Thursday, 27 September 2018

जन्मदिन कसरी मनाउने

जन्मदिन

पृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति अनि समय जन्म समय । जन्म मितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो । सामान्यतया प्राणीको जिवनको शुरुवात जन्म अगावै भ्रुण अवस्थाबाट नै हुने गर्दछ तर उसको जिवन चक्र उसको जन्म देखि शुरु हुने भएकाले जन्ममितिलाइ नै शुरुवातको दिन मानिन्छ । 

कतिपयलाइ आफ्नो जन्ममिति यै हो भन्ने कुरा एकिन नहुन सक्छ  तर जन्ममिति एकिन हुन आवस्यक छ । जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । सामान्य गोरु किन्दा त मान्छेले कति उमेरको हो भनि अनुमान लगाइ उमेरकै आधारमा  मुल्य समायोजन गरी खरिद विक्री गर्छन, त्यस्तै एउटा रुख पनि उसको उमेरकै आधारमा कलिलो वा बलियो काठ भनि अनुमान लगाउँछन भने मानव जिवनमा त यसको झनै ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ । त्यसैले आफ्नो जन्म मिति जान्न आवस्यक छ । 

विशेषगरी जन्मदिन नेपाली पात्रो, अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा बन्दै आएको छ तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु सर्वोत्तम मानिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्म दिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ । ग्रहहरुको उच्च सकारात्मक प्रभावका कारण एक कुशल शिशुको जन्म भएको हुन्छ । त्यस तिथीमा नक्षेत्र, तथा अधिकाशँ ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम रहेको छ । 

जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि सम्भव भएमा तोरीको तेल राखेर बालिने दियोमा बत्ति बाल्नुहोस् र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहोस् । यदि त्यस्तो दियोको व्यवस्था नभएमा कम्तिमा एउटा मैनबत्ति बाल्नुहोस र उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहोस् । कार्यक्रम अन्त्य सम्म बत्ति ननिभाउनु होस । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ,  कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।

आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । त्यसले उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ । जसले उक्त व्यक्तिमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने हुन्छ । साथै, केटाकेटी बेलैदेखि यस्तो बानी बसालिदिएमा उनीहरुमा आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने रहेछ भन्ने संस्कारको विकास हुन पाउँछ । 

खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ । 

आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नुहोस् । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ । जसले गर्दा बालबालिका ती काममा अघि बढ्न उत्प्रेरित भईरहुन । यसले उनीहरुमा पछि व्यवहारिक जीवनमा पुग्दा अँगालेको पेशा ब्यवसायमा पनि अठोट गर्न र त्यसलाई पूरा गर्न मद्धत पुर्याउने छ । त्यस्ता बालबालिकको कार्यसम्पादन क्षमता उच्च रहने छ । 

बालबालिकालाई केही बोल्न दिऔं जन्मोत्सव मनाउँदा जन्मदिन परेको बालबालिका वा व्यक्तिलाई उपस्थितहरु माझ केही बोल्न दिनुहोस् । 

खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन । मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । त्यसमा अष्टचिरञ्जीवीको पूजा गर्नेदेखि निश्चित विधि तय गरिएको छ । त्यसो गर्न सकेमा बालबालिकामा आफनो संस्कार अवलम्बन गर्ने बानी पनि बस्दछ भने संस्कृतिको सम्बद्र्धन पनि हुन्छ । साथै, ब्राम्हणद्धारा मन्त्रोच्चारण गर्दा समग्रमा घरमा शान्ति मिल्नेदेखि दैविक शक्तिको संचार हुने सुअवसर प्राप्त हुन्छ ।

जन्मदिन कसरी मनाउने ।

१. जसको जन्मदिन मनाउन पर्ने हुन्छ उसले सवेरै उठेर स्नान गर्नु पर्छ ।
२. प्रात कालको नित्य कर्म गरेर, देव अर्चन, देवालय तथा मन्दिर दर्शन गरी दीप प्रज्ज्वलन, कलस पुजन,         हवन आदि गरेर बालबालिकालाइ तिलक (टिका) लगाइदिने ।
३. दानको संकल्प( उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ । अत सामर्थ्य अनुसार दान दिने परम्परा     बसाल्ने । यसका लागि बिपन्न वर्गका, अभिभावक नभएका बाल बालिकाहरुको सनहायताका लागि   चलाइएका बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान दिन     सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ।
४. वृक्षरोपण (जन्मदिवसमा एक भन्दा अधिक बिरुवा रोपेर वर्सभरि (राम्रो गरि हुर्किए सम्म) त्यसको संरक्षण   गर्ने संकल्प लिने।
५. आशिर्वाद (आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार   गर्ने।)
६. अबको एक वर्षमा केही राम्रा गुणहरु, जस्तै ( सेवा, सत्य, मिठो बोल्ने, सुद्धता, सभ्य, आचरण जस्ता       गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने संकल्प लिएर त्यसको अभ्यास गर्ने ।
७. जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।
८. जन्मदिनमा सात्विक भोजन उत्तम रहन्छ । 

Saturday, 22 September 2018

सोह्र श्राद्ध

श्राद्ध

जिवित अवस्थामा माता पिताको गरिने सेवा जस्तै मृत्यु पश्चात पनि पितृहरुको सेवा गर्नु सनातन धर्ममा सन्ततीहरुको कर्तव्य मानिन्छ । पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । यो प्रियजन (आफन्त) को मृत्यु भएको तिथिलाइ मान्ने गरिन्छ । यस दिन आफ्ना आफन्त मृत आत्माहरुलाइ श्रदा पुर्वक स्मरण गर्ने र सम्मान अर्पण गर्ने गरिन्छ, घरमा ब्राहम्ण बोलाइन्छ र पुजा गरिन्छ अनि ब्राहम्ण लाइ भोजन गराइ पिण्डदान दिने गरिन्छ । पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध हो । यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस बिपरित पार्वण (सोह्र श्राद्ध) मा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीन पुस्तालाई पिण्ड दिइन्छ  । विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामालगायतलाई पिण्ड दिने पनि गरिन्छ । श्राद्धको शुरुवातको कुरा गर्दा पितृको श्राद्ध सबैभन्दा पहिले भगवान बिष्णुजीले, त्यसपछि ब्रह्माजीले, त्यसपछि दत्तात्रेयका छोरा निमिले अनि त्यसपछि हिन्दु अरुहरुले गरेको पाइन्छ र आजकल श्राद्धको महिमा बुझेका सवैले श्राद्ध गरेको पाइन्छ ।

सोह्र श्राद्ध

आस्वीन कृष्ण  पक्षका १५ वटा तिथिहरुलाइ सोह्र श्राद्ध भनिन्छ । यसलाइ पितृ पक्ष पनि भनिन्छ । यस अन्तरालमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई  (पार्वण) सोह्र श्राद्ध भनिन्छ । यी तिथिहरुमा पितृलाइ तृप्त पार्नू पर्छ भन्ने मान्यता अनुसार आफ्ना वुवा आमाको मृत्यु तिथिमा श्राद्ध गर्ने चलन रहेको छ । समान्य तया श्राद्ध गर्दा वुवाको मृत्यु तिथिमा गर्ने गरिन्छ तर  सोह्रश्राद्धमा श्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजुर) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना आफन्तजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

विधीहरु

पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्ष भरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधि भर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ। एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको (शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ। पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

श्राद्धका आवस्यक ७ बस्तुहरु

कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

श्राद्ध मन्त्र

ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।

श्राद्धमा गर्न नहुने काम

श्राद्ध गर्दा मन मस्तिस्क देखी नै शुद्ध भइ, गुप्त रूपमा गर्नुपर्छ । दिर्घ उपयोगि बस्तुहरु जस्तै घर जग्गा गर गहना पशु पन्छी किनमेल गर्न अशुभ मानिन्छ  भने सो दिन सात्विक भोजन नै शुभ रहन्छ । श्राद्धको दिनमा खन्न जोत्न, दाउरा काट्न र नाचगानका कार्यक्रम गर्नु अशुभ मानिन्छ, पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु ।  भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषेद छ । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन, उक्त दिन एक छाके को दिनमा शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।

श्राद्ध गर्ने स्थान, दिशा र समय

श्राद्ध गर्नको लागि सवैभन्दा उपयुक्त स्थान स्व: गृह नै मानिएको छ, । श्राद्ध गर्दा घरको छत, कौशी, बार्दली, पहिलो तल्ला मा गर्न अशुभ मानिन्छ भुइंतलामा मात्र श्राद्धको गर्नु उत्तम मानिएको छ । स्व: गृह भन्दा बाहिर भाडामा वा अरुको घरमा बस्नेहरुले कुनै नदि तथा धार्मिक स्थलमा गइ श्राद्ध गरि तर्पण दिनु उपयुक्त मानिएको छ । देवस्थल, नदि, मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृह मालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । सुर्य दक्षिणय भएको बेला सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन्  भन्ने विश्वास  रहि आएको छ । त्यसैले दक्षिण दिशा फर्केर श्राद्ध गर्नु उत्तम मनिएको छ ।


पिण्डदान

पिण्डदान श्राद्धको मुख्य कार्य हो । पिण्ड गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लो हो । पिण्ड  त्यस्तो वस्तु हो जुन् अग्नौकरण (होम) गरी शेष रहेको श्राद्धपाक र पितृस्वरुप आमन्त्रित ब्राह्मण भोजन शेषबाट निर्मित डल्लो वस्तु हो । श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने  श्राद्धमा पिण्डदान गर्न हुँदैन ।

खानपिन तथा पाहुना
श्राद्धमा श्राद्ध भन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई एकछाके भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन । श्राद्धकार्य समापन भएपछि ब्राहमणलाइ भोजन गराएपछि काग लाइ भोजन दिइ श्राद्धमा बोलाइएका पाहुना र आँफुले खाना खाने चलन पनि रहि आएको छ ।


-अर्जुन भण्डारी

Friday, 21 September 2018

फरक पुस्ता

समयको अन्तराल संगै सवैको चाल चलन, रहन सहन बेग्लै बन्दै गएको छ । पुस्ता अनुसार आफ्नै फरक फरक कार्यशैली छ । बावु छोराको पुस्तामा नै विविध भिन्नता पाइन्छ । एक पुस्ताको कुरा अर्काे पुस्तामा नौलो बन्दै गएको छ । 

मेरो हजुर-वुवा 


मेरो हजुरवुवा परिवारलाइ निकै माया गर्नु हुन्थ्यो । परिवार निकै ठुलो थियो । छोरा, बुहारी, नाति-नातिना, पत्नीहरु सवैको विशेष ख्याल राख्नुहुन्थ्यो । उहाँ प्राय घर परिवारमै हुनु हुन्थ्यो उहालाइँ समय छुट्याउनका लागि खासै शनिवार नै आउनु पर्दैन थ्यो । सामाजिक काम मा उहाँ निकै अग्रसर रहनु हुन्थ्यो । समाजमा अ‍ैंचो पैंचो, अर्म पर्म गर्ने एक अर्कामा सहयोग निकै थियो । घरको दैलोमा तात्चा लगाउने चलन थिएन । उहाँ परिवारका सम्पुर्ण सदस्यहरुलाइ आफ्नो साथमा भएको रुचाउनु हुन्थ्यो । परिवार संग खेतको काम गर्ने उहाँको दिन चर्या रहन्थ्यो । गाइ गोरु गोठमा हुन्थे, उनिहरुलाइ चौरमा फुकाइन्थ्यो । नाति नातिनाहरु उहाँसंग खेल्न विशेष रुचि राख्थ्यौँ । उहाँ आँफु संगै नातिनातिनीलाइ खुवाउदै खाना खानु हुन्थ्यो सुत्नेबेलामा कथा सुनाउनु हुन्थ्यो  । उहाँ परिवारलाइ निर्देशन गर्नुहुन्थ्यो, उहाँको निर्देशन सम्पुर्णमा स्वीकार्य थियो । 


मेरो वुवा

मेरो वुवा पनि परिवारलाइ निकै माया गर्नुहुन्छ । उहाँ परिवारकै निम्ती आयआर्जन गर्नका लागि घर भन्दा टाढा जागिर गर्नुुहुन्छ । उहाँ शनिवार घरमा आउनु हुन्छ र चाड पर्वहरुमा पनि । उहाँ आउनुभएको बेला भेटघाटमा ब्यस्त हुनुहुन्छ । उहाँ घरमा हुँदा विशेष खुुसीयाली हुन्छ । अहिले हामी घरमा पहिले हजुरवुवाको पालामा भन्दा संख्यामा थोरै छौँ । काकाकाकी ठुलो वा ठुलीआमा हरु पनि आफ्नै पेशामा तल्लीन हुनुहुन्छ । बुवा घरमा भएको दिन खाना खाने बेलामा सवै संगै खाना खाने गर्छौं ।



मेरो दाइ 


मेरो दाइ पनि परिवारलाइ निकै माया गर्नुहुन्छ । उहाँ घर परिवारलाइ खुसी र सुखी राख्नका लागि विदेशिनु भएको छ । उहाँ ४/५ वर्षमा घरमा आउनु हुन्छ । एक दिन ससुराली, भाउजुको सपिङ्ग, छोराको सपिङ्ग, एक दिन साथीहरु संग पार्टी, अनि काठमाण्डौ श्रमकार्यलय भन्दै उहाँको विदाका दिनहरु सकिन्छन । उहाँ आउँदा घरमा निकै रमाइलो हुन्छ, जाने वेलामा भने रुवावासी । उहाँलाइ शनिवार र चाडपर्व पनि निकै लामो समय पछि आउँछ । दादा घरमा आएको बेला कहिले साथिकोमा खाएर आउनुहुन्छ कहिले बाहिरै खाएर आउनुहुन्छ । सवै परिवार संगै खाने समय मिल्दैन । भाउजु अपिस जानु पर्ने भएकाले आँफु खाएर दाइलाइ खाना राखी जानुहून्छ ।  


मेरो दाइको छोरो 


मेरो दाइको छोरो भविष्य उज्वल बनाउनका लागि स्कुल जान्छ । सानो केटो स्कुल जानका निम्ती भारी भएको झोला सकि नसकि बोक्छ, आउँछ अनि होम र्वक गर्छ । उ आजभोली स्कुलको होस्टेलमै बस्छ शनिवार घरमा आउँछ । उ घरमा आएपछि टि भी हेर्छ । उसको हातवाट रिर्मोट टाढा रहन सक्दैन । उ एउटा कुनामा बस्छ अनि उ मोवाइलमा मग्नमस्त हुन्छ । उ घरबाट खासै बाहिर जाँदैन । सानैबाट गाडीको डर देखाएर उसलाइ बाटो सम्म एक्लै निस्कन पनि दिइएको छैन । उसका घर तिर साथिहरु नै नभएकोले पनि होला उ बाहिर भन्दा कोठामै रमाउँछ । उसलाइ खाना खाने समय नै पत्तो हुँदैन । उ थोरै खाना पनि गेमको  लेबल कम्पीलीट गरेपछि मात्र समय निकालेर खान्छ । 

Friday, 14 September 2018

ऐना

जव एक्लो महशुस गर्छु, उसलाइ हेर्न मन लाग्छ । अनि एस्सो उ तिर हेर्छु, म आँफुलाइ देख्छु, होइन त्यो म जे मैले देख्छु त्यो मेरो आकृति हो । एकछिन सोच्छु के म साच्चै यस्तै छु र ? आँफै सँग प्रश्न गर्छु । शुरुमा मेरो आँखा मेरो आकृतिको आँखामा पर्छ अनि विस्तारै अनुहारमा अनि अरु अरु भागमा । केही कमि भएको छ भने शुरुमा त्यसमै  पर्छ । म केहि क्षण मुस्कुराउने, रिसाउने, डराउने, लजाउने, आँखा घुमाउने, केहि टाढाबाट अनि केहि नजिकबाट अभिनय गर्छु, अनि हाँस्छु ।

उ मेरा लागि एउटा सिसा मात्र होइन मेरो सवै भन्दा मिल्ने साथि पनि हो । म उसलाइ कहिल्यै झुटबोल्न सक्दैन र उ संग कुरा लुकाउन पनि । उ मेरो सामु केहि शब्द निकाल्दैन बस् मेरो कुरा एकोहोरो सुनिदिन्छ । मैले उसको सहयोगले बाहिरी आवरण मात्र होइन मेरो भित्री सम्भावनाहरु पनि देख्न कोशिष गर्छु । मैले धेरै कुराहरु उ सामु पोखेको छु अनि उस्ले मलाइ जिवनका महत्वपुर्ण निर्णयहरुमा सहयोग गरेको छ । कसैसंग बोल्नु भन्दा अघि म उसंग बात मारेर मात्र बोल्ने गर्छु, बाहिर निस्कनु भन्दाअघि म उसंग  देखिएर सोधेर मात्र जान्छु । उसले मलाइ कसैसामु आफ्नो अभिब्यक्ति स्पष्ट राख्न सक्ने हौसला बढाउन मद्दत गर्छ । उसको अगाडी हुँदा मलाइ कसैले हेरी रहेको छ जस्तो लाग्छ तर त्यो म नै हो ।

केहिवेर पछि म एकोहोरिन्छु । विगतमा घटेका तितामिठा कुराहरु संग स्पर्ष गर्छु केहि बेर निराश हुन्छु अनि केहि बेर खुसी । जव म विगतका कुराहरु उ सामु खोल्छु म केहि दुखी हुन्छु, हालका कुराहरु खोल्छु खुसी हुन्छु अनि भविष्य अनुमान लगाउन खोज्छु, अतालीन्छु । बर्तमानमा सोच्दा दुखी छैन तर विभिन्न कुराहरु संग जुध्न मन लाग्छ मलाइ । वितेका घटना जुन परिर्वतन गर्न असम्भव छ त्यस्ता कुराहरु संग जोडिनु अनि प्राप्त नहुने कुराहरुमा आशावादी हुनु मानव स्वभाव नै रहेछ । म उ सामु त्यस्तै ब्यवहार प्रस्तुत गर्छु । म आँफुलाइ विभिन्न समयको अन्तरालमा देख्न चाहान्छु । म अहिले १० बर्ष पछिको म अनुमान लगाउन कोशिस गर्छु ।  अनि मेरो उद्धेश्य र लक्ष्य सम्झीन्छु अनि मेरो हालको लक्ष्य प्राप्तीका  लागि भएका प्रयास हरु सम्झीन्छु ।

केही समय पछि म आफ्नो विगतको म अनि हालको म मुल्याँकन गर्छु अनि मेरो जिम्मेवारीहरु एक एक केलाउन थाल्छु । अनि अरु संग तुलना गर्न पुग्छु । हालको मेरो अवस्था सम्झीन्छु । मेरा सवल पक्ष र दुर्वल पक्ष हरु केलाउन खोज्छु । अनि एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छु ।

उ सामु जे जति कुराहरु पोख्छु ती सवै मेरो आँफैका लागि हुने गर्छन । त्यो सीसा असल सिसा हो, असल मित्र हो जुन भित्र म अटाउन सक्छु ।

#ऐना र म 

Friday, 7 September 2018

मेरो राजनिती


म राजनितीको छेउ टुप्पो नजान्ने केटो दाइहरुको चौतारीमा बसेर हुने नेताहरुको गफ र उनिहरुले गरेको रातनैतिक विस्लेषणको आधारमा राजनैतिक शुरुवात गरेँ । मलाइ हृदय देखी मायाँ गर्नुहुने, सहयोग गर्नुहुने र सल्लाह सुझाव दिनुहुने दाजुको “क” पार्टिमा संग्लग्नता थियो । म स्कुलमा पढ्ने बालक जस्को मताधिकार नै छैन, उ घरमा गएर वावा आमासंग दाईहरुवाटै सुनेको आधारमा राजनैतिक कुरा गर्न थालेको थिएँ । त्यतिवेला “क” पार्टी निकै मन परेको थियो, त्यसका सकारात्मक पक्षहरु मलाइ केहिमात्रामा थाहा थियो । एक दुइजना अग्रजहरुले अन्य पार्टीको नराम्रा  पक्षको पनि कुरा गरेपछि त झन म एकोहोरो भएको थिएँ । अनि प्राय जसो केटाहरु “क” पार्टीकै समर्थक नै थिए । केहि समय पछि उक्त दाजुको “क” पार्टी संग मत भेद भयो अनि दाजुलाइ त्यो पार्टी मन परेन । केहि समय पछि उहाँ “ख” पर्टिमा प्रवेश गर्नुभयो । म अन्यौलमा परेँ । अब म कुन पार्टिको त ? 

कुन पार्टिको सिद्धान्त के छ मलाइ राम्ररी थाहा छैन अनि थाहा भएका पार्टीले पनि सिद्धान्तमा भएको एक कुरा कार्यक्रम अर्काे कुरा भएको छ । सिद्धान्त सवैको राम्रो काम कसैको सो अनुरुप देखिँदैन ।  बास्तबमा कुन पार्टि राम्रो ?

त्यसपछि म पनि “ख” पार्टिमै मानशिक रुपमा प्रवेश गरेँ । त्यो ठुला पार्टिहरु मध्येकै मा पर्थ्यो । मैले मताधिकार पनि प्राप्त गरेको थिएँ । अनि चुनावका कार्यक्रमहरुमा पनि सरिक भएँ । विपक्षी पार्टिका आफन्तहरु संंगको समीप्यता हराउँदै गएको थियो । उहाँहरुको म प्रतिको हेर्ने नजर वदलि भएको थियो कति बोल्न छाड्नु भएको थियो । दशौँ बर्ष देखि पार्टीमा आवद्ध भएका हरुसंग भेट भयो । उहाँहरु चुनावका कार्यक्रममा दिनहुँ आउने गर्थे । पार्टिकै गुनगान गाउँथे, जब उमेद्धारलाइ टिकट दिने दिन आयो तव उनिहरु टिकट नपाएकोमा आक्रोसित हुनुभयो, त्यसपछिको कार्यक्रममा उनिहरुको सहभागिता रहेन । अखिर किन ?

विभिन्न प्रलोभनमा मलाइ पार्टिको काममा खटाइयो । जव जितेपछि उहाँसंगको मेरो सामिप्यता विजय र्याली सम्म रहयो । मैले उहाँले देखाएको प्रलोभनको सपना बोकी उहाँ सम्म गएँ तर उहाँ आफ्नो कामको मात्र कुरा गर्नु हुन्थ्यो । मेरो कामको सुरसार नदेखे पछि म उहाँकोमा जान छोडेँ । उहाँ सत्ता टिकाउन सहयोग  गर्नेलाइ आफ्नो भन्न थाल्नु भएको रहेछ । आखिर यो के हो ? ?

उहाँलाइ अकै तनाव थियो । उहाँ सत्ता धान्नमा ब्यस्त हुनु हुन्थ्यो ।  कुर्ची ढल्ने सम्भावना बारम्बार आइ रहन्थ्यो र उहाँ कुर्ची नढलोस भनेर वेला बेलामा चिहाइरहनु हुन्थ्यो । उहाँलाइ ध्यान कुर्ची धान्न र त्यसैको स्याहारमा थियो । उहाँले म लगाएत जनतालाइ देखाएको प्रलोभन भुलिसक्नु भएको थियो । उहाँहरुलाइ विकाशको बारेमा सोच्ने समय नै छैन, यस्तो लाग्छ विकास त हुँदैन यदि कतै भएको छ भने त्यो झुक्केर भएको छ । विभिन्न नाम चलेका नेताहरु घैला भर्न लाग्नु भएको छ वेला बेलामा समाचारमा आइरहन्छ, उहाँहरुलाइ पनि मिडियाको मुखमा बुझो लगाउनै हम्मे हम्मे छ । अव कस्को विश्वास गर्ने ?

समग्रमा सवैको कुरा वुझ्दा राजनिति सर्मथन भनेको  आफन्त र सामथ्र्यमा हुने रहेछ । जो आफ्नो नजिकको लाग्छ उसैलाइ सर्मथन गर्ने रहेछ ।  राजनैतिक विवाद गर्नु अनि आफन्तमा मतभेद गर्नु पनि उचित होइन रहेछ । नेतामा देश भक्ति नदेख्दा सवैमा उत्साह छैन । 

#do_something_leaders


Wednesday, 5 September 2018

उनको यो तीज


पोहोर पाखुरीमा जन्तर लगाउनेले यो पाली छडेको तिलरी लाएकी छिन
हीजो मेरो घर भन्ने उनि आज त्यसैलाइ माइत भन्दै धाएकी छिन

अस्ती तिजमा ममि माइत जाँदा भाँडा धुनु पर्नै उनलाइ
आज  माइतमै पाहुना बनि ममिले पकाको दर खाएकी छिन

हिजो विना कसैको नाम वर्त बस्ने उनि
आज आफ्नै पतिको नाममा भजन गाएकी छिन

हिजो बाबुको थरमा चल्ने
आज आफ्नै खास थर पाएकी छिन

गाजलुले मात्र पनि सुहाँथ्यो कत्ति उनलाइ
आज सारी लगाइ आँफुलाइ अत्ति सुन्दरी देखाएकी छिन


#तीजको शुभकामना