Saturday, 30 August 2025

हरिचौरमा ATM Machine उद्घाटन सम्पन्न

नेपाल बैंक लिमिटेड गल्कोट शाखाको मातहतमा रहनेगरी गल्कोट नगरपालिका वडा नं. ५, हरिचौर स्थीत गल्कोट नगर अस्पतालको परिसरमा आज मिति २०८२ भाद्र १४ गते विधिवत रुपमा संचालनमा आएको छ । कार्यक्रमको अध्यक्षता नेपाल बैंक गल्कोट शाखाका शाखा प्रबन्धक श्री अर्जुन भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि गल्कोट नगरपालिकाका उपमेयर श्री फमलाल निउरे, विशेष अतिथि गल्कोट वडा ५ का वडाध्यक्ष श्री पवन हमाल, गल्कोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडल र अतिथिहरु इलाका प्रहरी कार्यालय, गल्कोटका प्रहरी निरिक्षक देवराज काफ्ले, पृथ्वी मा.वि.का प्रधानाध्यापक श्री शेर बहादुर थापा, समाजसेवी टिका बहादुर खत्री, लाल बहादुर खत्री, पुर्ण बहादुर काउचा लगायत यस क्षेत्रका समाजसेवीहरु रहनुभएको थियो । कार्यक्रम शाखाका सहायक शाखा प्रबन्धक श्री पुजा पुरीले संचालन गर्नुभएको थियो भने खजाञ्ची श्री देवराज जैशीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा वडाध्यक्ष हमालले आफ्नो मन्तव्य राख्दै यस क्षेत्रमा नेपाल बैंकसंग घनिष्ट सम्बन्ध रहेको कुरा ब्यक्त गर्नुभयो, डा. पौडेलले मन्तब्य राख्दै यस क्षेत्रमा बैंकको महत्व र बैंकले पुराएको योगदानको चर्चा गर्नुभयो, प्रहरी निरिक्षक काफ्लेले आफ्नो मन्तव्य राख्दै यस क्षेत्रको सुरक्षा र बैंकिङ्ग क्षेत्रमा यसको आवश्यकताको चर्चा गर्नुभयो । साथै कार्यक्रमका प्रमुख अतिथि उपमेयर निउरेले यस क्षेत्रमा बैंकको उपस्थिति र यसको विकासक्रम उल्लेख गर्दै बैंकले ए.टि.एम. सेवा सुरु गरेकोमा खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

उक्त ए.टि.एम. उपमेयर निउरेले रिवन काटी ए.टि.एम. मेसिनवाट कारोबार गरी उद्धघाटन गर्नुभएको थियो ।
अन्तमा, कार्यक्रमका अध्यक्ष शाखा प्रबन्धक भण्डारीले यस क्षेत्रमा सेवा प्रवाह गर्न पाएकोमा खुसी ब्यक्त गर्दै ए.टि.एम. बुथ निमार्णकर्ता लगायत यस क्षेत्रका महानुभाव तथा संघसंस्थाले गरेको सहयोगको चर्चा गदैै आभार ब्यक्त गर्नुभयो साथै नेपाल बैंक संग ढुक्कसंग विश्वस्त भएर कारोबार गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।
फोटो फिचर