राष्ट्रिय आय लेखांकनको अवधारणा र विधिहरु एक आपसमा फरक छन ।
राष्ट्रिय आय लेखांकनको अवधारणा (Concepts of National Income Accounting)
राष्ट्रिय आय गणना गर्ने तरिका तथा आयमा समावेश गरिने उत्पादनहरुको आधारमा समग्र राष्ट्रिय आयलाई निम्न अनुसार बर्गिकरण गरि अध्ययन गर्ने गरिएको छ ।
१. कुल ग्राहस्थ उत्पादन (GDP)
कुनै पनि मुलुकको भौगोलिक सिमा भित्र निश्चित समयावधि भित्र उत्पादन भएका अन्तिम बस्तु तथा सेवाको बजार मुल्यलाई कुल ग्राहस्थ उत्पादन (GDP) भनिन्छ ।
कुल ग्राहस्थ उत्पादन बजार मुल्यमा मापन गरिन्छ ।
यसमा अन्तिम बस्तु तथा सेवाहरुको उत्पादन मात्र समावेश गरिएको हुन्छ । कच्चा पदार्थ उत्पादन यसमा समावेश गरिएको हुँदैन ।
यसमा मुलुकको भौगोलिक सिमाना भित्र भएको उत्पादन मात्र समावेश भएको हुन्छ । उत्त सीमा भित्र कस्ले उत्पादन गर्यो भन्नेसंग प्रत्यक्ष सरोकार राख्दैन ।
उत्वादन हुने तर बजारमा खरिद विक्रि नहुने बस्तु तथा सेवाहरुको उत्पादन कुल ग्राहस्थ उत्पादनमा सजिलैसंग समावेश गर्न सकिँदैन ।
तर्सथ, GDP लाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
where, Pi= Prce pf ist
domestically produced final product
xi quality of ith domestically
produced final product
GDP लाई खर्च विधिवाट निम्न तरिकाले उल्लेख गर्न सकिन्छ ।
GDP= C+I+G+(X-M)
Where, c= consumption expenditure
I= investment expenditure
G= Government expenditure
X= export
M=import
२. कुल राष्ट्रिय उत्पादन GNP
कुनै निश्चित समयावधिमा स्वदेशी उत्पादनका साधनले देश भित्र वा बाहिर जहाँ जुनसुकै भएता पनि उत्पादन गरेको अन्तिम बस्तु तथा सेवाको मौद्रिक मुल्यलाई न्ल्ए भनिन्छ । यस अन्र्तगत स्वदेशी उच्पादनका साधनले विदेशवाट प्राप्त आयलाई जोडिन्छ भने विदेशी उत्पादनका साधनलाई तिरेको रकम न्म्ए बाट घटाइन्छ ।
GNP = GDP + earning of
domestic factor from abroad-payment to foreign factor of product
GNP=GDP+
net factor income from abroad (NFIA)
कुनै पनि मुलुकको स्वमित्वमा भएका उत्पादनका साधनहरुले निश्चित समयावधिमा उत्पादन गरेका अन्तिम बस्तु तथा सेवाको बजार मुल्यलाई कुल राष्ट्रिय उत्पादन भनिन्छ ।
३. खुद राष्ट्यि उत्पादन (GNE)
उत्पादन प्रक्रियामा पुँजीगत ह्रास हुने हुन्छ जस्ले गर्दा खुद उत्पादन (GNE) निकाल्न न्ल्ए वाट सो अवधीमा पुँजीगत बस्तुमा भएको कुल मुल्य ह्रासलाई घटाउनु पर्दछ, तर्सथ न्ल्ए बाट मुल्यह्रास घटाएपछि ल्ल्ए प्राप्त हुन्छ ।
NNP= GNP- Depreciation
४. राष्ट्रिय आय (National Income)
कुनै निश्चित समयावधिमा स्वदेशी उत्पादनका साधनले प्राप्त गरेको कुल आम्दानीलाई राष्ट्रिय आय भनिन्छ ।
अर्थात यदि कुनै बर्षको राष्ट्रिय आयलाई त्यस बर्षको प्रचलित बजार मुल्यमा ब्यक्त गरिन्छ भने त्यस्तो राष्ट्रिय आयलाई प्रचलित बजार मुल्यको राष्ट्रिय आय भनिन्छ ।
यस अन्र्तगत उत्पादनका साधनलाई श्रम, पँुजी, भुमी र संगठनमा विभाजन गरि गणना अबधि भित्र यी उत्पादनका साधनहरुले प्राप्त गरेको कुल आय नै राष्ट्रिय आय हो तर्सथ राष्ट्रिय आयलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
NI=
wage+capital+rent+profit
५. ब्यक्तिगत आय (PI)
कुनै पनि देशमा सम्पुर्ण ब्यक्ति एवं परिवारले एक आर्थिक बर्ष भित्रमा गर्ने कुल आयको योगलाई ब्यक्तिगत आय भनिन्छ ।
राष्ट्रिय आयवाट संस्थागत बचत घटाएर ब्यक्ति वा परिवारले प्राप्त गर्ने Transfer Payment जोड्दा Personal Income प्राप्त हुन्छ ।
Pi=NI=corporate income tax - undistributed corporate profit-social security custodian+transfer payment
६. ब्यय योग्य आम्दानी (DI)
कुनै पनि ब्यक्ति वा संस्थाले परिवारले प्राप्त गर्ने सम्पुर्ण आय खर्च गर्न सकिने हुँदैन । ब्यक्ति वा परिवारको त्यस्तो आय जस्ले आय जुन उसले खर्च गर्न सक्छ त्यसलाई नै DI भनिन्छ ।
DI=PI - Direct Tax
७. प्रति ब्यक्ति आय (Per Capita Income)
तोकिएको बर्षको राष्ट्यि आम्दानीलाई सोहि बर्षको कुल जनसंख्याले भाग गर्दा प्राप्त हुने औषत आयलाई एऋक्ष् भनिन्छ ।
PCI=National Income of the Year/Total Population of the Year
No comments:
Post a Comment