के अर्थतन्त्र राष्ट्र बैँकको मात्र हो ? अनि हामिले आफ्नो पैसा खर्च गरेर आयातमा निर्भर ब्यापार तथा उपभोग गर्न नपाउने रु कहिले सम्म यस्ता प्रतिवन्ध लगाउने ? विलासीताका बस्तु ! के साँच्चै नेपालीले विलासी जीवन विताएका छन त ? अनि आफ्नो खरिद गर्न पाउने उपभोक्ता अधिकार खै ? कहिले सम्म अर्थतन्त्र जोगाउनका लागि उपभोग नगरी बस्ने त ? आयात रोक्नु दिर्घकालिन समाधान हो त ? के यसरी नै हो त विदेशी मुद्राको संचीती बढाउने ?
राष्ट्र बैँकले मात्र यसरी लागि परिरहेको अबस्थामा अन्य सरकारी निकायको जिम्मेवारी खै ? अर्थमन्त्रालय, योजना आयोग, उद्योग वाणिज्य मन्त्रालय जस्ता निकाय खै ? कि यी निकाय विच सम्बन्ध । समन्वय नै छैन ? सरकारसंग भएको १०० अर्व कहिले खर्च गरी बजारमा ल्याउने ?
आयात बढ्नु, निर्यात पनि आयातमा निर्भर हुनु, बजारमा तरलता नहुनु, विदेशी विनिमय संचीतीमा कमि हुँदै जानु जस्ता विषय हालका समस्या हुन । यी समस्याहरु समाधान गर्नका लागि राष्ट्र बैँकवाट मात्र नभइ सम्बन्धीत सवै निकायहरुवाट पहल हुनु आवस्यक छ । दिर्घकालिन उत्पादनलाई थाँति राखि अल्पकालिन उत्पादनलाई जोड दिन सकिन्छ । उदाहरणको लागि तरकारीको रुपमा प्रयोग गरिने साग २०/२५ दिनमा उपभोग योग्य बनाउन सकिन्छ । सागमा त हामी २०.२५ दिनमै आत्मनिर्भर हुन सक्ने रहेछौँ । यस्तै अल्पकालिन उत्पादनका क्षेत्र पहिचान गरि उत्पादनमा जोड दिइ आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिँदा नेपाललाई मात्र होइन हाल श्रीलंकालाई पनि हालको समस्या टार्न सहयोग पुग्ने देखिन्छ ।
अर्को उदाहरणः मेरो घरमा विभिन्न सामानहरु विक्री गर्नका लागि घरमै आउँछन तर घरको उत्पादन खरिद गर्न कोहि पनि आउँदैन । यसरी नै खरिदमुखी बजारको मात्र उपस्थीतीले आयात बढाएको देखिन्छ । छिमेकमा भएको उत्पादन मेरो घरसम्म र मेरो घरमा भएको उत्पादन छिमेकी सम्म पुर्याउने माध्यम छैन बरु बारी मै कुहिन्छन अथवा घरमै विग्रन्छ, त्यसैले आयात बढेको छ । यसमा सरकारी पक्षवाट पहल हुन आवस्यक छ राष्ट्र बैँकले मात्र केहि गर्न सक्दैन।
यसरी एक निकायले मात्र अर्थतन्त्रको भार उठाइरहेको अवस्थामा सवै सम्बन्धीत निकाय, उद्योगी, ब्यासायी, उपभोक्ता, कृषक आदीले आफ्नो स्थानवाट उत्पादनमा जोड दिने र अनावस्यक आयात कम गर्ने तर्फ सम्वेदनशील हुन आवस्यक छ ।। यो आयात रोक्ने खेल खेलेर केहि समयको लागि थाम्ने भएतापनि दिर्घकालमा समाधान हुन सक्दैन ।अर्थतन्त्रका क्रियाकलाप उत्पादनमुखी नभएसम्म केहि हुनेवाला छैन । बरु यता जोड दिऔँ । मात्र मेरो दृष्टिकोण ।