्द्रको पालादेखि भने रुपैयाँ भन्न सुरु गरियो । नेपालमा कागजी नोठको शुरुवातको कुरा गर्दा वि.सं. २००२ असोज १ गते रु. १, २, ५, १० र १०० दरको नोट निष्कासन गरिएको थियो । सिक्काको इतिहाँस भने निकै पुरानो छ ।  लिछ्वी कालका राजा मानदेवले मानांक निष्काशन गरेदेखि सिक्काको शुरुवात भएको पाइन्छ । त्यसरी नै मानदेवले मानांक, गुणकामदेवले गुणाकं, अंशुवर्माले सुनको असर्फी, रत्न मल्ले चाँदीको सिक्का, जयप्रकाश मल्लले छालाको सिक्का निष्कासन गरेका थिए । पैसा तथा सिक्काको उत्पत्ति हुनु भन्दा अगाडी मानिसहरु बस्तु तथा  सेवा साटासाट गरी कारोवार गर्दथे । कुनै एक कारोवार गर्नका लागि दुइ पक्ष कारोवार गर्न तत्पर रहनु पर्दथ्यो । उदाहरणका लागि एक जनालाई एक माना घ्यु आवस्यक छ र उसंग एक माना मह छ भने अर्काे घ्यु भएको तर मह आवस्यक रहेको ब्यक्तिको आवस्यक पर्थ्यो । यसरी दुवै पक्षलाई बस्तु तथा सेवाको आवस्यकता भएमा मात्र कारोबार सम्भव रहन्थ्यो । अझ धेरै समस्या त धेरै मुल्य भएको बस्तु तथा सेवा र कम मुल्य भएको बस्तु तथा सेवा विच कारोवार गर्न हुन्थ्यो । धेरै मुल्य पर्ने एक बस्तुलाई खरिद गर्न कम मुल्य पर्ने एक भन्दा धेरै बस्तु दिनु पर्दथ्यो । यी सवै समस्याहरु पैसाले हटाउन सफल भएको छ । अहिले बस्तु तथा सेवाको कारोवार गर्न अर्काे पक्षको आबस्यकतासंग सम्बन्धीत हुनु पर्दैन ।

विगतका दशैँहरुमा नोट निष्कासन गर्ने नेपाल राष्ट्र बैंकले यसपाली भने विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले भिडभाड गर्न नहुने हुँदा बैंक तथा  वित्तिय संस्थामा भिड बढ्न सक्ने भन्दै दशैँका लागि नयाँ नोट निष्कासन नगर्ने भएको छ । बाणिज्य बैंक तथा  वित्तिय संस्थाहरुले नयाँ नोट नभए पुरानै भएपनि सफानोट बाँड्न प्रयत्न गरिरहेका छन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका अनुसार डिजिटल माध्यमवाट भुक्तानी प्रक्रियालाई बोनस सहित प्रोत्साहन गर्ने योजना रहेको बताएका छन । यसले नोट छाप्ने खर्चमा कटौती हुने विश्वास पनि लिइएको छ । 

सरकारले किन धैरै नोट निष्कासन गरेर सवै गरिव जनतालाई धनि बनाउँदैन त?

हामी सोच्छौँ नोट निष्कासन गर्ने पुर्ण अधिकार प्राप्त भएको नेपाल राष्ट्र बैंकले किन धेरै भन्दा धेरै नोट निष्कासन गरी गरिब जनताहरुलाई धनि बनाउँदैन? आज यही विषयलाई समेटेर कुराकानी अगाडी बढाउने छु । देशमा जति बस्तु तथा सेवाको उत्पादन हुन्छ सोहि अनुसार पैसा छपाइ नगरी बढी अनुपातमा छपाएमा मानिसहरुसंग अत्याधिक पैसा हुन्छ । त्यसले गर्दा बजारमा अत्याधिक मुद्रा स्र्फीति पैदा हुन्छ । थोरै सामान खरिद गर्न पनि झोलामा पैसाको भारी बोकेर लैजान पर्ने स्थीती देखा पर्दछ । नोठको परिमाणको मुल्यसंग विपरित सम्बन्ध रहन्छ । सोच्नुस त, यदि तपाइँ संग रु १०० छ जस्ले १ लि पेट्रोल खरिद गर्न सकिन्छ । यदि सवैसंग हाल भइरहेको भन्दा दश गुणा बढि पैसा  भएमा तपाईँ संग पनि रु. १००० छ र १ लि पेट्रोल मात्र खरिद गर्न पुग्दछ भने तपाइँले १ लि. पेट्रोल खरिद गर्न पुग्ने १ नोट प्रयोग गर्नु पर्थो भने अब पैसाको पुर्ति बढि भएमा १० वटा नोट प्रयोग गर्नु पर्दछ । यसले पैसा छपाइमा लाग्ने खर्च लगायत विभिन्न अनावस्यक खर्चको कारण निकाल्छ ।

पैसाले बस्तु तथा सेवाको मुल्य निर्धारण गर्ने कार्य गर्दछ । यस्ले बस्तु तथा सेवाको माग तथा पुर्ति अनुसार फरक फरक मुल्य निर्धारणमा सघाउ पुर्याउँछ । धेरै माग हुने बस्तु तथा सेवाको मुल्य धेरै र कम माग हुने बस्तु तथा सेवाको मुल्य थोरै रहन्छ । तर मुल्य समयाअनुसार परिर्वतन हुन सक्दछ । उदाहरणका लागि कुनै एक समय एक वटा लैनु भैंसीसंग एक रोपनी जग्गा साटासाट गरिन्थ्यो । यसअर्थ एक भैंसी र एक रोपनी जग्गाको  मुल्य बराबर हुन्थ्यो । तर आज त्यहि सत्य पत्यार नलाग्ने भएको छ । सोही दुई बस्तुको मुल्यअन्तर आकाश जमिन फरक बन्न पुगेको छ । त्यसैले बस्तुको मुल्य समयको माग र पुर्ति अनुसार फरक फरक हुन सक्दछ ।

नेपाल सरकारको अधिकार प्राप्त निकायले हाल बजारमा निष्कासन गरिएका नोठहरुको परिमाण भन्दा ठिक दोब्बर भएमा के होला त?

मानौं तपाईँको मासिक तलब रु.४०,००० र मासिक खर्च रु. ३५,००० थियो । अव सरकारले बजारमा दोब्बर नोट निष्कासन गर्यो, यसको असर सर्वब्यापी पर्छ र बजारमा बस्तु तथा सेवाको मुल्य दुई गुणा बृद्धी हुन्छ भने तपाईँको तलब पनि दुई गुणाले बढ्न आवस्यक हुन्छ । त्यसैले तलब बढेर रु. ८०,००० र खर्च बढेर रु. ७०००० पुग्दछ । बस्तु तथा सेवाको परिमाण एकै हुन्छ तर मुल्यमा दोब्बर हुन्छ ।

अर्काे उदाहरणमा, मानौं हाल एक लि. प्रेट्रोलको मुल्य रु. १०० छ । यदि सरकारले १० गुणा बढि पैसा बजारमा निष्कासन गर्यो भने पेट्रोलको मुल्य १० गुणा बृद्धि हुन्छ । तर पेट्रोलको परिमाण बराबर नै हुन्छ । त्यसैले धेरै पैसा निष्कासन गरी नोट निष्कासनमा अनावस्यक खर्च गर्नु भन्दा सरकारले उचित मात्रामा मात्रै नोट निष्कासन गर्दछ । त्यसैले धेरै नोट हुनु धनि होइन धेरै सम्पति हुनु धनि हो । नोट पनि सम्पत्ति हो तर लगानी विहिन नोट भएमा यसको क्रय शक्तिमा गिरावट आउँछ । यदि पैसा तपाइँसंग मात्र धेरै छ भने त्यसको मुल्य उच्च रहन्छ तर सवैसंग धेरै परिमाणमा भएका त्यसको मुल्यमा  गिरावट आउँछ ।

अत्याधिक धेरै मात्रामा नोट निष्कासन गरेमा अर्थतन्त्रमा उत्पादन भएका बस्तु तथा सेवाको मौद्रिकिकरण बढ्छ तर यसवाट हुने नोक्सान भने निकै भयानक हुन सक्दछ । जस्तै बस्तु तथा सेवाको मुल्यमा असाधारण बृद्धी भई उच्च दरमा मुद्रा स्र्फीती, पैसा कमाउन काम गर्नेहरु सवैसंग धेरै पैसा भएमा काम गर्न छाड्छन् जस्को असर उत्पादन कमि आउँनुको साथै उच्च बेरोजगारी सृजना हुन्छ, वितरणमा पनि प्रभाव प्रर्दछ, विदेशी विनिमय दरमा गिरावट आउँछ, यदि अझै भयानक भएमा अर्थतन्त्रै धरापमा पर्न सक्दछ । त्यसैले सरकारले आवस्यकता भन्दा बढि नोट निष्कासन गर्दैन र धेरै पैसा छपाएर गरिब जनतालाई बाँडेर सवैलाई धनि बनाउन सक्दैन ।

विश्वमा केहि यस्ता देशहरु पनि छन जस्ले धेरै पैसा छपाइ गरी जनतामा वितरण गर्दा अर्थतन्त्रमा ठुलो नोक्सानी ब्यहोर्नु परेको थियो । जिम्वावे र जर्मनी ठुला अर्थतन्त्र भएका  देशहरु यसको सिकार भएका थिए । उनिहरुले विश्वयुद्ध गर्दा ठुलो क्षति ब्यहोर्नु परेको थियो । उक्त क्षतिको परिपुर्ति गर्न उनिहरुले विभिन्न ऋणहरु समेत लिएका थिए । सोहि ऋण तिर्नका लागि उनिहरुले ठुलो मात्रामा नोट छपाइ जनतामा बाँडे र ऋण पनि तिरे । नतिजा  स्वरुप अन्तराष्ट्रिय सटही दर पनि निकै खस्कीयो, ठुलो दरमा मुद्रा स्फीर्ती ह्वात्तै बढ्यो, पैसा पाएर धनि भएका जनताहरु काम गर्न छाडे, उत्पादन र लगानीका  क्षेत्रहरु प्रत्यक्ष प्रभावित भए । अन्तमा थेग्नै नसक्ने स्थीती पैदा भयो र आफ्नो देशको मुद्रा नै बहिस्कार गर्नु पर्यो । यसरी आवस्यकता भन्दा धेरै पैसा छपाएर ठुलो नोक्सानी ब्यहोर्ने यी दुई देश जर्मनी र जिम्वावे प्रमुख उदाहरणमा पर्दछन ।

खासगरी नोट छपाइ अथवा निष्कासन गर्ने कार्य देशमा उत्पादित भएका बस्तु तथा सेवाको परिमाणमा भर पर्दछ । जति धेरै बस्तु तथा सेवाको उत्पादन भयो उति नै धेरै पैसा छाप्ने कार्य गर्न सम्भव रहन्छ । विश्वमा घटित केहि घटनाहरुलाई केलाउँदा, छपाई खर्च तथा विभिन्न पक्षहरुलाई अध्ययन गर्दा अत्याधिक धेरै नोट निस्कासन गर्नु घातक हुन सक्दछ त्यसैले आवस्यक मात्रामा मात्र नोट निष्कासन गर्नु पर्दछ ।

No comments:

Post a Comment