Wednesday, 4 September 2019

यसपालीको तिज - विच विचमा

यो ब्लक अन्त्यसम्म पढ्नुहोला, अन्तिम बाक्य विशेष ध्यान दिनुहोला ।

Dance at Bicha Bichama 

नजिकिँदै गरेको तिजलाई स्वगत गर्दै यता उता सर्वत्र तिजका गितहरु घन्किन थालेका थिए भने बाटातिर रातै कपडा लगाएर दरखान हिँडेका र खाएर आएकाहरु देख्न पाइन्थे । सवैको घरमा रमाईलो देख्दा आफ्नोमा पनि रमाइलो गर्न मन लाग्नु कुनै नौलो कुरा भने होइन तर यसकालागि सवैको साथ र समर्थनको खाँचो पर्थ्यो ।

घरमा भएका चेलीबेटीहरु पनि तिजमा आफन्तकोमा जाने भएकाले तिज खासै रमाइलो नहुने वरिपरिका कोठाका साथिभाईहरु गुनासो गर्दथे । तै पनि सवैकोमा रमाइलो गरेको देख्दा पल्लो रुमको छिमेकी साथी पौडेल गुनासो गर्न आउनु भयो । आँफुसंग भएको ब्लु तु्रथ स्पीकर विग्रेकाले राम्रो साउण्ड पनि थिएन । एकपटक घरका सवैलाई भनौँ केहि उपाय आउँछ कि भनि निस्कियौँ । यसै क्रममा तल्लो फ्लोरका देवकोटा साथी स्पीकर लिएर निस्कनु भयो । अनि छत तिर लाग्यौँ । हालसालै चलेका तिजका गितहरु "विच विचमा..." "फरर फरर.. सारी फरर...."  जस्ता गितहरुमा नाच्दै थियौँ । एक्कासी पानी पर्यो । पानि पर्नासाथ हामी अण्डर ग्राउण्डको कोठामा पुग्यौँ ।

हामीले रमाइलो गरेको देखेर छिमेकीले एउटा ठुलो स्पीकर निकाले र रमाइलो गर्न लागे । यता हाम्रो स्पीकरमा भने चार्ज सकियो । रमाइलो गर्न मन अझै भएको र धित नमरेकोले कोठामा नरमाइलो मान्दै आएँ । त्यसपछि पौडेल पनि आउनु भयो । साथिलाई मन नभरिएको गुनासो गरि फेरी जाउँ बाहिर भनेपछि पौडेल राजी हुनु भयो ।
छिमेकीमा रमाइलो बातावरण भएकाले हामी उतै लाग्यौँ । बसाइको चार बर्ष बसेको पुगेता पनि ओल्लो पल्लो घर  गएको थिइन । वरिपरिका संग परिचय गर्नु पर्ने हो भनि सोच भने थियो । एक जना मिठो स्वरमा गित गाउने हुनु हुन्थ्यो अनि उहाँले गाएको मेरो कोठामा स्पष्ट सुनिन्थ्यो । मलाई उहाँ संग पनि भेट गर्न मन थियो ।

स्पीकर बजिरहेको थियो । गेटमा केहि मानिसहरु झुम्म थिए । ताली बजाउँदै । भित्र केटाहरु एक तिर केटिहरु अर्काे तर्फ छुटा छुट्टै नाचिरहेका थिए भने कोहि तालि बनाउँदै थिए । हामी पनि विस्तारै गेट भित्र छिर्यौँ । आफ्नै घरवेटीको भान्जाको घर भएकाले घर भित्र छिर्न केहि असहज लागेन । गितको मोहका कारणले दुवै जना साथि नाच्न सरिक भयौँ । दुवै जनाको नाच निकै मिल्यो अनि रुचाइयो पनि । केहि बेर पछि भने हामी फर्कियौँ ।

भोलिपल्छ पनि त्यसरी नै साथिहरु जम्मा गर्न भनि निस्क्यौँ तर स्पीकर भएको साथी देवकोटा आफन्तकोमा जानु भएछ । त्यस पछि पुन हिजोकै स्थान तिर लाग्यौँ । त्यहाँ पुग्नासाथ हाम्रो नाच निकै रुचाइएको कुरा जानकारी भयो । पौडेलको नाचको त खुलेरै प्रसंसा गरे । छिमेकमा एक जना दिदि हुनुन्थ्यो उहाँ बोल्न असहज मान्नु हुँदैन थ्यो उहाँले वातावरण सहज बनाइदिनुभएको थियो । उहाँलाइ सवैले पारु दिदि भनेर बोलाउने गर्दथे । दिदि हाम्रो नाचको फ्यान हुनुभयो रे । मलाई त विस्वास लागेन तर पौडेलको नाच भने राम्रै हो ।मानिसहरु टन्नै थिए घरमा अटाएर नभएर बाटोमा पनि । सवैलाई नाच्न मन हुने तर स्थान को कमिले गर्दा बाधा पुगेको थिया्े । घरि स्पीकर यता घरी उता फर्काउँथे । केटा र केटीको समुह छुट्टै भएता पनि "विच विचमा....." बोलको गितले केटिहरुको समुहमा गएर नाच्न सहज बनाइदिएको थियोे । त्यसैले गर्दा केटा केटि भएर नाच्ने वातवरण सहज बन्यो ।

सवै जना रमाइलो गर्दै थिए । कोही मात लगाएर पनि आएका थिए । उनिहरुको नाच सुरुभएपछि पौडेल र म विश्राम गथ्यौँ किनभने हामी झगडा रुचाउँदैन थ्योँ । यसरी नै हुलमा नाच्दा हिजो साथिको आँखा घोचेको पनि थियो ।

सवै जना नाच्दै थिए अनि म पनि । त्यत्तिकैमा मेरो आँखा एउटी मैया तर्फ लाग्यो । सायद उनिमा मेरो रोजाइको जस्तो हाउभाउ भएरहोला आँखा उता गएको । उनि आँफु पनि नाच्दै अरुलाइ पनि नाच्न  आह्वान गदैै थिइन । अनि मलाई पनि । मैले उसलाई पनि नाच्न भने उ हाँसी, किन किन उनि संग नाच्न मन भयो तर मिलेन । पौडेल भने एक जना केटी संग बस्यो उठ्यो गर्दै बडो रमाइलो संग नाच्दै हुनुहुन्थयो । पारु दिदि संयोजकको भुमिका निभाउँदै हुनुहुन्थ्यो । उहाँले सवैलाई उत्प्रेरित गर्दै बोलाउनु हुन्थ्योे । आँफु कम नाच्ने तर अरुलाइ नचाउने दिदिको बानी थियो ।

निकै रमाइलो भइरहेको थियो । सवै ताली बजाउँदै नाच्दै थिए । गित पनि रोजे जस्ता नै बजाइएको थियो । आफ्नो भने ध्यान अन्तै पुगिसकेको थियो । म उनिलाइ हेरि रहन्थेँ तर उनिले एक दुइ पटक भन्दा हेरिनन । छिमेकिहरुले हामीलाई आफ्नै घरको जस्तो समान ब्यवहार गरेका थिए ।

केहि समय नाचगान पनि हामी घर तर्फ लाग्यौँ । साथि निकै रमाइलो भएको कुरा गर्दै हुनुहुन्थयो । मलाइ पनि निकै रमाइलो लागेको थियो । साथिलाई पनि नाच्ने वाली मन परेछ क्यारे निकै खुलेर प्रसंसा गनु भयो । मैले मनमनै अनुमान लगाएँ ।

मलाइ पनि रमाइलो लागेकोले मैले पनि कुरा अघि नै बडाएँ । केहि बेर उनिहरुकोे बारेमा कुरा गर्यौँ र सुत्यौँ ।
भोली पल्टलाई पनि निम्ता थियो 'नाच्न' । विहान पञ्चमीको पुजा गर्न भनि सवै जना तयार हुँदै थिए । पारु दिदि मेरो सारी मिलेन भन्दै उ पारु दिदिको को कोठामा गएकी थिइ । उसको आवाज स्पष्ट मेरो कोठामा आएको थियो । म भने उस्लाई साडीमा हेर्न आतुर थिएँ । माथि वाटै कोल्टी कोल्टी उसलाइ हेर्ने कोशिस गरेँ तर देखिन । दिदि चिटीक्क परेर टि यु तिर निस्कनु भयो । घरमा चहलपहल नभएको देखेर सवै गएछन क्यारे भन्दै पौडेल पनि आउनु भयो । मलाई पनि त्यस्तै लाग्यो । हामी पनि जाने योजना बनायौँ । एक जना साथि साउदलाइ पनि बोलायौँ । उहाँ आए पछि चार जना केटा अनि बहिनीहरु दुइजना भएर गयौँ ।

Teej Celebration at TU

मेरो खोजी बस उस्ले साडीलगाएर कस्ती देखिएकी होली भन्न्ने मात्र थियो । आँखाहरु उसैलाइ हेर्न आतुर थिए । निकै भिड थियो उता पनि ठाउँ ठाउँमा नाचगान थिए । त्यतिकैमा मेरो आँखा दिदिमा पुग्यो ।  पारु दिदिले थाइकट कपाल काटेकाले टाडैबाट चिनिनुभयो । मेरो मनले दिदि तिरै जान भन्यो । साथिहरुलाई उता जान आग्रह गरेँ । साथिहरु माने । तर दिदि एक्लै हुनुहुन्थ्यो । मलाई भने उस्लाई देख्न हतार भएको थियो । फुच्ची केटी सारी लगाउँदा कस्ती देखिएली भन्ने मात्र । म यता उता उसलाई खोज्न भनि साथिहरुलाई छाडेर साउदलाई लिएर निस्केँ तर कति खोजेँ भेटीन । अनि पुन गु्रपमै फकिएँ, दिदिसंग विदावारी भएर हिँड्यौँ ।

केहिवेर मन्दिर तथा डिन अफिस तिरको नाचगान हेरी घडी भवन तिर लाग्यौँ । त्यहाँ बहिनीहरु पनि थिए । केहिवेर भुल्यौँ , त्यहाँपनि उनलाइ देखेनौँ । अनि बाहिर निस्क्यौँ । गेटवाहिर निस्कना साथ दिदिलाई पुन देखेँ । दिदि उनि र उनिका साथिहरु संग हुुनुहुन्थ्यो । कत्तिवेरको तड्पाई पछि देखेँ केटीलाई  तर साडीमा भने थिएन उ । मनमनै साडी लगाएर आएको भएनि हुने नि भन्ने सोच आएको थियो । आँफैमा गाली गर्दै थिएँ ।

उनिहरु फोटो खिच्दै थिए । उ हातमा मोलाइल लिएर सवैको ग्रुप फोटो हान्दै थिइ । मैले पनि बोल्ने न्यु पारेर बोल्न गएँ ।
मः खै म खिचिदिन्छु ल्याउनु ।
उः ल हामी सवैको खिच्नु भनि उ पनि गु्रममा घुर्सिइ (असजिलो मान्दै)
मः ल सवै रेडी हुनु है ।
(मैले पाँच/सात वटा सवैको तस्वीर लिएँ ।)
उ आई र फोटो हेरि अनि
उः ह्या ....  मेरो त निदाएको आएछ ।
मः फोटो खित्दा पनि निदाउनु पर्छ त ?
(फेरी अर्को पनि हेरिन अर्को पनि उस्तै । हल्का घुर्कि लगाउँदै अरु फोटो हेर्न लागिन ।)

फोन मा कुरा गर्ने बहानामा पारुदिदि हामी नजिकै आउनुभयो ।
पारु दिदि : कुनचाँही मन पर्यो ? (प्रश्न पौडेललाई थियो )
पौडेल अकमक्क परे ।
मः     साँच्चि मिलाईदिने हो र ?
दिदिः ल भन न त हेरौँ ।
मः     उ त्यो विचकी रातो कुर्था वाली ।
दिदिः त्यो त पौडेललाई भनेको हो के रे ।
सवै जना बेसरी हाँस्यौँ । पौडेलको हाँसो थामिएन ।
मः      दिदि मिलाइ दिने भए त्यै मिलाइदिन नत्र भयो परेन ।
दिदि : ल हेरौँ । पौडेललाइ देखाउँदै ल तिमी रोज ।
पौडेल : अकमक्क परे ।
दिदिले थप्दै भन्नुभयो : यीनीहरु स्टाफ नर्सहरु हुन, लाइसेन्स निकाल्नलाई आका रे ।
दिदिको वोली भुइमा खस्न नपाउँदै मैले भने 'दिदि मेरो मुटुको चाल सन्तुलन गरिदिइन भने मै दिन्छु नि लाइसेन्स ।'
दिदि : उत्ताउलो ! बज्या । (म केहि शान्त भएँ )
त्यसपछि दिदिले सवै केटीलाई बोलाउनु भयो र भन्नु भयो 'ल केटा हो यीनीहरु नयाँ हुन यीनीहरुलाई घुमाइदेओ त ।'

एक्कासी यस्तो अफर आएपछि निकै एक्साइटेड भएँ । हिजो र अस्तीको लागातार नाचको थकाइ भने लागेको थियो । पौडेल पनि उत्साहित नै थिए । उनको भागमा मोटी पर्ने पक्का पक्की थियो ।
दिदिले त्यति भनेपछि कुर्थावालीले भनिन : हामीले त कतै चिनेका छैनौँ ।
उ वाट सकारात्मक संकेत आएको थियो ।
देवकोटा अलि परै बसेका थिए । सवैको भागमा एक एक जना परे हामी दुइ त मान्यौँ तर अर्काे साथि भने मान्नु भएन ।

सवैको छलफल पछि सहमति जुट्न सकेन अन्तमा नजाने निष्र्कषमा पुग्यौँ । त्यसपछि हामीहरु त्यहाँवाट हिँड्यौँ । बाटोमा उनिहरुको कुरा गर्दै । पौडेल मेरीवाली आइनछे भन्दै हुनु हुन्थ्यो । मोटी थिइ सारै राम्री लाथ्यो रे ।

हामी सवै जना हिँड्दै अघि भएका कुराहरुको स्मरण गर्दै केटीकै कुरा गर्न लाग्यौँ । सवैको भागमा एक एक जना केटी परेका थिए । मेरो भागमा मैले रोजेकी पर्ने सम्भावना बढि देखिएको थियो अनि पौडेललाइ अर्की अनि देवकोटालाई केहि काली केटी पर्ने सम्भावना थियो । देवकोटाले यस्तो प्रस्ताव अस्विकार गर्ने मुख्य कारण पनि त्यै हो भन्दै मेरो भाग्य नै यस्तै छ भन्या भन्दै ठट्टा गर्नु भयो । हामी दुइले काली दिलवाली..., झन दामी थिइ भन्दै उहाँलाई उडाउन थाल्यौँ । त्यति भएता पनि साथिहरुको लागि भनेर प्रस्ताव स्वीकार गरेको भए हुने नि भन्ने मनमनै आएको थियो ।

घरमा आएपछि सवै आफ्नो आफ्नो कोठामा लाग्यौँ । साथि भने मन शान्ती भएन पढाइमा पटक्कै मन गएन, भन्दै मेरो कोठामा आउनु भयो ।
म       : के भयो हजुर ?
पौडेल ; झुलभित्र लामखुट्टे र मन भित्र केटी छिरेसी अचम्मै हुने रहेछ यार । पढ्नै मन लाग्दैन यार खालि नाचेकै मात्र याद आउँछ ।
म हाँसेँ । उहाँ झ्याल तिर हेर्दै अर्काे छिमेकी को तिर हेर्न लाग्नुभयो ।
 म      : जो पनि तपाइँलाई यी त मेरी हुन, यसमा राइट प्रोटेक्टेड छ, जो कोहिले गिद्ये नजरले हेर्न मनाही छ । पौडेल ः म यता सर्नु पर्छ कि क्या हो ? हाँस्दै भन्नु भयो ।
मैले जवाफ भुईमा खस्न नपाउँदै इन्कार गरेँ । झ्यालवालीको आमासंग त दोस्ती वडि सक्यो भन्दै आफ्नो पावर वढाएँ । तर उनले हेर्न भने छाड्नु भएन ।

अनि फेरी उहाँलाई दिउसोको कुरा सम्झाएँ । त्यसपछि खाजा खाने कुरा भयो अनि एकै ठाउँमा खाजा बनाएर देवकोटाको साथिलाई पनि बोलाएर संगै खाजा खायौँ, केहिवेर स्पीकर लगाएर नाच्यौँ, बेलुकाको प्लान बनायौँ ।
पौडेलः आज त हात समातेर उठबस गरेर नाचिन्छ अनि फेसवुक आइडी फोन नम्बर पनि मागिन्छ । मैले पनि है मा हस्ते मिलाएँ ।

केहि वेर पछि
पौडेल ः  फेरी उकुसमुकुस भयो जाम छिमेकीको तिर ।
उनिहरुकै कुरा गर्दै छिमेकीको तिर वाटो हुँदै हिड्यौँ । त्यो वाटोमा हिँड्दा आँखाले भ्याए सम्म उनिहरुको कोठामा आँखा लगायौँ । तर उनिहरुको झ्यालको पर्दा भने खुलेन । यस्तो क्रम करिव ४ पटक सम्म चल्यो । तर भनेजस्तो भने भएन ।

ढिलो खाजा खाएकोले खाना नखाने निणर्य गर्यौँ । र फेरी उनिहरुको तिर नजर लगाउँदै छत मा गयौँ । त्यहाँ तल्लो फ्लोरको साथिले स्पीकर लिएर आउनुभयो त्यसपछि फेरी छतमै नाच्ने कार्य सुरु भयो । केहिवेर उफ्रेपछि स्पीकरमा चार्ज सकियो । अनि अण्डर ग्राउण्डमा गयौँ र चार्ज गर्दै नाच्न लाग्यौँ । झ्यालवाट छिमेकीहरुले हेरिरहेका थिए । निकै हौसला वढेको थियो । केहिवेर नाचगान पछि स्पीकरले चार्ज गर्दा पनि थाम्न सकेन । त्यस पछि पुन राउण्ड मार्यौँ तर छिमेकीकोमा भने गित बजाउने सुरसार भने गरेनन् । पछि कोठामै फर्कियौँ । केहिवेर पछि अवेला अवेला मात्र स्पीकर लगाए । अनि विस्तारै सवै जम्मा भए । उनिहरुले कार्यक्रम सुरू गरेको केहि समयपछि मात्र हामी गयौँ ।

त्यहाँ निकै भिडभाड र रमाइलो भइरहेको थियो । हामी पछि भिडमा सामेल भयौँ । सवै जम्मा भएका थिए तर उनिहरु भने थिएनन । भिडमा दिदि पनि हुनुहुन्थ्यो । उहाँले देख्नासाथ हामीलाई नाच्न आह्वान गर्नु भयो । हामी केहि वेरमा नाच्ने भन्दै जवाफ दियौँ ।

मिठो गित गाउने वाली जुन मेरो कोठामा स्पष्ट सुनिन्थ्यो । उनि पनि त्यहाँ थपडी मार्दै थिइन । उनि नाच्ने तर रमाइलो गर्ने स्वभावकी थिइन । म उनि संग गएर केहि बेर गफ गरेँ । उनको स्वर राम्रो छ भनि खुलेरै प्रसंसा गरेँ । उनि पनि खुसी भइन । हामी ननाचेको देखेर दिदि उनिहरुको कोठामा जानु भयो सायद हामी आयौँ भनेर जानकरी दिन होला । उनिहरु कोहि पनि आएनन सायद खाना बनाउँदै थिए । दिदि केहिवेरपछि पुन उनिहरुको कोठामा जानुभयो । त्यस मध्ये मेरीवाली चाँही आइ र झुलुक्क मतिर हेरी अनि पुन गईन । केहिवेर पछि उनिहरु सवै आए हामी अर्काै गितमा नाच्ने भन्दै भाखा सारीरहेका थियौँ ।

उनिहरु आएपछि भने नाच्ने भनेका थियौँ । उनिहरु पनि नाच्न लागे हामी पनि सामेल हुन लाग्यौँ । माहोल रमाइलो हुँदै थियो । सवै कुरा योजना बद्ध भएको थियो । एउटा गितमा नाच्दै थियौँ । अकस्मात प्रहरी आइपुग्यो । उनिहरुले स्पीकर बन्द गर्न निर्देशन र भनेको नमाने स्पीकर जफत गर्ने धम्की दिए । बडो नरमाइलो लाग्यो ।

नाचको धोको कसैलाई पुगेको थिएन । भर्खर उत्साह बढेको थियो । अव ढोका लगाएर भित्र नाच्नु पर्छ भन्न लागे । घरवाहिरका सवैलाई बहिर पठाएर भित्रका मात्र नाच्ने निर्णय गरे । त्यसमध्ये उनिहरुले हामीलाई भने भित्रकैमा समावेश गरे । यो कुराले उनिहरु हामी प्रति निकै सकारात्मक छन भन्ने जनाउँदथ्यो । उनिहरुले आफ्नै घरकोमा समावेश गर्दा निकै रमाइलो लागेको थियो ।

अन्तमा गित नवजाउने निणयमा पुगियो र हामी घर तर्फ लाग्यौँ । धित नमरेको र दुवै जनाले दिउसो उनिहरुलाई घुमाउन नपाएको कुरामा पश्चाताप ब्यक्त गर्यौँ । त्यसपछि उनिहरुलाई फेसवुकमा खोज्न लाग्यौँ । न नाम थाहा छ न थर नै । छिमेकी दिदिको नाम मात्र थाहा थियो । साथिले तुरुन्त सर्च गर्नु भयो तर फेसवुकले देखाएन अनि अर्को आइडिया निकाल्यौँ ।

हाम्रो घरको एकजना दिदि उहाँसंग बोलिचाली गर्नुहुन्थ्यो । उहाँकै फेसवुक सर्च गरी उहाँका पोष्टमा गरेका लाइक हरु खोज्न लाग्यौँ । त्यहाँ पारु नामगरेको दिदिको आइडी फेला पर्यो र देख्नासाथ रिक्वेष्ट सेन्ड गरिहाँले् । अनि साथि ले पनि गर्नुभयो । हामी दुवैले पारु दिदिको प्रोफाइल हेर्न लाग्यौँ तर उनिहरु भने भेटिएनन । अनि दुवै जना आआफ्नो कोठामा सुत्यौँ ।

भोली पल्ट विहानै पौडेल मेरो कोठा तर्फ आउनुभयो र मुस्कुराउँदै भन्नुभयो ।
पौडेल : एउटा शुभ खवर छ सुन्ने हो ?
म       : भन्नु त केरछ सुनम । (निकै उत्साहित थिएँ )
पौडेल : एउटा काम चाँही भयो ।
म       : के काम भयो र त्यस्तो ?
पौडेल : पारु दिदिले रिक्वेष्ट एसेप्ट गर्नुभयो नि ।
म       : खै मेरो त भएन यार । (मलाई इस्र्या लाग्यो)
पौडेल : हाँस्दै अव मेरो काम त बन्ने भो ।
म       : मेरो पनि एसेप्ट गर्न भन्नु त ।
पौडेल : हस । ल भने ।

दिदिले रिक्वेष्ट एसेप्ट गरेपछि पौडेलको फेसवुकवाट म्यासेज गर्यौँ ।
पौडेल : दिदि हाम्रो भण्डारीको रिक्वेष्ट पनि एसेप्ट गर्नु पर्यो के, विचरा दिदिले रिक्वेष्ट एसेप्ट गर्नुभएन भन्दै छन ।
दिदिः नचिनेर पो त नि (केहिवेर पछि पारु दिदि अनलाईन आउनु भयो र रिक्वेष्ट एसेप्ट गर्नु भयो ।)
पौडेलः ए होर
दिदिः गरेँ अव ।
पौडेल : ए ल ल ।
         : अनि के छ हाम्रो छिमेक तिरको खवर ?
दिदि : ठिक छ । (हामी नाचेको भिडियो म्यासेज आउँछ ।)
        : के हो खुव याद गरि राछौ छ ।
पौडेल : यहाँ मन भित्र आगो लाइ सक्यो ।
दिदि : हाँस्दै
       : सवैको वि. एफ. छ जस्तो छ ।
       : फोन मै चिप्की रहन्छन ।
       : एउटीलाई त वाइकवाला पुर्याएर जान्छ ।
       : के भण्डारी त होइन त्यो ?
(हामी दुइजना मरि मरि हाँस्यौँ ।)
पौडेलः त्यसो भए यता आगो लगाएर खरानी बनाउने भए त ?
दिदि : त्यस्तो आगो लगाउने धेरै भेटिन्छन ।
         : जाबो यीनीहरु
         : अम्वीवाली त राम्री छ
         : अरु भन्दा नि !
         : कुरा कानी भेटघाट भएको छैन ?
पौडेलः अम्वीवाली भनेको चैँ कुन हुन फेरी ?
         : छैन कहाँ हुनु ।
         : हजुरले यसो कुरा मिलाइदिनु पर्यो के दिदि ।
         : नाम के के हो तिनिहरुको ?
दिदि  : हिजो देख्या त्यहि हो लम्वी वाली
         : भण्डारीले मेरी वाली भन्दै थ्यो नि ।
         : नाम बेलुका सोधेर बताउँछु ।
पौडेलः सप्पैको नाम सोध्नु है त ।
दिदिः एउटीको त थाहा छ ।
       : साथि छ मेरोमा
पौडेलः के हो भन्नु त ?
दिदि : डडेलवाली
पौडेल : ओके

नाम थाहा पाउने वित्तिकै मेरो फेसवुक वाट डडेलवालीको प्रोफाइल सर्च गर्यौँ । उनको फोटोमा देख्ने वित्तिकै क्लिक गरेँ । उनको प्रोफाइल खुल्यो । त्यसमा उनको नाम र थर अनि कोष्ठकमा उपनाम सपु लेखिएको थियो । उनको थर परियार देख्ने वित्तिकै म रनभुलमा परेँ । म माथि ठुलो पहाड खसे जस्तो अनुभुति भयो । पौडेल पनि संगै हुनु हुन्थ्यो । उहाँ खित्का छाडेर हाँस्न लाग्नुभयो । म पनि हाँसे ।
यत्तिकैमा फेरी दिदिको  म्यासेज आयो ।
दिदि : ए ! ला भाई यी त तिमिहरुलाई नमिल्ने देखियो । प्रोफाइलको स्क्रीन सट पठाउँदै ।
        : कुचिङ्ग खालको इमोजी
पौडेल : हैट ! झ्याउ भएछ नि । (दिदिको हाहा रिएक्ट आउँछ ।)
          : आगो लागेको थियो पानी पर्यो झ्याप्पै निभ्यो हाँस्दै
          : उडायो सपना सवै हुरीले रुँदै
दिदि : हाहा....

जिन्दगिमा कसैलाई मन पराएर परीको रुपमा देखेको उस्लाई मैले एक्कासी छेउ टुप्पो नमिल्ने देखेँ । पौडेललाई निकै हाँसो लागि रहेको थियो । उहाँ मलाई विभिन्न कुराहरुले जिस्क्याउनु भयो ।
पौडेल : घरवाट निकाल्दिन्छन यार ।
म       : घरवाट त के तगारो बाट हेर्न नि दिन्नन नि ।
पौडेल फेरी हाँस्न लागे । उनको हाँसो रोकिन गार्हो भएको थियो ।
पौडेल : जन्ती कहिले जाने हो ?
म      : मेरो ब्यामा बाजा बजाउन पर्दैन (रिसाउँदै)
उनि फेरी हाँसे ।
गित गाउन लागे । माया भन्ने चिज नै यस्तै .... उडायो सपना सवै हुरीले... सप्प्प्प्पु.....
त्यसपछि उनि पनि आफ्नो दौतरी खोज्न छाडिदिए ।
त्यसपछि उनि देवकोटा लाई भन्न पुगे । उनि पनि के कम धोको फेरेर भन्न लाग्नूभयो ।
देवकोटा : बरु कालि नै ठिक ।
म केहि पनि बोल्न सकिन ।
दुइजनाले पालो पालो उडाउन लागे दुवैलाई सम्हाल्न मलाई हम्मे हम्मे पर्यो

आजको आधुनिक युगमा पनि हाम्रो समाजमा मानिसहरु यस्ता समान्य झिना मसिना जातिय कुराहरुमा अल्झीएको स्पष्ट रुपमा देख्न पाइन्छ । युवाहरुमा यस्तो सोच केहि कमि भएता पनि पुर्णरुपमा भने निर्मुल हुन सकिरहेको छैन । केहि शताव्दी अघि राज्य एकिकरण गर्ने दशकतिर एकैसाथ सुरुवात भएको यो संस्कार लम्की धम्की र बल प्रयोग गरेर सत्ता प्राप्ती तथा राज्य विस्तार गर्ने चलन हटे पनि जातिय विभेद भने पुर्ण रुपमा निर्मुृल हुन अझै पनि सकिरहेकोे छैन । यस्तो संस्कार सवैले मनन गरी सदाका लागि निर्मुल गर्न सवैको सोचमा परिर्वतन हुन जरुरी छ । आजको युगमा यस्तो विभेदको कारणले कोही पनि आफ्नो अघि बढाएको कदम रोकिन नपरोस । सवैमा अपिल छ ।


"समय संगै सोच बदलौँ देश विकासमा सवै सहभागि बनौँ ।"


यो कथाका र कथा संग सम्बन्धित सवै पात्र तथा घटनाहरु विशुद्ध काल्पनिक हुन । कसैको जिवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ ।