Thursday, 21 November 2019

आज बाला चुर्तुदशी

आज बाला चुर्तुदशी, जानु भयो त सत वीज छर्नको लागि ? आउनुहोस बाला चर्तुदर्शीको पेरिफेरीमा केहि बात गरौँ । आजको दिनलाइ मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ । आजको दिन पशपतिको श्लेष्मान्तक बन तथा विभिन्न शिवालयहरुमा जौ, तिल, गहुँ, धान, मकै, चना, बोडी जस्ता सात थरिका अन्न मिसाएर छर्ने गरिन्छ । जस्लाइ सतवीज छर्ने भनि नामाकरण गरिएको छ । यसरी सतवीज छरी नदिमा दुनो वा टपरीमा बत्ति राखि दुनो, पात वा टपरीले छोपेर बगाउनलाले मृतक आफन्तहरुले जीवीत अबस्थामा गरेका सवै पाप नाश भइ कैलाशमा अथवा बैकुण्ठमा बास पाउने विस्वास गरिन्छ ।

शास्त्रमा लेखिएअनुसार बाला चर्तुदर्शीको दिनमा श्लेष्मान्तक बनमा गएर एक गेडा विउमात्र छरे पनि एक टुक्रा सुन दान गरे वराबर फल प्राप्त हुनेछ । सत वीज छर्न जानेहरु शुद्ध भएपछि सर्वप्रथम गणेशको पुजा गरिन्छ, ती गणेशलाइ बहिरा गणेश मानिन्छ र उनलाइ घचघच्याइ, कराइ आफ्ना आफन्तहरु आएका छन भनि मृतकसंग खवर पुर्याउन अनुरोध गरिन्छ । यति गरेपछि श्लेष्मान्तक बनमा गइ अन्न छर्ने कार्य गरिन्छ ।

सनातन धर्म अनुसार निकै महत्पुर्ण मानिने यस दिनमा देश तथा विदेश वाट मानिसहरु सतवीज छर्न आउने भएकाले पशुपति क्षेत्रमा निकै ठुलो मेला लाग्ने गर्दछ । टाढा टाढा देखि त्रयोदशीकै दिन देखि मानिसहरु आउने र रातभरी महावत्ति बालेर भजन कृतन गरी जाग्राम गर्ने गर्दछन । अनि भोली पल्ट विहानै बाग्मतिमा स्नान गरी शुद्ध भएर सतवीज छर्न जाने गर्दछन ।

पुराणमा लेखिए अनुसार शिवजी मृगस्वरुप धारण गरी मृगस्थलीको बनमा शयर गर्दा पशुपतिघाटमा दाह्र्र संस्कार गर्न ल्याइएका मानिसहरुलाइ खाने दानव बालासुरलाइ मार्नका लागि भनि बृह सिंहलाइ शिव भगवानले लगाउनु भयो । जसवाट दाह्र संस्कार गर्न आउनेले आफ्नो मान्छेको राम्रो संग अन्त्यष्टी गर्न पाएका थिएनन । त्यसपटि बालासुरलाइ भरियाहरु र बृह सिंह मिलेर डारीले बाँधी इनारमा खसाली मारेर टाउको लिइ पशुपति समक्ष गए । त्यसपछि शिव भगवान प्रसन्न भएर बरमाग भनेपछि उनले दानव मारेको पाप नलागोस भनी बर मागे । त्यसै बेला शिवजीले जस्ले यो दानव बद गरेको दिन यस श्लेष्मान्तक जंगलमा आइ सतवीज छरी पशुपतिमा पाइला राख्दछ त्यसका सात पुस्ता सम्मका सन्तानले मोक्ष प्राप्त गर्नेछन र शिवलोकमा बास पनि पाउनेछन भनी बर दिनुभयो । त्यसैले यस दिन बालासुरलाइ बध गरेको सम्झनामा श्लेष्मान्तक बनमा सतबीज छरी पशुपतिको दर्शन गर्ने चलन चली आएको छ ।

सवैका मृतक आफन्तहरुको आत्माको बैकुण्ठ बास होस कामना गर्दछु  ।

Sunday, 17 November 2019

आमाको बुढेसकालको संकेत

“स्यानु जता भए पनि बेलुका लक्ष्मी पुजा गर्ने बेलामा चैँ आइपगेस है ।” विहान आमाले घरवाट निस्कने बेलामा भनेको याद गरेर साँझ पर्नु भन्दा अगावै घरमा पुगेँ । आमा घर धन्दा गर्दै हुनुन्थ्यो । ए ल आएछ फोन गर्नै लाग्या थेँ । आमाको जवाफ थियो । त्यस पछि आवस्यक पुजा सामाग्री आमा छोरा भएर जुटायौँ । आमालाई लक्ष्मी पुजा गर्ने स्थानमा लिप्न भने । आमाले लिप्नु भयो । आमाले माटो र गोवरमा हाल हालेको हुनाले आमालाई लक्ष्मीको पाइलाको डिजाइन (पाइला) पनि सिकाउँदै भने । ल अव लक्ष्मीको पाइला पनि बनाउनु त । आमाले बनाउन कोशिस गर्नुभयो । आमाले भने जस्तो बनाउन सक्नु भएन अनि मैले आमालाई  सिकाएँ । आमाले बुझ्दै बुझ्नु भएन कि भने जस्तो गर्न सक्नु भएन । मैले केहि पटक आमालाई सिकाएँ । आमा मैले भने जस्तो गर्न असमर्थ हुनुभयो । धेरै पटक सिकाउँदा पनि नजाने पछि म केहि झर्केको पारामा भने यस्तरी गर्नु न । त्यति पनि नजान्ने । यति सानो कुरा पनि नजान्ने, सिकाएसी त सिक्नु पर्छ नि भन्दै म रिसाएँ, आमा ले अझै कोशिस गनर्’ भयो तर सक्नु भएन । आमा सायद मेरो र्झकाइे देखेर डराउन’ भयो । 

अकस्मात मेरो दिमागमा यस्तो सोच आयो । यो आमाको उमेरको दोस हो । आमाको उमेर भएको बेला आमाले यस्तोकाम अरुको भन्दा उत्कृष्ट गर्नु हुन्थो रे, अरुले भनेको स ुनेको थिएँ । आफ्नो ब्यवहार देखेर आँफैलाइ असहज महशुस भयो । मन खिन्न भयो, मलाई जिवन भर रेख देख गर्ने मेरी आमालाई पनि बुढेसकाल लाग्न लागेछ । यो बुढेसकालको लक्ष्यण त हो नि । म निरास भएँ आमाको एकाएक माया लागेर आउन लाथ्यो । मलाई  जिवनभर सुख दिने आमा अव भने मैले आमालाई ख्याल गर्नु पर्ने बेला आउन लागेछ । आँफैमा हिनता भएको महसुस गर्न लागेँ । म एका एक भावुक हुने पुगेँ । त्यसपछि खै म गर्छु भनेर आँफै लिप पोत गर्न लागेँ । अनि सवै पुजा आमा छोरा मिलेर पुजा सक्कायौँ ।
मनमा आमाले म प्रति गरेको र मैले आमा प्रति गरेको कुराहरु स्मरण गर्न थाले । साँच्ची आमाको त्यति सानो कुरामा म रिसाउँछु अनि आमा भने गाली गर्नु पर्ने ठाउँमा पनि डराएर बस्नु हुन्छ । 

Friday, 8 November 2019

तुुलसी र यसका गुणहरु

आजको यस दिनलाइ कात्तिक शुक्ल पक्षको एकादशी, हरिवोधनी एकादशी अथवा ठुलो एकादशीको नामले पनि भनिन्छ । वर्ष भरिका चौविस एकादशी मध्ये यस दिनलाइ सनातन धर्ममा निकै महत्वपुर्ण दिनको रुपमा लिइन्छ । यस दिनमा भक्तजनहरु हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीको मठमा गोवर र रातो माटोले लिपेर सिंगारी तुलसीको विरुवालाइ विशेष पुजा आजा गर्ने गरिन्छ । त्यसैगरी भजन किर्तन तथा नाचगान गरी नदि माथी बावियोको लठ्ठोमा फुल तार्ने कार्य पनि गरिन्छ । उक्त लठ्ठोलाइ फुलमालाले विशेष सजावट गरि देवीलाइ आवस्यक पर्ने समानहरु बाँधीन्छ र नदीको वारीबाट पारी सम्म पुर्याइन्छ । 

चार महिना अघि आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीको दिनमा तुलसी रोपण कार्य गरि भएको चर्तुमासको आरम्भ आजको दिन तुलसीको विवाह गरी फुलमाला सहितको लठ्ठो तारेपछि समाप्त हुने गर्दछ । यस समयाबधिमा भगवान विष्णु निन्द्रामा हुने र कार्यको फल प्राप्ती नहुने भएकाले विवाह, बर्तबन्ध, गृह प्रवेश, आदी मांगलिक कार्यहरु गरिँदैन । हरिशयनी एकादशीको दिनमा क्षीर सागरमा शयन गरेका विष्णु भगवान हरिबोधनी एकादशीको दिनमा उठ्नुहुने कुरा पुराणहरुमा पाइन्छ । त्यसैलेपनि यस दिनलाइ हरिबोधीनी एकादशी भन्ने गरिन्छ । तुलसीको विरुवाले ८५ भन्दा बढि रोगहरुको औषधी बनाउन सकिने भएकाले यसलाइ आर्युबैदिकहरुले पनि महत्वपुर्ण विरुवाको रुपमा लिने गर्दछन । यसले मनिसमा भोक जगाउने, झाडा बान्ता रोक्ने, नाक कान घाँटीको लागि औषधी हुने कुरा पनि बताइएको छ । ४०० मिटर सम्म सुगन्ध फैलाउन सक्ने तुलसीको विरुवाले सवै भन्दा धेरै अक्सीजन पैदा गर्न सक्ने र रात्रीको समयमा पनि अक्सीजन फाल्ने एकमात्र विरुवा हो । 

मानिसहरु विहानै उठेर तुलसीलाइ जल चढाउनाले पुण्य प्राप्ती हुने तथा मृत्युको समयमा तुलसीको मोठ नजिक शयन गराएमा स्वर्गमा पुगिन्छ भन्ने पनि विश्वास गर्दछन ।हिन्दु धर्म अनुसार तुलसीको विरुवालाइ एक पवित्र विरुवाको रुपमा लिने गरिन्छ । सवै भन्दा बढि अक्सीजन प्रदान गर्ने तुलसीको विरुवाले रातको समयमा पनि अक्सिजन प्रदान गर्न सक्दछ । तपाँइको घर आगनमा तुलसीको  विरुवा रोप्नु भएको छ त ? आउनुहोस तुलसीको विरुवाको महत्वको बारेमा केहि कुरा गरौँ । जस्को घर आगनमा तुलसीको विरुवा हुन्छ त्यसको  घरमा देवी देवताहरुको बास हुने र तुलसीको विरुवा नभएको घरमा यमदुतहरु सहजै पुग्ने  भन्ने विश्वास रहेको छ । तुलसीको विरुवालाइ प्राय घरको अगाडी निर्जला एकादशीको दिनमा मठ बनाएर रोप्ने कार्य गरिन्छ । जस्ले गर्दा घरमा कलियुगका पाप फैलिँदैन भन्ने विश्वास रहेको छ ।

स्कन्द पुराणमा  तुलसीको विरुवाको उत्पत्तीको बारेमा उल्लेख भए अनुसार एक जना जालन्धर नाम गरेका दैत्यले देवताहरुलाइ निकै कष्ट प्रदान गरेका थियो ।  पत्नी सत्यताको प्रभावले उ शक्तिशाली थियो । उ माथि देवताहरु विजय प्राप्त गर्न असमर्थ भएका थिए । त्यसपछि देवताहरु भगवान शिवको घरमा पुगे र जालन्धरको आतंक अन्त्य गर्न विन्ती गरे । त्यसपछि भगवान शिवले जालन्धर संगको युद्धको आज्ञा दिनुभयो । युद्धको सवै तयारी भयो । जालन्धर पनि लडाइमा सामेल भए । पत्नीको सत्यताको प्रभावले जालन्धरलाइ हराउन देवताहरु असमर्थ भए । त्यसपछि भगवान विष्णु जालन्धरको रुप धारण गरी जालन्धर पत्नी बृन्दाको सत्यता नाश गरे । बृन्दाको पतिब्रता धर्म नाश गरिसकेपछि भगवान शिवले जालन्धरको बध गरी देवताहरुको मुक्ती गर्नुभयो । भगवान विष्णुले छल गरेको थाहा पाएर जालन्धर पत्नी बृन्दाले भगवान विष्णुलाइ झार हुनु परोस भनि श्राप दिइन त्यसै बेला भगवान विष्णु  तुलसीको विरुवा हुनु परेको  थियो ।

यहि धार्मिक किम्बदन्ती अनुसार साक्षात विष्णुको रुपमा तुलसीको विउलाइ आषाढ शुक्ल एकादशीको दिनमा विजरोपण गर्ने परम्पराको थालनी भएको विश्वास गरिन्छ । आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीको दिनमा तुलसी रोपण कार्य गरि भएको चर्तुमासको आरम्भ हरिवोधनी एकादसीको दिन तुलसीको विवाह गरी फूलमाला सहितको लठ्ठोलाई नदि तारेपछि समाप्त हुने गर्दछ । यस समयाबधिमा भगवान विष्णु निन्द्रामा हुने र कार्यको फल प्राप्ती नहुने भएकाले विवाह, बर्तबन्ध, गृह प्रवेश, आदी मांगलिक कार्यहरु गरिँदैन । तुलसीको पात, जरा, काण्ड लगायत सवै भागहरु बहु(उपयोगी मानिन्छन। तुलसीको काण्डलाइ मन्जरी भनिन्छ । जस्को माला बनाउने देखि विभिन्न उपयोगी कार्यहरुमा प्रयोग गर्न सकिन्छ ।

तुलसी रोप्ने स्थान र समय
तुलसी हरिबोधिनी एकादशीमा विशेष पुजा(आजा गरी विधिवत रुपमा रोप्ने कार्य गरिन्छ । बास्तुशास्त्रको अनुसार तुलसीको बोटलाइ घरको दक्षिण पुर्व दिशामा रोप्नु सर्वोत्तम मानिन्छ । जस्ले गर्दा पुर्वबाट पश्चिम बहने हावाको माध्यमबाट सहजै घरभित्र अक्सिजन प्रवाह हुन्छ । अक्सिजनको सहज रुपमा प्रवाह भएमा शारीरिक तन्दुरुस्ती हुने, तिक्ष्ण बौद्धिक क्षमता हुने, लामो आयु हुने कुरा बैज्ञानिकहरुले पत्ता लगाएका छन ।

जल चढाउने मन्त्र
महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी
आधि व्याधि हरा नित्यं, तुलसी त्वं नमोस्तुते।।

तुलसीमा जल चढाउँदा हुने फाइदाहरु
तुलसीको विरुवामा दैनिक विहान जल चढाउनु निकै उत्तम मानिन्छ । विहान तुलसीको वरिपरी पर्र्याप्त अक्सिजन हुने र अक्सिजन भएको स्थानमा जल चढाउनाले पानीको फोका बन्छ, उक्त पानीको फोकासंग विहानको शुर्यको किरण परार्वतन भइ मानव शरिरमा परेमा मस्तिष्कलाइ उर्जा प्रदान हुने बैज्ञानिक हरुको भनाइ छ ।

तुलसीको पत्ता टिप्दा उच्चाहरण गरिने मन्त्र
ॐ सुभद्राय नमः
ॐ सुप्रभाय नमः
मातस्तुलसि गोविन्द हृदयानन्द कारिणी
नारायणस्य पूजार्थं चिनोमि त्वां नमोस्तुते ।।

तुलसी सम्बन्धी केहि नियमहरु
  1.  एकादशी, आइतवार र मंगलबार तुलसीको पात टिप्न बर्जित गरिएको  छ ।
  2.  यदि घरमा बास्तुशास्त्र सम्बन्धी दोष भएको खण्डमा कुनै न कुनै समस्या आइरहन्छ । त्यस्तो भएरहेमा तपाइको घरको दक्षिण पुर्वमा तुलसीको विरुवा रोप्नु राम्रो हुन्छ ।
  3. यदि तुलसीको विरुवा सुक्यो भने नजिकैको खोला वा कुवामा लगेर सारीदिनु पर्दछ । यदि सक्नु हुन्छ भने तुलसी भएको गमला हटाइ विरुवालाइ माटोमा गाडीदिनु पर्दछ ।
तुलसीको स्वास्थ्य सम्बन्धी केहि उपयोगिताहरु
आयुर्वेदमा तुलसीलाइ शिर्ष स्थानमा लिइएको छ  । यस्को प्रयोग गरी विभिन्न थरीका औषधीहरु बनाउन सकिन्छ । तुलसीमा कफबाथ नाशक, दुर्गन्ध नाशक, ज्वरो नाशक, स्वेत कारक, शोध नाशक, रक्त सोधक आदी गुणहरु रहेका हुन्छन ।

टाउको दुखाई
टाउको दुखेको बेला निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि यसको रस लगाएर केही समयटाउकोमा हलुका मालिस गर्दा टाउकोको दुखाइ कम हुन्छ ।

खोकी
अदुवाको रस, तुलसीको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३–४ पटक तातो पानी पिएर अन्तमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी निको हुन्छ ।

छाती दुखेमा
तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा लगाइ मालिस गर्नाल छातीको दुखाइ कम हुन्छ । दुखाइ के कस्तो छ त्यसको कारणको पनि उपचार गर्नुपर्दछ ।

पेट सम्बन्धी समस्या
तुलसीको पात नियमित प्रयोगले ग्याष्टिकको समस्यामा कमि आउँछ । कलेजोको रोग भएमा नित्य खाली पेटमा तुलसीको चिया पिउने एवं तुलसीको रस १–२ चम्चा बिहान बेलुका खाने वा तुलसीको पात सफा गरेर १–२ वटा दिनहुँ खाने गर्दा कलेजोको रोगमा लाभ हुन्छ । पेटको अपच एवं अजीर्णको समस्यामा तुलसीको रसमा सूठो ७३घढससुकेको अदुवा७३घढस मिसाई खानाले फाइदा गर्दछ । बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ ।

खानाको अरुचि
तुलसी एवं अदुवाको रस बराबर मिसाई भोजनको पूर्व १ चम्चा खाने गर्दा खानाको अरुचि हट्दछ । तुलसीको बीउमा थोरै पिप्ला र मह मिसाइ दिनको ३–४ पटक चाट्नाले भोक जाग्दछ ।

स्वप्नदोष
तुलसीको डाँठ एवं पातलाई पानको पातमा मिसाएर खाने गर्दा स्वप्नदोषमा लाभ हुन्छ ।

दाँत दुखेमा
तुलसीको पातको रस र कपूर तताएर मुखमा च्यापिराखेमा दाँत दुखाइ कम हुँदै जान्छ ।

डण्डीफोर, दाग र पोतोमा
तुलसीको पात वा जरा लाइ मसिनो गरी पि सेर  त्यस को लेदो मलमको रुपमा अनुहारमा लगाएर आधा एक घण्टापछि पखाल्ने गर्दा अनुहार सफा र चम्किलो हुन्छ ।

दुर्गन्धित श्वास
खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

घाउ खटिरा
तुलसीको पात र बेसारको धूलोलाई मिसाएर बनाएको घोल घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ । तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ । काटेको घाउमा सफा गरी तुलसीको रस राखेमा रगत थाम्न मद्दत मिल्छ भने घाउ संक्रमण हुनबाट वचाउँछ । तुलसीको बीउ, नीमको पात र बेसारको घोललाइ तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि बाँकी रहेको लेदोलाई घाउ खटिरामा लेपन गर्दा चिलाउने, दुख्ने, पोल्ने कम हुन्छ ।

वान्ता एवं वाकवाकी
तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई केही मात्रा महसमेत राखी चपाउनाले वान्ता रोकिन्छ एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ । तुलसीको रसमा अलैचीको धूलो मिसाई खाएमा वान्ता रोकिन्छ । तुलसीको रसमा दालचिनीको धूलो मिसाएर चाटेमा पनि वान्तामा लाभ हुन्छ ।

शीघ्र स्खलन
तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा महसमेत मिसाएर खाँदा शीघ्र स्खलनमा कमी हुन्छ । तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस समस्यामा फाइदा गर्छ । तुलसीको जरा सफागरी भिजाउने र उक्त पानी दिनहुँ १–२ गिलास पिउने गर्नाले फाइदा गर्दछ ।

नपुंसकता एवं लिङ्ग शिथिलता
तुलसीको बीउ र सख्खर बराबर मिसाई सानो डल्लो बनाउने र प्रत्येक दिन बिहान बेलुका उक्त सानो डल्लो खाने र लगतै आधा लिटर दूध ७३घढससम्भव भएसम्म गाईको दूध७३घढस एवं २ चम्चा मह मिसाई पिउने । करिब ४–५ महिनासम्म यसरी सेवन गर्ने । यसले गर्दा नपुंसकता एवं लिङ्ग शिथिलता समस्या ठीक हुनसक्छ ।

यस्तै अनेक थरीका विशेषता तथा गुणहरुले गर्दा तुलसी निकै महत्वपुर्ण रहेको छ । घरमा तुलसी रापेर
यसवाट हुने फाइदाहरु ग्रहण गर्नुहोला ।