Sunday, 28 April 2019

नेपाली बजार


दशैँ सवैको घर आगनमा आएको छ,अनि दशैँका लागि भनेर किनमेल गर्न भनि बजारतिर घुइचोँ दिन प्रतिदिन बढ्ने क्रममा छ । जव म पनि समान किन्न भनेर पसलमा पुग्छु मेरो आँखा जहिले तराजुमा जान्छ अनि म एकोहोरिन्छु त्यो तराजुमा एउटा महिलाले आँखामा पट्टी बाँधेर समाएको तराजुको आकृती बनाउन पुग्छु । पसलेले त्यो पैसा तिर्ने तिर तराजु रकम अनुशार झुकाएको हुन्छ ।  म एकोरिन थाल्छु किन तराजु झुकाउनु पर्ने ? बराबर गर्दा हुँदैन र ? आखिर तराजुले खरिदकर्ता र विुक्रेताको विचको सन्तुलनमा समरुपता त्याउने विश्वास छ तर सामान र ढक संग किन बराबर भएपनि केहि समान थपेर भएपनि झुकाएरै दिइन्छ । त्यहाँ नापो भन्दा केहि बढि सामानको कारोवार देख्छु । यस्मा पनि पैसाकै दवाव हो ?


समानता र न्याए कै कुरा गर्नु पर्दा नेपाली समाजमा घटेको एक कहाली लाग्दो हत्याकाण्ड जुन सम्झँदा पनि कन्सीरीका रौँ ठाडो हुन्छ । यस्तो जनताको ढुकढुकी राजा विरेन्द्रको परिवार हत्याकाण्डको विवरण  पनि जनतामा स्पष्ट रुपमा जनता सामु आउन सकेन । उक्त घटनामा देश भर रुवावासी मच्चीयो । घटनामा सत्य तथ्य कुरा बाहिर नआउँदा मानिसहरु आफैँमा शंका उपशंका गर्न बाध्य भएका थिए । राजा जस्तो शक्ति शालीलाइ त मारे हामी जनताको के होला भन्ने निराशाजनक आवाज सुनिएको थियो । यस्तो भयानक घटनाको ढाकछोप भएको देख्दा न्याय  र कानुन अनि अनुशन्धान विभाग ब्यर्थ रहेको अनुभुति गरिएको छ । के प्रहरीले यस्तो घटनाको छान विन गर्न सकेन ? सक्दैन भने प्रहरी के का लागि ? के यो घटना पनि सत्ता र पैसाकै दवावले त दवाईएन ? 

बलात्कार पिडीत निर्मलाको हत्याको विषयमा पनि त्यस्तै विडम्बना देखिएको छ उसका बाबु आमा आँखामा आँशु बगाउँदै सन्तुलीत तराजुको खोजीमा भौँतारिएका छन, अनि तराजुका न्याएका भक्तहरु आन्दोलनमा ज्यान गुमाएका छन, अनि सर्व साधारण जनता के होला भन्दै अनुमान लगाउन बाध्य छन । कसैले दलाल मार्फत भन्छन कसैले स्थानिय शक्तिशत्ता धारी ब्यक्ति द्धारा हत्या गरियो भन्छन । अनि दोसीको खोजी कार्य नहुँदा शंकाको घेरामा निर्दोष लाइ पनि मुछिएको छ कि ?

सवै जनमानसमा उक्त घटनाको बारेमा सत्य तथ्य पत्ता लगाइ सवै जनतामाझ सार्वजनिक गरिनु आवस्यक छ । जनताहरु आपसमा कसरी कस्ले किन कहाँ भन्ने कुराहरुमा आफ्ना आफ्नै तर्क बनाउन बाध्य देखिन्छन । यसको मारमा निर्दाेशि पनि परेका छन । बास्तविक अपराधि पत्ता नलगाइँदा हाम्रो नेपाली समाजमा पनि न्याए गर्ने चलनमा यस्तै त छैन भन्ने आशंका आउँछ । विगतमा नेपाली जनताले गुमाएका मदन भण्डारीको हत्याको कुराको पनि अझै सम्म छानविन हुन नसक्नु  कारण के छ ? कस्ले गर्यो हत्या पत्ता लगाउनै नसकिने हो र ? 

त्यस्तै देशका एक स्तम्भ नेपालीहरुको ढुकढुकी ने क पा का नेता मदन भण्डारीको रहस्यमय मृत्यु पनि हत्या गरिएको शंका गरिएको छ । सर्वसाधारणहरु उक्त घटनाको सत्य तथ्य बाहिरीने आशामा बर्षाैँ विताइसके तर यो कुरा पनि रहस्यमय नै रहेको पाइन्छ । के यो घटनाको पनि छानविन गर्न नेपालको छानविन गर्ने निकायले गर्न सकेन ? कि गर्न दिइएन ? कि यसमा पनि सत्ताको वा पैसाको दम्भ मिसिएको हो ?

नेपालको इतिहाँसमा घटेका यस्ता थुप्रै कहाली लाग्दा घटनाहरुको उचित छानविन हुन नसक्दा सर्वसाधारण एक आपसमा मुखामुख गरि घटनाको अनुमान लगाउन खोज्दा निर्दाेशीलाई पनि दोशीको रुपमा आकँलन गर्न पुगेका छन भने निर्दाेशी ब्यक्तिहरुले कष्ट भोग्नु परेको छ । यस्तो अन्योेल जनक स्थीती हुुन नदिन सरकारले बनेको कानुनको उचित प्रयोग गरि सत्य तथ्य सार्वजनिक गरि जनतामा सरकार प्रतिको विश्वास दिलाउन आवस्यक छ ।  जनताहरुमा ढुक्कसंग बाँच्नको लागि बनेको नियमको उचित कार्यन्यन गरि सम्पुर्णले आफ्नो कर्तब्य निभाई राष्ट्र निर्माणमा लागे देश विकास पनि सम्भव देखिन्छ । 

Tuesday, 23 April 2019

रेडियो तरंग

के तपाइँलाई थाहा छ रेडियो तरंग भनेको के हो ? यस्ले कसरी काम गर्दछ ? आउनुहोस यसै विषयमा कुरा गरौं । रेडियो एक यस्तो साधन हो जस्ले हावामा रहेको मसिना ससाना तरंगहरु जुन हाम्रो कानले सुन्न सक्दैन यस्तो ध्वनिलाई प्रसोधन गरी हामिले सुन्न सक्ने बनाइदिने कार्य गर्दछ । तपाइँ लाई एफ एम रेडियो को बारेमा थाहा भएको हुनु पर्दछ । नेपालमा २००७ सालमा रेडियो नेपालद्धारा ए एम प्रसारण गरिन्थ्यो केहि बर्ष यता एफ एम कै रुपमा १०० मेगा हर्जमा प्रसारण गरिन्छ । त्यस्तै अन्य थुप्रै एफ एम प्रसारणहरु पनि frequency modulation range ८८ मेगा हर्ज देखि १०८ मेगा हर्ज सम्म प्रसारण हुने गर्दछन ।

फोन पनि एक स्थानबाट अर्को स्थान सम्म हावामा भएका ध्वनिका तरंगहरु ग्रहण गरि अर्को फोन सम्म तरंग पुर्याउने कार्य गर्दछ । जस्ले हाम्रो दैनिक जिवन निकै सहज बनाएको छ । रेडियोले एकतर्फि तरङ्गलाई मात्र प्रसोधन गर्न सक्दछ भने फोनले दुई तर्फि तरङ्ग प्रसोधन गर्न सक्दछ ।

यस्तै कुरा गरौं ध्वनिको शक्तिको विषयमा, हावामा भएको ध्वनिको शक्ति कति हुन्छ भन्ने कुरा तपाइँले एकिन गर्नु भएको छैन होला । तर ध्वनिमा निकै धेरै शक्ति पाइन्छ । उदाहरणका लागि तपाइँ कुनै सुनसान स्थालमा हुनुहुन्छ भने तपाइँ केहि डराउनु हुन्छ त्यसै बेला तपाइँले केहि आवाज सुन्नु भयो भने तपाइँको डर दोब्बर हुने गर्दछ । यदि तपाइँ सो डर लाई नियन्त्रण गरी बस्नुभयो भने सो यत्तिमै कायम रहन्छ तर तपाइँ डराएर चिच्याउनु भयो भने तपाइँको डर चौगुणा बडेर जाने हुन्छ ।

ध्वनिमा यस्तो शक्ति हुन्छ जस्ले पिडा र रिस कम गर्ने तर डर भने दोब्बर गर्न मद्दत गर्दछ । अव फेरी अर्को उदाहरण तर्फ लागौं, तपाई निकै रिसाएको अवस्थामा हुनुहुन्छ  तपाइँलाइ उक्त रिस सहन गर्न गाह्रो भैराखेको हुन्छ तर तपाईले उक्त रिस र पिडा कसैलाई भनेपछि वा शेयर गरेपछि कम भएर जान्छ ।

यस्तै मन्त्रको प्रभावका बारेमा पनि केहि कुरा जानकारी गराउन चाहेँ । मन्त्र एउटा कागजमा लेखिएको सामान्य औचित्य हिन शब्द होइन । मन्त्रको शुद्ध उच्चाहरणको प्रभाव निकै असरदार हुन्छ ।

not completed...

Thursday, 18 April 2019

गरिवी सोचाइको

सदा झैँ आज पनि म सवेरै पसल खोल्न भनि आफ्नो पसलमा गएँ । सिधा मेरो सटरको अगाडी एक जना मान्छे लम्पसार भएर सुतेको थियो । उस्को शारिरीक बनावटको बयान गर्दा मैलो कपडा लगाएको, फोहोरी प्रवृतीको, निकै पातलो, अनि दारी कपाल जिङ्गरिङ्ग, लामो समय देखि नफालिएका वा रेख देख नगरिएका मानसिक स्थीती ठीक नभए जस्तो पुरुष देखिन्थ्यो ।

उ मस्त निन्द्रामा थियो । मलाई पसल खोल्न हतार भएकाले मैले उसलाई उठाउने जर्मको गरेँ ।  मैले उसको नजिकै गएर घचघचाउन लागेँ । उ बाट एक किसिमको गन्ध आइरहेको थियो । दुइ चार पटक कुम हाल्लाए पछि उ ब्युँझियो । उ केहि नबोली त्यहाँ देखी सरासर विलिन भयो । म आफ्नो नित्य कर्म सकिएपछि ब्यापारमा मस्त भएँ ।

भोली पल्ट पनि उक्त मानिस मेरै सटरको अघिल्तीर सुतिरहेको थियो । आज पनि मैले उसलाई घचघचाएर उठाँए । उ उठेपछि नबोली सरक्क आफ्नो बाटो लाग्यो । मेरो पसल बहुमुल्य गरगहनाको भएका कारणले मलाई कता कता त्यस मान्छेले कतै मेरो पसलमा बदमासी गर्ने त होइन भन्ने मनमा शंका उपशंका उप्जन थालेको थियो ।

यसरी नै १०/१२ दिनसम्म पनि लगातार मेरो पसल अगाडी आएर लम्पसार परेर सुत्ने, विहान विहानै गाली गर्नु पर्ने मुड खराव हुने बोहोनी खराव गरिदिएको जस्तो सोचाई आएरहेको थियो । उसलाई यहाँवाट सँधैको निम्ती धपाउने जुक्तिको खोजीमा मस्तिष्क काम गर्दै थियो । आज पनि मैले उसलाई उठाउने जर्मको गरेँ । उ खुवै निन्द्रामा थियो । अरु दिन भन्दा आज उस्लाई गहिरो निन्द्रा परेकाले अलि मेहेनत गर्नु पर्यो । म उसको अर्लाम बनेको थिएँ । उ केहि नबोली उठेर सुूरुक्क जान्थ्यो । आज भने उ किन बोल्दैन भन्ने कुरा मनमा आयो र उ संग जाँदा जाँदै बोल्न मन भयो र उस्लाई बोलाएँ । उ बोलेन अनि फेरी प्रयास गरेँ । त्यसपछि उ बोल्न नसक्ने रहेछ भनि पत्ता लगाएँ । केहि बेर स्तब्ध भएँ ।

नचिनेको मानिसको विश्वास गर्नु अलि जोखिम नै मान्छु म । त्यसैले म शंकालु अनि केहि रिसालु भएको थिएँ । एक दिन त अत्ति भयो भनेर छिमेकी दाइको सल्लाह अनुसार पागल भन्दै गाली गर्दै उसलाई सुतिरहेको बेलामा एक बाल्टी पानी खनाइदिएँ । उ तर्सेर भाग्यो । यो दृश्य देखेर एक जना बुढा मान्छे मेरो पसलमा आएर एक छिन गफ गरे । उनका अनुशार त्यो मान्छे अलि उताको टोलमा बस्थ्यो आजभोली यता सरेको रहेछ ।

त्यसैको भोली पल्ट विहान म सधैँको समयमा पसल खोल्न भनि गएँ । त्यो मान्छे त्यहाँ नभएको टाढैवाट देखेँ, अनि केहि बोझ हल्का भएको महसुस गरेँ । केहि मन्द मुस्कानका साथ पसलको नजिक पुगेँ । पसको ताला फोरीएको अबस्थामा थियो । केहि तोडफोड गरे जस्तो पनि देखिन्थ्यो । म तर्सिएँ । सटर माथी सारेँ । बहुमुल्य सामान जति लान मिल्ने जति केहि सामान थिएनन । काउण्टर पनि रित्तो थियो । यसै बेला मलाई मेरो बाबुले दिएको सम्पत्ति धितो राखी पसल खोल्न भनि लिएको ऋणको याद गरेँ । बाल बच्चाको भविष्यको चिन्ता गरेँ मनमनै भक्कानीएँ । आँसु बर्रर खसे । मैले त्यस ब्यक्तिमाथी शंका उपशंका लगाएँ । मेरो उ प्रतिको दोसी ठम्याइ नै दरो भइसकेको थियो ।

पलतिर वलतिर जता ततै सोधेँ सवैले यहि हो भनि भन्न सकेनन् । त्यस पछि यता उता हेरेँ । घर बेटीले मेरो पसलको ठिक माथि एउटा सिसी क्यामरा जडान गरेका थिए । उनलाई सवै बृतान्न बताएपटि उनले सिसी क्यामराको फुटेज हेर्ने अनुमति दिए ।

क्यामरामा विगत एक महिना देखिका दृष्यहरु कैद गरिएका सुरक्षित थिए । मैले सुरूमा गत रातको दृष्य हेरेँ । उक्त दृष्य हेर्ना साथ म झसंग भएँ ।

रातको करिव साढे १ बजे तिर दुइ जना हेल्मेट लगाएका मान्छेहरु आए, त्यस पछि उनिहरु सटरमा लगाएको ताला काट्न लागे । उक्त कुरा थाहा पाउनासाथ त्यो मान्छे जर्याक जुरुक उठ्यो र उनिहरुलाई प्रतिरोध गर्न खोज्यो । मेरा आँखावाट आशु बर्रर खसे । म निकै भावुक भएँ । त्यस पछि ति हेलेमेट धारीहरु उस्लाई कुटेर धाइते बनाए । उ घाइते भएता पनि प्रतिकार जारी राख्यो । यत्तिकैका एउटा हेल्मेट धारीले छुरा निकालेर उस्लाई पेटमा दुई पटक लगातार कोप्यो । उ भुइँमा बर्लंग पल्टीयो । उ छटपटाउँदै थियो । त्यसपछि उनीहरु पसल भित्र छिरे र सवै सामान पोको पारेर सटर झारेर भागे । केहिबेर पछि उ छटपटाउन छाड्यो ।

करिब ३ बजे तिर दुध ल्याउने गाडी आएको दृष्य देखियो । उनीहरु संधैको जस्तै सुतिरहने मान्छे देखेर मतलब नगरी नजिकैको पसलमा दुुध छाडेर आफ्नो बाटो लागे । केहिबेरमा पत्रिका बाँड्ने आए र उनले त्यहाँ रगत र उत्त मान्छेलाई चोट पटक लागेको देखेर मन लागे नलागेको जस्तो गर्दै  उठाउन खोजे । उ उठेन, त्यस पछि प्रहरीलाइ खवर गरेछन । उनि प्रहरी आएर मुचुल्का उठाएर उक्त लास राती नै लिएर गएको रहेछ ।

अनि मैले पुन उ आए देखिको भिडीयो हेरेँ । एक जना अविवाहित केटी कहिले काँहि उसलाई अलि परको टोलवाट खाना ल्याइदिने गर्दि रहिछन अनि खाना खाएपछि फर्किदिँ रहिछन । त्यो दृष्यले मलाई फेरी भावुक बनाँयो । मेरो उ प्रतिको ब्यवहार र उसको म प्रतिको ब्यवहारमा तुलना गरेँ । आँफुलाई क्षमा गर्न लाएकको पाउन सकिन । अनि आँफुलाई निकै धिक्कार लगाएँ । भिडीयोमा ति हेल्मेट धारीहरु पनि उ मेरो सटर अघि आएको दुइ तिन दिन देखिवाट देखिन थालेका थिए । उनिहरुले मेरो पसलको निगरानी गरेको अनुमान सजिलै गर्न सकिन्थ्यो । मलाई कता कता उ मेरो पसलको सुरक्षाको निम्ती त आएको थिएन ? यस्ता कुराहरुले मेरो पसलवाट हराएको बहुमुल्य सामान भन्दा उस्को ब्याहारले सताइरहेको थियो । आखिर त्यो को थियो ? उसको परिवार थिए कि थिएनन् ? अनि ति अविवाहित महिला को थिइन ? जस्ता प्रश्नले मस्तिष्क भरिएको थियो ।

केहि समय पछि पुलिसहरु आए अनि मैले सम्पुर्ण बृतान्न बताएँ । अनि सिसी क्यामराको फुटेजको बारेमा पनि बताएँ । उनीहरु त्यो फुटेज हेरेर अपराधीलाई जसरी नि समात्ने विश्वास दिलाउँदै मुचुल्का उठाएर गए ।



-काल्पनिक

Sunday, 14 April 2019

म मान्छे मात्रको म हो ।

म मान्छे मात्रको म हो ।
मेरो मन पनि मेरो छैन यहाँ
मेरो लवाइ उस्को रोजाइको हो ।
मेरो कपाल कोर्ने तरिका पनि मेरो होइन उस्को खोजाइको हो ।

म त केवल मान्छे मात्र म हो ।
म मा भएको परिर्वतन पनि उसको हेराइको हो ।
अहिले रचिएको यो रचना पनि उस्को बेराइको हो ।
अहो खै के भयो मलाई, यो सवै उनको मोहनी मन्त्र घेराइको हो ।


म मा म छैन, अनि भेट्दीन आँफुमा आफ्नो चित्र,
म त देख्छु केवल आफुँलाइ, उ भित्र

खै कसैमा के नसा हुन्छ,
कहिले काँही के दशा हुन्छ ।

एकोहोरो चलेको जिन्दगीमा केहि हलचल हुन्छ
अनि भुइचालो आउँछ सवै खलबल हुन्छ ।

मिल्दैन तिमी भित्रको म, मलाइ फिर्ता देउ भन्न पनि,
अनि सकिन्न झनै उ विनाको पल गन्न पनि ।।