सामान्य जनतालाई करिव १०० प्रतिशत मुद्रा स्फीती भएको अनुभुति हुँदा सरकारी निकायवाट दश प्रतिशत भन्दा कम भएको कुरा प्रकाशन गरिन्छ । के कारणले यस्तो हुन्छ भन्ने सन्दर्भमा कुरा गर्दा सरकारी निकायवाट मुद्रा स्फीति मापन गर्दा कुनै बस्तु तथा सेवाको मुल्यमा मात्र भएको परिर्वतनलाई समावेश गरि गरिन्छ । तर बास्तवमा त्यतिले मात्र नपुग्ने हो कि ?
बास्तवमा अनुभुति अनुसारको मुद्रा स्फीति मापन गर्नको लागि प्राविधिक परिर्वतनलाई पनि समावेश गर्नु पर्ने हुन्छ । किन भने प्राविधिक परिर्वतनले पनि मुद्रा स्फीतिलाइ प्रत्यक्ष प्रभावित गर्दछ । उदाहरणको लागि सरकारी क्षेत्रवाट मुद्रा स्फीतिको गणना गर्दा कुनै नोकिया ११०० मोडलको फोन सुरुवातमा निष्कासन गर्दा रु १०००० भन्दा बढि मुल्य थियो, प्राविधिक परिर्वतन हुँदै जाँदा अन्य विभिन्न मोडलका सुविधा सम्पन्न फोनको विकास हुँदै जाँदा हाल नोकिया ११०० मोडलको फोन १००० पनि नपर्ने अवस्था आयो । तर सुविधाको उपयोग गर्ने बहानामा बास्तविक फोनको खर्च झन बढ्दै गएको छ । अर्काे उदाहरण, कुनै ब्लाक एण्ड ह्वाइट टि भी कुनै बेला करिव ५०००० पर्ने गथ्र्यो तर आजभोलि सोहि टि भीको मुल्य करिव ३००० पुगेको छ । तर टि भीमा भएको प्राविधिक परिर्वतनले विभिन्न सुविधा सम्पन्न भएको हुँदा हाल २००००० सम्म पर्न जान्छ । तर यसरी मुल्य घटेको देखिएता पनि बास्तबमा ब्यक्तिको खर्च बढ्दो रहेको छ । त्यसैले मुद्रा स्फीति गणना गर्दा प्राविधिक परिर्वतनदरलाई पनि समावेश गर्नु आवस्यक हुन्छ ।
अन्तमा, मुद्रास्फीति गणना गर्दा ब्यक्तिको खर्चमा भएको परिर्वतनबाट गणना गर्दा बास्तविक मुद्रा स्फीतिदर प्राप्त हुन्छ । त्यसैले
Inflation rate = Change in personal expenses/ Total base year expenses *100
सरकारी निकायवाट मुद्रा स्फीतिको गणना गर्दा प्राविधिक परिर्वतनलाई पनि समावेश गरि गणना गरिएमा प्रभावकारी मानिन्छ । परम्परागत विधि भन्दा कुल ब्यक्तिगत खर्च, कुल पारिवारिक खर्च तथा कुल सरकारी खर्चमा भएको परिर्वतनलाई समावेश गर्नु आवस्यक छ ।