Saturday, 27 October 2018

दशैँको संकेत

दशैँ आएको थाहा पाउन पात्रै हेर्नु पर्दैन, यी संकेतहरु बाट नै अड्कल लगाउन सकिन्छ ।

प्रकृतिवाट
घाम पनि विहानै देखि पारीलो हुँदै आएको छ, हिमालमा हिउँक फेदै सम्म देखिन थालेको छ, पश्चिम तर्फवाट सर्रर हावा वहेको छ मडारिँदै गढारिँदै डाँडाकाडाँमा धसारीँदै हिड्ने बादलहरु पनि आफ्नो बाटो लागेका छन्, धानको बारिमा लचप्प सित परेर पसी साध्य छैन, रुखहरुमा पात झपक्क भएर निल परेको छ, बाँसको झुप्पाहरु चहै चहै मच्ची रहेका छन, बारीमा कोदाको गुथा लह लह मच्चेका छन, आगनीको डिलैमा भएको तुलसीलाइ हेर्दै राता पहेँला फुलहरु गफ गर्दै रहेका छन, अनि सयपत्री पनि हतारीँदै गुथ्थाउने तयारीमा छन भने त्यो दशैँ आगमनको संकेत हो ।

पशुपन्छीवाट
ढुकुर विजुलीको पोलमा बसेर कुर कुर गर्दै कुर्लीरहेको छ, आकाशमा कराङ्गकुरुङ्ग चराहरु ताँती लागाएर उडिरहेका छन, चौरहरुमा दशैँ चराहरु चर्न थालेका छन, परेवाहरु धुरीमा बसेर गित गाउँदै नाच्दै ताली बजाउँदै टाढा टाढा सम्म उडिरहेका छन, अनि वरिपरि खसिबोकाको आवाजहरु गुन्जीन थालेको छ, भने त्यो दशैँ आगमन संकेत हो ।

मानिसहरुवाट
सुनसान घरहरुमा बाबु कहिले आउँछस भन्दै फोन गरेको सुनिन थालेको छ, पँधेरामा पनि कहिले को आउँदैछ भन्ने कुरा चल्न थालेको छ, मैदानमा दिउसो र बेलुका गरी दिनमा ३ वटा बसहरु आउन थालेका छन कोही आगनीको डिलबाट मैदान तर्फ को को आएछन भनि चिहाउन थालेका छन अनि मान्छेहरु बस वरिपरि भेला भएको देखिन थालिएको छ, केही समय पछि झोला काँधमा हालेर उकालो लाग्ने गरेको दृष्य देखिन थालेको छ, बच्चा बच्चाहरु एक आपसमा उल्लासिएका छन अनि कोहि नयाँ कपडामा पनि देखिन थालेका छन, लट्टाइ समाएर चंगा माथि माथि आकाशमा पुर्याउने होडबाजी चलेको छ । कोहि युवाहरु डोरी बाट्ने सुरसारमा घर घरबाट बावियोको चुल्ठा बटुल्दै र कोहि झुप्पै सहितको बाँस बोकेर चौर सम्म पिन हाल्ने तयारीमा छन । चौतारीमा खर...खर... खोरखोरे घोलेको आवाज घन्कीएको छ अनि युवाहरु चौतारी मुनी झुप्प गोलो लगाएर खेल्दै खोरखोरको आनन्द लिइरहेका छन । घर घरमा सवैजना धर्मधुस लगाएर भित्ताहरु रातो माटोले  लिप्दै छन । बुढाहरु दशैँको खसिका जोगो गर्ने सल्लाह गर्दै छन भने त्यो पनि दशैँको आगमनको संकेत हो यो ।

Wednesday, 24 October 2018

ढुङ्गेसाँघु, ढुङ्गेसाँघुको मेला र महतगौँडा

ढुङ्गेसाँघु


ढुङ्गेसाँघुको पुल
ढुङ्गेसाँघुको शाब्दीक अर्थ ढुङ्गाबाट बनेको पुल हो । यो प्राकृतिक रुपमा स्वस्फुर्त  बनेको छ ।  पोखरा महानगर वडा नं १७ को महतगौंडा र १५ को टुटुगां  जोड्ने यो सेति नदिको सतह देखि करिव १५० मिटर उचाइमा रहेको छ । यो प्राकृतिक पुलमा सवारी साधन पनि स्वतन्त्र आवात जावत गर्न सक्ने भएकाले पनि अझ आश्चर्यको रुपमा लिइन्छ । हाल संरक्षणका लागि हेवी गाडीहरुलाइ निषेध गरिएको छ । यस्तो अनौठो दृष्यलाइ थप मनमोहक बनाउनका निम्ती पुलको राम्रो आकृती देख्न सकिने स्थानमा बन्जी जम्प पनि निर्माण गर्न लागिएको छ । पुलको सिधा तल सेतिको किनारमा सिद्धेश्वर हरिहर मन्दिर पनि रहेको छ । जहाँ भक्त जनहरु बेला बेलामा दर्शन गर्न जाने गर्दछन भने महा शिवरात्रीको दिनमा विशेष पुजा आजा पनि गरिन्छ । यसै पुलको नामाकरणमा मकरसक्रान्तीको दिनमा सदियौँ काल देखि यस क्षेत्रमा विशाल मेला लाग्ने गर्दछ ।

ढुङ्गेसाँघुको मेला

सुन्दर नगरी पोखरा महानगरपालिकाको वडा नं १५ र १७ जोडीने सेति नदिमा बनेको ढुङ्गेसाँघु पुलको नामबाट परिचित यस स्थानमा माघे सक्रान्तीमा परापुर्व काल देखिनै मेला लाग्ने गरेको छ ।
ढुङ्गेसाँघुको मेला
त्यसैले यस मेलालाइ ढुङ्गेसाँघुको मेला भन्ने गरीन्छ । मेलाको इतिहाँसको सम्बन्धमा कुरा गर्दा बनबासको समयमा पुस महिनाको अन्तमा भगवान राम र सिता यस पुण्य भुमिमा आएर बास बस्नुभएको र त्यस दिन तरुल सखर खण्ड पकाएर राखी भोली पल्ट माघेसक्रान्तीको दिनमा सितामाताले यहाँ स्नान गरौँ भनि दुवै जना स्नान गरी अघिल्लो दिन पकाएको तरुल, सखरखण्ड र खुदो चिउरा खाएका थिए । सिता मातालाइ सवारी हुनु भन्दा पहिले यस स्थानमा केहि चिनो स्वरुप राख्न मन भएको र साथमा 
ढुङ्गेसाँघुको मेला
त्यस्तो केहि बस्तु नभएकाले भगवान रामले यहाँ पाइला राख भनि सिताको पाइलाको चिनो बनाइ दुवै जना प्रस्थान गर्नु भएको भन्ने किम्ब दन्ती रहेको छ । त्यसैले यस सीताका पाइला भएको स्थानलाइ सीतापाइला पनि भन्ने गरिन्छ । यसैका आधारमा माघे सक्रान्तीका दिन मानिसहरु यसै स्थानमा आइ स्नान गर्ने अनि तरुल सखरखण्ड र खुदो चिउरा ल्याइ खाने परम्परा बन्दै विस्तारै सामानहरुको खरिद विक्री गर्ने कार्यको शुरुवात भएर मेलाको प्रारम्भ भयो । यस मेलामा घरायसी सामान जस्तै डोका, नाम्ला, कुटो कोदालो, भकारी, मान्द्रो जस्ता समानहरुको खरिद विक्री हुने गर्दछ । मेलामा टाढा टाढा देखि विभिन्न जिल्लाका मानिसहरु मेला भर्न आउने तिर्थालुहरुको भिड रहन्छ । केहि दशक पहिले दिनमा र रातमा मेला लाग्ने गर्दथ्यो तर आजभोली माघ १ गतेको दिनमा मात्र मेला लाग्ने गरेको छ । यसै मेलामा आधारित "ढुङ्गेसाँघुको  मेलैमा भेट भएको बेलैमा..."  र "हाम्रो गाउँ, राम्रो गाउँ, ढुंगेसाँघु..." भन्ने गित नेपाल भरी नै लोकप्रिय मानिन्छ ।
महतगौँडा
महतगौँडा
यस स्थानलाइ पशुपालनको लागि प्रख्यात चरन स्थान मानीन्थ्यो । यहाँ बर्षाको समयमा वैदाम, मासबार, कास्कीकोट, हेमजा, जस्ता विभिन्न स्थानदेखी गाइबस्तु चरनका लागि छाड्ने गरिन्थ्यो । करिव १९० को दशक तिर पाल्पाका महतहरुको यस स्थानमा आगमन भयो, उनिहरु चार परिवार थिए । यहाँ उनिहरुले पनि पशुपालन गरेका थिए । उनीहरु खेतिपाती पनि गर्दथे तर उनिहरुको खेति भने गाइबस्तुले खाइदिने गर्दथ्यो । उनिहरु विभिन्न स्थानबाट आगमन हुने गाइबस्तुबाट खेति जोगाउन असर्मथ भएका थिए । उनिहरुले गाइबस्तुवाट खेति जोगाउनका लागि भिर पहरा फोडेर गाइबस्तु नियन्त्रण गर्न गौँडा बनाइ गाइबस्तु गौंडा तल पठाइ बार लागाएर खेति जोगाएका थिए । त्यसैले यस स्थानलाइ ढुङ्गेसाँघु भनिएता पनि पछि महतगौंडा भन्न थालिएको हो । 

महतगौँडा













इतिहाँस
यस क्षेत्रको इतिहाँसको सम्बन्धमा कुरा गर्दा सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको पुजा आराधना र संरक्षण गर्नका लागि विं. सं. १८६४ सालमा तत्कालिन महाराजाले गुठिको रुपमा केहि जमिन दान गरेको कुरा लिखितम रुपमा प्रमाण रहेको छ । पहिले पार्दिमा जमिनको सतहमा पानी बग्ने गर्दथ्यो । १९१० को दशक तिर नुवाकोटका मनिसहरु आएर माथिल्लो नहर (हाल छोरेपाटन) बनाएर खेती पाती गरेका थिए । उनिहरुले बैदाम देखि नहर बनाएर ल्याएका थिए । खोलाको आसपासका क्षेत्रहरुमा खेती पाती गर्ने र बर्षै पिच्छे नहरको क्षमता बढाइ खेती पाती विस्तार गर्ने गर्दथे भने पाल्पाका महतहरु अर्को तिर नहर बनाइ खेती गर्ने गर्दथे । त्यसैले त्यस महतहरुले खेती गरेकोे स्थानलाइ हालसम्म पनि पाल्पाली विरुवा भन्ने गरिन्छ । नहरको पानी विस्तार हुने क्रममा महत गौंडामा पनि खेति गर्न थालेका थिए । १९२० को दशकमा उक्त नहर वग्ने स्थान पार्दीमा भासिएर खोला बनेपछि पानी नहरमा आउन नसकेकोले उनिहरुको उप्जनीमा ह्रास भएको थियो ।  उनिहरुको परिवार संख्या ठुलो र छाडा बस्तुभाउ तथा सिचाइको अभावका कारणले उत्पादन कम भएकाले उनिहरु फोक्सीङ्गमा भएका भण्डारी समुदायका मानिसहरु संग अन्न सापटी लिन गएका थिए । सके अन्न फीर्ता गर्ने नसके पैसा दिने यदि त्यति पनि नसकेको खण्डमा घरमा आएर काम गर्दिने शर्त राखेका थिए । भण्डारीहरुले  आँफुसंग भण्डारण गरेर राखेको कोदो सापटी स्वरुप दिएका थिए । महतहरु तिन पटकसम्म अन्न सापटी लिन गएका थिए । उनिहरु सापटी रकम चुक्ता गर्न असर्मथ भएपछि यस स्थानमा रहन नसक्ने र आँफुलाइ बाटो खर्च आवस्यक रहेको भनि निवेदन गरी भएको सम्पत्ति जिम्मा लगाइ उनिहरु १९ को दशकमा पुन पाल्पा नै फर्केको भन्ने सुन्न पाइन्छ । 
त्यसपछि फोक्सीङ्गवाट चार जना भण्डारी परिवारहरुः मुखीया, झ्यापे, बाली र डाँडाघरे आएका थिए । उनिहरु आएको केहि वर्ष पछि रैचौरबाट माइला मगर र उनको परिवार पनि यहि स्थानमा बसोबास गर्न आएका थिए । करिव १९९२ तिर दोपहरेमा बसोबास गर्ने देवदत्त परिवारको गौचरनको रुपमा रहेको कृष्तीमा पहिरो गएपछि चरनयोग्य जमिन नास भएपछि देवदत्त भण्डारी उनका परिवारका साथमा गाइबस्तुहरु लिएर यस क्षेत्रमा प्रस्थान गरेका थिए । यहाँ उनि आफ्ना भण्डारी भाइहरु भएकाले गाइबस्तु पाल्नका लागि सहज भएकाले यस क्षेत्रमा बसोबास योग्य महशुस गरेका थिए । उनिले रु १०० ऋण लिएर जग्गा जमिन किनेका थिए ।

भण्डारीहरुले जग्गा खरिद विक्री गर्दा लेखापढि गरे बापत नेत्रपाणी कोइरालाका परिवारलाइ केहि जमिन प्रदान गरेका थिए । उक्त जमिनमा केहि समय बसोबास गरी कोइराला परिवारले आफ्ना कास्कीकोटका भान्जा धनराज सुवेदीलाइ प्रदान गरी आँफु पहिलेकै स्थान गणेशटोलमा गएका थिए ।

रत्नखर र दोपहरे माइत भएकी उनकी श्रीमती आफ्ना भाइहरुको आसपास भनेर रामघाटबाट बसाइ सरी यस स्थानमा आएका थिए । उनीहरुले चौरको छेउमा एउटा चौतारी बनाएका थिए । जस्लाइ रामघाटे चौतारी पनि भन्ने गरिन्छ । उनिहरुको सन्तान विस्तार हुन सकेको थिएन ।

महतगौंडामा पशुपालन प्रमुख पेशा थियो । बर्षामा खेति जोगाउन र आआफ्ना बस्तुभाउ चरनका लागि छाड्न सोतो बाट केहि घरलाइ गौंडा तिरको भाग छुट्याइएको थियो भने केहि घरलाइ बर्खे तहराको भाग छुट्याइएको थियो । उनिहरुको छुट्टै निकास भएकाले एक पट्टीको बस्तुभाउले अर्को पट्टीको खेति खाने सम्भावना निकै न्युन रहन्थ्यो । यसै चरन क्षेत्रको आधारमा जस्ले जता बस्तुभाउ चराउँछ त्यतै भंगेरको पुजा गर्ने र तिन तिन बर्षमा भेडो पुजा गर्ने भनि चलन बनाएका थिए ।
केहि बंश विस्तार

सोम भण्डारी गाउँका मुखिया भएका कारणले उनलाइ मुखिया भन्ने गरिन्थ्यो । उनका छोरा  दुर्गादत्त हुन । उनका दुइ छोरा थिए । जेठा छोराका ९ सन्तान मध्ये एक सन्तान धनन्जयको बंश विकास भइ ५ छोरा ५ छोरी भएका छन भने कान्छा छोरा देवदत्तका ६ छोरा ७ छोरी रहेका छन ।
महतगौंडाको सवैभन्दा अग्लो स्थानमा घर भएका कारणले जयस्वरलाइ डाडाँघरे भन्ने गरिन्थ्यो उनका एक छोरा चक्रपाणी बाट एक छोरा नरहरी छन । नरहरीका ५ छोरा ३ छोरी रहेका छन ।

शक्तिबल्लभको घरमा कमलको विरुवा रोपिएको थियो त्यसैले उनलाइ कमलघरे पनि भनेर बोलाइन्थ्यो । उनि बाँझीपोखरी देखि यस स्थानमा आएका थिए । उनका दुइ छोराहरु थिए । जेठा छोरा डण्डपाणीका १ छोरा १ छोरी छन भने कान्छाका ४ छोरा २ छोरी रहेका छन ।

झ्याँपेको सन्तानको रुपमा एक छोरा र एक छोरी भएता पनि उनिहरुवाट सन्तान हुन नसक्दा बंश विस्तार रोकिएको छ । झ्यापे कुष्ठरोगका कारण ज्यान गुमाएका थिए । बालि निशन्तान भएकोले उनको बंश विस्तार हुन सकेको थिएन ।

मगरहरुका दाजुभाइ मध्ये माइला भएकाले माइला मगर भन्ने गरिन्थ्यो । माइला मगरका ज्ञानबहादुर र दानबहादुर गरी दुइ सन्तान बाट बंश विस्तार भएको पाइन्छ ।

धेरैको नाम देवि देवताको रहने अनि एकै नाम दुवै जनाको हुने भएकाले दोपहरेबाट आगमन भएकाले देवदत्तलाइ देवदत्त (दोपहरे) भनि नामाकरण गरिएको थियो उनको ७ छोरा १ छोरी मध्ये जेठा छोरा बाट सन्तान विस्तार हुन नसकेको, माइला छोरा बर्मा गएको, साँइला छोरा बाट ४ छोरा १ छोरी भएका छन, काँइला छोराबाट ५ छोराहरु भए, राँइला छोरा बाट ४ छोरा ४ छोरी भएका छन, ठुलाकान्छाबाट एक छोरा र कान्छाबाट ६ छोरा १ छोरी गर्दै सन्तान विस्तार हुँदै गएका छन ।

वि.सं २०१६ सालमा डण्डपाणी भण्डारी तथा उनका परिवार बाँझीपोखरीबाट महतगौंडा आएका थिए । उनका १ छोरा ७ छोरी रहेका छन ।
वि.सं २०२२ सालमा टिकाराम भण्डारी आफ्ना परिवार सहित आएका थिए । उनका २ छोरा २ छोरी बाट सन्तान विस्तार भएको छ ।
पर्यटन र आर्थिक पक्ष
यस क्षेत्रमा पौराणिक महत्व बोकेको पवित्र तिर्थ स्थल सदाशिवजी हरिहर मन्दिर र सीताको पाइला भएको राम सिता मन्दिर रहेका छन । सेति नदि माथि बनेको प्राकृतिक पुल जसवाट गाडीहरु हिड्ने गर्दछन । यो संसारको अनौठो पुल अवलोकन गर्न स्वदेश तथा विदेशबाट पर्यटकहरु आउने गर्दछन । यहाँबाट माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृंखला, धौलागिरी र मनास्लु हिमालको मनोरम दृष्य देखिने भएकाले पनि यसको लोकप्रियता बढेको छ । हाल निर्माणधिन बन्जी जम्प र फन पार्कले पनि आगामी दिनमा थप पर्यटकहरु आर्कषण गर्ने अनुमान गरिएको छ ।
पार्दिमा १९९० सालमा बाँध बाध्ने कार्यक्रम सम्पन्न भयो । उक्त बाँध बनेपछि खेतिपाति राम्रो हुन थालेको थियो । फेरी २०१० सालमा बाँध भत्कीयो । र पुनः बाँध बनाउने कार्यक्रम सम्पन्न भयो । त्यो बाँध २०१३ सालमा निमार्ण सम्पन्न भयो । त्यो बाँध २०३१ साल सम्म टिकाउ भयो र त्यसपछि पुन बाँध भत्कीयो त्यसपछि भने ६ वर्ष पश्चात फेवा वाँध निमार्ण सम्पन्न भयो । बाँध बनाउने क्रममा महतगौंडाका बासिन्दाले श्रमदान गरी निमार्ण सम्पन्न गर्न सहयोग गरेका थिए ।  त्यस अन्तरालमा खेतिपाति नहुनाले र अग्नी क्षय हुनाले यहाँका वासीन्दाहरुको आर्थिक पक्षमा निकै प्रभाव पारेको थियो । यहाँका बासिन्दा उक्त समयमा उखु बदाम कोदो जस्ता बालिहरु लागाएर जिविका चलाएको पाइन्छ । हाल  विभिन्न सम्प्रदायका ब्यक्तिहरुको आगमन यस क्षेत्रमा भएको छ र बस्ती दिन प्रतिदिन घना बन्दै गइरहेको छ । 





स्रोत: पुजनिय हजुरवुवा चुडामणी भण्डारी