Thursday, 15 September 2022

मुद्रा स्फीती

मुद्रा स्फीती भन्नाले सामान्य मुल्य स्तरमा भएको बृद्धी हो । अर्काे अर्थमा बस्तु तथा सेवाको मुल्यमा  भएको क्रमिक बृद्धी हो । मुद्रा स्फीतीको अबस्थामा बस्तु तथा सेवाको मुल्यमा बृद्धी भई मुद्राको क्रय क्षमतामा कमि आउने हुन्छ  । हाल नेपालमा उपभोक्ता मुल्य सुचकांक विधि, होल सेल मुल्य सुचकांक विधि, उत्पादक मुल्य सुचकांक विधि, ज्याला मुल्य सुचकांक विधि र GDP Deflator सुचकांक विधिद्धारा गणना गर्ने गरिन्छ । यी मापन विधीहरुले मापन गरेको मुल्य सुचकाँक कति सम्म विश्वसनिय छन भन्ने सन्र्दभमा कुरा गर्दा मुद्रा स्फीतिलाई प्रभावित गर्ने तत्वहरुको बारेमा विश्लेषण गरिनु आवस्यक हुन्छ । 

सामान्य जनतालाई करिव १०० प्रतिशत मुद्रा स्फीती भएको अनुभुति हुँदा सरकारी निकायवाट दश प्रतिशत भन्दा कम भएको कुरा प्रकाशन गरिन्छ । के कारणले यस्तो हुन्छ भन्ने सन्दर्भमा कुरा गर्दा सरकारी निकायवाट मुद्रा स्फीति मापन गर्दा कुनै बस्तु तथा सेवाको मुल्यमा मात्र भएको परिर्वतनलाई समावेश गरि गरिन्छ । तर बास्तवमा त्यतिले मात्र नपुग्ने हो कि ? 


बास्तवमा अनुभुति अनुसारको मुद्रा स्फीति मापन गर्नको लागि प्राविधिक परिर्वतनलाई  पनि समावेश गर्नु पर्ने हुन्छ । किन भने प्राविधिक परिर्वतनले पनि मुद्रा स्फीतिलाइ प्रत्यक्ष प्रभावित गर्दछ । उदाहरणको लागि सरकारी क्षेत्रवाट मुद्रा स्फीतिको गणना गर्दा कुनै  नोकिया  ११०० मोडलको फोन सुरुवातमा निष्कासन  गर्दा रु १०००० भन्दा बढि मुल्य थियो, प्राविधिक परिर्वतन हुँदै जाँदा अन्य विभिन्न मोडलका सुविधा सम्पन्न फोनको विकास हुँदै जाँदा हाल नोकिया  ११०० मोडलको फोन १००० पनि नपर्ने अवस्था आयो । तर सुविधाको उपयोग गर्ने बहानामा बास्तविक फोनको खर्च झन बढ्दै गएको छ । अर्काे उदाहरण, कुनै ब्लाक एण्ड ह्वाइट टि भी कुनै  बेला करिव ५०००० पर्ने गथ्र्यो तर आजभोलि सोहि टि भीको मुल्य करिव ३००० पुगेको छ । तर टि भीमा भएको प्राविधिक परिर्वतनले विभिन्न सुविधा सम्पन्न भएको हुँदा हाल २००००० सम्म पर्न जान्छ । तर यसरी मुल्य घटेको देखिएता पनि बास्तबमा ब्यक्तिको खर्च बढ्दो रहेको छ । त्यसैले मुद्रा स्फीति गणना  गर्दा प्राविधिक परिर्वतनदरलाई पनि समावेश गर्नु आवस्यक हुन्छ ।

अन्तमा, मुद्रास्फीति गणना गर्दा ब्यक्तिको खर्चमा भएको परिर्वतनबाट गणना गर्दा बास्तविक मुद्रा स्फीतिदर प्राप्त हुन्छ ।  त्यसैले 

Inflation rate = Change in personal expenses/ Total base year expenses *100

सरकारी निकायवाट मुद्रा स्फीतिको गणना गर्दा प्राविधिक परिर्वतनलाई पनि समावेश गरि गणना गरिएमा प्रभावकारी मानिन्छ । परम्परागत विधि भन्दा कुल ब्यक्तिगत खर्च, कुल पारिवारिक खर्च तथा कुल सरकारी खर्चमा भएको परिर्वतनलाई समावेश गर्नु आवस्यक छ ।

Wednesday, 20 July 2022

Logical Framework analysis

 लगफ्रेम

लगफ्रेम उद्देश्यमूलक आयोजना तर्जुमा तथा व्यवस्थापनका लागि एउटा विश्लेषणात्मक औजार  हो । यसले आयोजनाका उद्देश्यहरू पहिचान गर्न मद्दत गर्दछ र अनुगमन गर्न सकिने सूचकहरूको निर्धारण गर्दछ । साथै आयोजनाको क्षेत्रबाहिरबाट यसको सफलतामा पर्न सक्ने असरका बारेमा पुर्वानुमान गर्दछ र जोखिमहरूलाई पहिल्याउँछ अर्थात्, यसको मद्दतले आयोजनाले प्राप्त गर्न खोजेको लक्ष्यलाई सुरूमै पहिचान गर्न र त्यस्ता लक्ष्य प्राप्त भए–नभएको मापन गर्ने साधनहरूको सुरूमै विकास गर्न सकिन्छ ।

यी सबै कुराहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्ने लगफ्रेमको ढाँचा मुख्यतया ४/४ को एउटा म्याट्रिक्स (Matrix) मा आधारित हुन्छ । लगफ्रेम प्रयोग गर्ने विभिन्न दातृ निकायहरूले यसलाई फरक फरक नाम र छुटृाछुटैृ ढाँचामा प्रस्तुत गर्ने गरेको पाइन्छ । जाइकाले यसलाई Project Design matrix (PDM) भन्दछ भने GTZ  ले ZOPP भन्दछ । नेपाल सरकारका आयोजनाहरूका सन्दर्भमा एकरूपताका ल्याउने हिसावले लगफ्रेम (सोँच तालिका) भनिन्छ र राष्ट्रिय योजना आयोगले लगफ्रेमको निश्चित ढाँचा (तालिका १ मा दिइएको ढाँचा ) निर्धारण गरी लागू गरेको छ । तल तालिका १ मा दिएको ढाँचाले लगफ्रेमका माथि उल्लेख गरिएका सबै विशेषताहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्दछ । यसमा हरेक महल (Column) मा चार हरफहरू (Row) रहेका हुन्छन् । जसमा पहिलो महलमा उल्लेख भएका लक्ष्य, उद्देश्य, प्रतिफल तथा क्रियाकलापहरू हरेकका लागि दोस्रो, तेस्रो र चौथो महलमा क्रमशः अलग–अलग सूचकहरू, पुष्ट्याइँका स्रोतहरू तथा पूर्वानुमान तथा जोखिमहरूका लागि प्रावधान राखिएको हुन्छ ।

यसका महलहरूले लगानी, क्रियालकलाप, उद्देश्य र लक्ष्यहरूबीचको अन्तर–सम्बन्धलाई देखाउँछ र यसलाई ठाडो तर्क (Vertical logic) भनिन्छ । ढाँचामा रहेका पङक्तिहरू (Row) ले क्रियाकलापहरू तथा उपलब्धिहरू हासिल भए–नभएको हेर्ने सूचकहरू, तिनको पुष्ट्याइँका माध्यमहरू र पूर्वानुमान तथा जोखिमहरूलाई इङगित गर्छन् । यसलाई तेर्सो तर्क (Horizontal Logic) भनिन्छ । 



लगफ्रेम संरचनाका अङ्गहरू 


ठाडो तर्क

लक्ष्य 
लगफ्रेममा आयोजनाका उद्देश्यहरूका विभिन्न तह हुन्छन्, र लक्ष्य सबभन्दा माथिल्लो तहको उद्देश्य हो, जसको प्राप्तिमा आयोजना वा कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको हुन्छ । लक्ष्य आयोजनाको दीर्घकालमा देखिने प्रभाव हो र यस्तो लक्ष्य साधारणतयाः कुनै कार्यक्रम वा क्षेत्रको उद्देश्य हुन्छ । उदाहरणका लागि कृषि उत्पादनमा वृद्धि उद्देश्य हुन्छ भने कृषकको आयमा वृद्धि लक्ष्य हुन्छ ।
उद्देश्य
आयोजनाको तत्कालीन उद्देश्य (जसको प्राप्तिका लागि आयोजना सञ्चालन गरिएको
हुन्छ) लाई नै उद्देश्य  भनिन्छ । वास्तवमा यसले आयोजनाबाट प्राप्त गर्न खोजिएको निर्दिष्ट परिणाम ९च्भकगति० लाई जनाउँछ । आयोजनाको आधारभूत उद्देश्य सकभर एउटै हुनु उपयुक्त हुन्छ ।

प्रतिफल
आयोजनाका विभिन्न क्रियाकलापहरू तथा लगानीको व्यवस्थापनबाट हासिल गर्न खोजिएका खास–खास परिणामहरू नै आयोजनाका प्रतिफलहरू हुन् । प्रतिफल यस्ता परिणामहरू हुन् जसका लागि आयोजनाको व्यवस्थापन प्रत्यक्ष रूपमा जवाफदेही हुन्छ ।

क्रियाकलाप
आयोजनाले निर्दिष्ट गरेका प्रतिफलहरू प्राप्त गर्न सञ्चालन गरिने विभिन्न गतिविधिहरूलाई क्रियाकलाप भनिन्छ । यस्ता क्रियाकलापहरूको पहिचान र सूचिवद्ध गर्ने कार्य ज्यादै सावधानीपूर्वक गर्नुपर्दछ ।
लगानी
आयोजनाको प्रतिफल प्राप्त गर्न सञ्चालन गरिने क्रियाकलापहरूका लागि चाहिने आवश्यक साधन–स्रोतहरू यसका लगानी  हुन् । आयोजनाका लगानीहरू भन्नाले आवश्यक जनशक्ति, बजेट, सामग्री तथा सूचनाहरूलाई जनाउदछ । 


तेर्सो तर्क 

कार्य सम्पादन सूचकहरू 
 वस्तुगत रूपले पुष्ट्टयाइँ गर्न सकिने सूचकलाई कार्य सम्पादन सूचक पनि भनिन्छ । यसले परिमाण, गुण, समय र लागतका हिसाबले आयोजना सञ्चालनबाट अपेक्षित परिणाम प्राप्त भइरहेको वा नरहेको स्पष्ट रूपमा सङ्केत दिने आधारहरू प्रस्तुत गर्दछ । लगफ्रेमको ठाडो तर्कका हरेक तहको निमित्त छुट्टै सूचकहरू हुन्छन् , यसबाट के–कति प्रगति हासिल भयो र के–कति गर्न बाँकी छ भन्ने यकिन गर्न सकिन्छ र त्यसैअनुसार क्रियाकलापहरूलाई व्यबस्थित गर्न सकिन्छ । यसमा सूचकहरू मापन योग्य हुनुपर्ने कुरामा ध्यान दिनुपर्दछ र आधार अङ्क तथा लक्षित अङ्क र समय–सीमा स्पष्ट उल्लेख हुनुपर्दछ । जस्तै, २ वर्षमा प्रति हेक्टर उत्पादन १.८ मे.टनबाट ३ मे.टन पु¥याउने । 
पुष्ट्याइँका आधारहरू
यसले पूर्व निर्धारित सूचकहरूका आधारमा आयोजनाको सफलता वा असफलतालाई पुष्ट्याइँ गर्ने साधनलाई पहिले नै स्थापना गरिसकेको हुन्छ । यसमा प्रत्येक सूचकका लागि पुष्ट्याइँका उपयुक्त आधार पनि तोकिएको हुनुपर्दछ । यसका लागि आवश्यक तथ्याङ्क वा सूचनाहरू कहाँबाट प्राप्त हुन्छ र त्यसका स्रोतहरू के हुन्, स्पष्ट हुनुपर्दछ । यो आयोजनाको अनुगमन तथा मूल्याङ्कनसँंग सम्बन्धित छ।

पूर्वानुमान 
यी यस्ता बाह्य तत्वहरू हुन्, जो आयोजनाको प्रगति र सफलताको लागि अनिवार्य सर्तका रूपमा रहन्छन् । आयोजना तर्जुमा गर्दा नै आयोजना कार्यान्वयनको सम्पूर्ण अवधिभर एउटा खास किसिमको प्राकृतिक, राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय अवस्था विद्यमान रहनेछ भन्ने अनुमान गरिएको हुन्छ । यस्ता पूर्वानुमानहरू आयोजनाको नियन्त्रणभन्दा बाहिर हुन्छन् । यदि यस्ता पूर्वानुमान गरिएको स्थितिमा कुनै पनि बाह्य कारणहरूले कुनै परिवर्तन हुन्छ र यो आयोजनाको नियन्त्रणभन्दा बाहिर भएमा यसले आयोजनालाई प्रतिकूल असर पार्न सक्छ र अपेक्षित परिणाम प्राप्त नहुन सक्छ । यस्तो अवस्थामा सुरूमा गरिएका यी अनुमानहरू आयोजनाको सफलतामा बाधा पु¥याउने जोखिम  हुन पुग्छन् । आयोजनाको लक्ष्य हासिल हुने–नहुने कुरा पूर्वानुमानहरू सही साबित भए–भएनन् भन्नेमा निर्भर गर्दछ । लगफ्रेममा पूर्वानुमानलाई उल्लेख गर्दा यसलाई सकारात्मक स्थितिका रूपमा उल्लेख गर्नुपर्दछ । 

लगफ्रेमका चरणहरु 
लगफ्रेमको प्रयोगबाट आयोजनाको ढाँचा तयार पार्ने कार्य यसका विभिन्न तहका उद्देश्यहरु बीचको कारण–
असरको अन्तरसम्बन्ध स्थापित गराउने सामूहिक अभ्यासको परिणति हो । यसको लागि मुख्यतः निम्न
चरणहरुका अभ्यास पार गर्नुपर्दछः–

आयोजनामा सरोकार राख्ने व्यक्ति वा समूहको बिश्लेषण 
आयोजना कार्यक्रमका सरोकारवाला (आयोजनास्थलका स्थानीय जनता, लाभान्वित हुने वर्ग, कार्यान्वयन गर्ने निकाय, सहयोगी निकायहरु आदि) हरुसंग तत् क्षेत्रसंग सम्वन्धित आवश्यकता तथा समसामयिक समस्याहरुका वारेमा विस्तृत छलफल गरिन्छ । 
समस्या बिश्लेषण 
सरोकारवालाहरुसंगको छलफलबाट प्रस्तुत हुन आएका विभिन्न समस्याहरु बीचको कारण र असर हरुलाई वृक्षको रुपमा राखी समस्याको विश्लेषण गरिन्छ । हरेक समस्याका कारण हुन्छन भने त्यस समस्याबाट परेको असरहरु पनि स्पष्टसंग देखिन्छ । समस्याको कारण र असर भएको एउटा समस्याको वृक्ष वनाईन्छ ।
उद्देश्यहरुको बिश्लेषण 
समस्याको वृक्षमा औल्याइएका विभिन्न समस्याहरु समाधानको लागि गरिने कार्यहरु र त्यसबाट पर्ने प्रभावहरुलाई वृक्षको रुपमा देखाइन्छ । सजिलोसंग वुझ्नको लागि समस्याको विश्लेषणमा भएको समस्याको वृक्ष मा प्रस्तुत गरिएको नकारात्मक विवरण  लाई सकारात्मक विवरणमा राखी प्रस्तुत गरिन्छ । यस विश्लेषण प्रणालीमा साधन र साध्य को स्पष्ट सम्वन्ध देखिई अन्त्यमा उद्देश्यको वृक्ष वनाईन्छ ।
विकल्पहरुको बिश्लेषण 
समस्या समाधान गर्ने उपायहरु धेरै हुन सक्दछन् तर समय, क्षेत्र, पूँजीको उपलव्धता तथा अन्य परिस्थितिको आधारमा कहिलेकाँही केही समस्याहरु समाधान गर्न एउटा आयोजनाले मात्र नसक्ने अवस्थामा विभिन्न उपायहरुमध्येको उपयुक्त विकल्प छानी त्यसैलाई आयोजनाकोरुपमा छनौट गरिन्छ । यस चरणलाई आयोजनाको छनौट चरण पनि भन्न सकिन्छ ।

लगफ्रेमका सीमाहरू

लगफ्रेम विधि आयोजना तर्जुमा तथा यसको कार्यान्वयनको अनुगमन मूल्याङ्कन गर्ने विभिन्न अ‍ौजारहरूमध्ये एउटा महत्वपूर्ण औजार हो तर यसले प्राविधिक, आर्थिक, सामाजिक एवं वातावरणीय विश्लेषण हरूलाई विस्थापित गर्दैन । यो आय वितरण, रोजगारीका अवसरहरूको सिर्जना, स्रोत सम्बन्धमा पहुँचजस्ता लक्ष्य प्राप्तिमा निरपेक्ष  रहन्छ । यसले व्यवस्थापकहरूको अनुभवलाई पनि विस्थापित गर्दैन । लगफ्रेमबाट अधिकतम लाभ लिन संलग्न व्यक्तिहरूलाई व्यवस्थित तालिम दिनु अत्यावश्यक हुन्छ । 



Wednesday, 6 April 2022

अर्थतन्त्रका समस्या

 के अर्थतन्त्र राष्ट्र बैँकको मात्र हो ? अनि हामिले आफ्नो पैसा खर्च गरेर आयातमा निर्भर ब्यापार तथा उपभोग गर्न नपाउने रु कहिले सम्म यस्ता प्रतिवन्ध लगाउने ? विलासीताका बस्तु ! के साँच्चै नेपालीले विलासी जीवन विताएका छन त ? अनि आफ्नो खरिद गर्न पाउने उपभोक्ता अधिकार खै ? कहिले सम्म अर्थतन्त्र जोगाउनका लागि उपभोग नगरी बस्ने त ? आयात रोक्नु दिर्घकालिन समाधान हो त ? के यसरी नै हो त विदेशी मुद्राको संचीती बढाउने ? 

राष्ट्र बैँकले मात्र यसरी लागि परिरहेको अबस्थामा अन्य सरकारी  निकायको जिम्मेवारी खै ? अर्थमन्त्रालय, योजना आयोग, उद्योग वाणिज्य मन्त्रालय जस्ता निकाय खै ? कि यी निकाय विच सम्बन्ध । समन्वय नै छैन ? सरकारसंग भएको १०० अर्व कहिले खर्च गरी बजारमा ल्याउने ? 

आयात बढ्नु, निर्यात पनि आयातमा निर्भर हुनु, बजारमा तरलता नहुनु, विदेशी विनिमय संचीतीमा कमि हुँदै जानु जस्ता विषय हालका समस्या हुन । यी समस्याहरु समाधान गर्नका लागि राष्ट्र बैँकवाट मात्र नभइ सम्बन्धीत सवै निकायहरुवाट पहल हुनु आवस्यक छ । दिर्घकालिन उत्पादनलाई थाँति राखि अल्पकालिन उत्पादनलाई जोड दिन सकिन्छ । उदाहरणको लागि तरकारीको रुपमा प्रयोग गरिने साग २०/२५ दिनमा उपभोग योग्य बनाउन सकिन्छ । सागमा त हामी २०.२५ दिनमै आत्मनिर्भर हुन सक्ने रहेछौँ । यस्तै अल्पकालिन उत्पादनका क्षेत्र पहिचान गरि उत्पादनमा जोड दिइ आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिँदा नेपाललाई मात्र होइन हाल श्रीलंकालाई पनि हालको समस्या टार्न सहयोग पुग्ने देखिन्छ । 

अर्को उदाहरणः मेरो घरमा विभिन्न सामानहरु विक्री गर्नका लागि घरमै आउँछन तर घरको उत्पादन खरिद गर्न कोहि पनि आउँदैन । यसरी नै खरिदमुखी बजारको मात्र उपस्थीतीले आयात बढाएको देखिन्छ । छिमेकमा भएको उत्पादन मेरो घरसम्म र मेरो घरमा भएको उत्पादन छिमेकी सम्म पुर्याउने माध्यम छैन बरु बारी मै कुहिन्छन अथवा घरमै विग्रन्छ, त्यसैले आयात बढेको छ । यसमा सरकारी पक्षवाट पहल हुन आवस्यक छ राष्ट्र बैँकले मात्र केहि गर्न  सक्दैन। 

यसरी एक निकायले मात्र अर्थतन्त्रको भार उठाइरहेको अवस्थामा सवै सम्बन्धीत निकाय, उद्योगी, ब्यासायी, उपभोक्ता, कृषक आदीले आफ्नो स्थानवाट उत्पादनमा जोड दिने र अनावस्यक आयात कम गर्ने तर्फ सम्वेदनशील हुन आवस्यक छ ।। यो आयात रोक्ने खेल खेलेर केहि समयको लागि थाम्ने भएतापनि दिर्घकालमा समाधान हुन सक्दैन ।अर्थतन्त्रका क्रियाकलाप उत्पादनमुखी नभएसम्म केहि हुनेवाला छैन । बरु यता जोड दिऔँ । मात्र मेरो दृष्टिकोण ।