जाडोको शुरुवात संगै प्रकृतिको विशेषता तथा मानिसहरुको चाल चलनमा पनि परिर्वतन देखा पर्दछ । रुखका पात पतिंगरहरु झरेर उजाड देखिनुका साथ साथै हुस्सु र कुहिरोले ढपक्क ढाक्न थाल्दछ अनि नजिकैको बस्तु पनि देख्न असहज हुन्छ । भेडा बाख्रा तथा गाइ बस्तुहरु रौँ ठाडो पार्दै घामको किरणको प्रतिक्षामा देखिन्छन ।अनि श्वास फेर्दा पनि आगोवाट धुवाँ निस्के जस्तो वाफ निस्केको देख्दा अचम्म लाग्छ ।
मानिसहरुको लागि भने जाडोको सिजन सुखी सिजन हो । खेति पाति थन्क्याइ सकेका हुन्छन । अनि अर्काे खेतिको शुरुवात भने भइसकेको हुँदैन । यतिबेलाको समय फुर्सद र घुमघामको रहने गर्दछ । जाडोको समयमा कतै कतै मानिसहरु आगोको वरिपरी चियाको सुर्की लगाउँदै गोलबद्ध भएर गफ गरिरहेको देख्न सकिन्छ । त्यस्तै बाक्लो भुत्ते कपडा लगाएर नचिनिने भएर हिँड्ने पनि देखिन्छ । कोही मानिसहरु भुत्ते कपडामाथि गलबन्धी ढपक्क बाँधेर हावाको सर्काे पनि शरिरमा छिर्न नदिने गरी बस्दछन । कोहि कोहि त आफ्नो तालमा भन्दा गलबन्धीको तालमा हिँड्ने गर्दछन । निकै महत्वपुर्ण कुरा जुन छाड्नै नहुने छ जस्तो गरी गोजिमा हात राखेर नाक मुख, गला सवै ढाकिन्छन । अनि गलबन्धी मिलाउन पनि गोजी बाट हात झिक्दैनन बस् मुन्टो मर्काएर वा तन्काएर भएपनि एकछिन सम्म भएपनि गोजीमा हात राख्न छाड्दैनन् ।
यता उता समाचार तथा मोवाइलमा पनि आज त बर्षकै सवैभन्दा चिसो छ रे भन्ने समाचार आउँछ । अनि मोवाइलको मौषम विभागले त ऋणात्मक तापक्रम नै देखाउँछ । दिनहुँ ओहो अझै जाडो बढ्ने क्रममा छ भन्दै जाडो वित्ने गर्दछ । कहि कतै हिउँ परेको पनि सुन्न देख्न पाइन्छ भने फेसवुकको वालमा हिउँ संग गाँसिएका तस्विरहरु पनि देख्न पाइन्छ । सुत्ने समयमा पनि कता बाट हावा सिरक भित्र वाट छिर्दैन भन्दै आसन परिर्वतन गरी गरी सुत्नु पर्दछ ।
यसै जाडोमा विविध चाडपर्वहरु जस्तै ल्होसार, अंग्रेजी नयाँ बर्ष, मकर सक्रान्ती जस्ता महत्वपुर्ण पर्वहरु पर्दछन । यी चाडपर्वहरु फुर्सदको समयमा पर्ने भएकाले विशेष रमाइलो गरी मनाइन्छन । जाडोमा चियाको महत्व निकै हुने गर्दछ ।
साँच्ची जाडो अजिव छ । यस्तो जाडोमा आफ्नो विशेष ख्याल गर्नुहोला ।
Monday, 31 December 2018
Monday, 24 December 2018
धक्का
कतैबाट एक्कासी धक्का आयो, म झसंग भइ सडकपेटीबाट बाटोमा झरेँ । गाडीहरु जोर विजोर गरी चल्ने भएकाले यात्रुहरुको निकै ठुलो भिड थियो । म पनि त्यसै भिडमा सडकको पेटिमा गाडीको प्रतिक्षामा थिएँ । सयौँ जनाको भिडमा पनि आँफुलाइ एक्लै अनुभुति भइरहेको थियो । कसैको बारेमा सोच्दै थिएँ जो महिनौ भइसकेको थियो भेटघाट नभएको अनि बोलचाल पनि नभएको । सामान्य फेसवुकको कुराले गर्दा बोलिचालीमा विप्लब बा लागेको थियो ।
घण्टौँ कुरा गर्ने, अनि सवै कुरा शेयर गर्ने मान्छेको आजभोली अत्तो पत्तो नहुँदा केहि कुरा हराएको अनुभुति भने भइनै रहने रहेछ ।
धक्का लाग्ना मेरो मुखबाट अकस्मात आँखा देख्दैनस भन्ने शब्द निस्क्यो । म उति बेलै पछाडी फर्किएँ । धक्का उसैको थियो जस्को बारेमा सोचेर म टोलाइ रहेको थिएँ । उ एकोहोरो मलाइ हेर्दै हिँड्यो तर उसका पाइला भने रोकिएनन् । म निश्चित थिएँ उस्ले मलाइ चिनेरै धक्का दिएको हो । मलाइ अघिको धक्का भन्दा उसको त्यो ब्यवहारको धक्काले बढि असर गरेको थियो ।
म अकस्मात तर्सिएँ । दिमाख एकाएक कुराहरु खेल्न थाले । के मैले गल्ती गरेँ ? के मैले केहि नभन्नु पर्ने कुरा भनेँ ? उसंग सरी भन्न नपाउँदै उ हिड्यो, खास मैले गर्नु पर्ने कुरा चाहीँ के हो ? उ मसंग जानिजानी ठोकियो कि अन्जानमा ठोकियो ? के उस्ले गल्ती गर्यो ? एकछिन बोलेर गएको भए पनि उस्को के नै जाने थियो र ?
के उस्लाइ बोल्न मन थियो ? कि थिएन ? यदि नबोल्नु थियो त मलाइ धक्का दिनु आवस्यक थियो ? फेरी बोल्न मन भएको भए बोल्नु पर्ने, के त्यो धक्कामा माया थियो ? जे होस उस्को धक्का मलाइ प्यारो लागेको थियो । लामो समय पछि भएपनि एक पटक उस्को मुहार देख्दा उर्जा उत्पन्न भएको अनुभुति गरेको थिएँ ।
Subscribe to:
Comments (Atom)
