Friday, 15 February 2019

प्रयास प्रपोजको

her call
फोनको धुन घन्कीयो । साँझको खाना खाइसकेपछि सुत्ने सुरसार हुँदै थियो । मेरो आँखा फोनको घण्टीले आँफुतिर केन्द्रित गर्यो । फोनको स्क्रीनमा ९८४६२३१८९३ देखियो । म झसंग भएँ यो नाममा मैले मेरो मन मन्दिरमा सजाएको मान्छेको नम्बर सेभ गरेको थिएँ । म आत्तिएँ, फोन उठाउने की नउठाउने ? उठाएर के भन्ने ? मेरो हातहरु !! हातहरु मात्रै होइन पुरै शरिर कामिरहेको थियो । फोन काट्यिो, केहि बेर पछि पुन फोन बज्यो ।
मैले फोन नउठाएको देखि दाईले सोधे, कस्को फोन ? मैले ओठ कमाउँदै जवाफ दिएँ खै नचिनेको नम्बर हो भ्यालेन्टाइनमा कस्को फोन, कस्लाइ आयो ।

यस्तो जवाफ पश्चात दाईले कुनै प्रतिक्रिया दिएनन् ।

निकै डराएको थिएँ म तर किन पत्तो भएन । दिउसो क्लाँस छुटेपछि उ सामु मनमा बुनेको भारी विसाउने प्रयास निकै भएको थियो, छुट्ने बेलामा भारीको नाम्लो च्वाट्ट खोलेर पोख्ने सोचमा थिएँ । साथिहरु निकै हौसला दिइरहेका थिए । म यस्तो  सुअवसरमा शुभ कार्यको लागि आत्तुर थिएँ । सायद उ पनि मेरो शब्दहरुको पर्खाइमा थिइन कि ? हामी साथिहरु मिलेर केहि समय उसंगै बाटोमा निस्क्यौँ । केहि पर पुगेपछि साथिहरुले उसलाइ बाइ भनि बाटो मोडे र मलाई केहि समय उचित बातावरण मिलाई दिए ।

म निकै आँटिलो र जोशिलो भएर उसको पछि पछि उसलाइ बोलाउने प्रयासमा थिएँ । उसको र मेरो दुरी करिव १० मिटर मात्र फरक भएको थियो । त्यसैबेला घुम्ती भन्दा केहि अगाडी हुँदा विपरित तर्फवाट एकजना दाई सरर बाइक लिएर आउनुभयो र भन्नु भयो कता हो ? हिँड मसंग म घरमा लग्दिन्छु, मैले अनयासै उत्तर दिएँ । उ घुम्तीबाट आँखाको किरण भन्दा पर ओझेलमा परी । सायद उ आफ्नो घरमा पुगिसकेकी थिइ । त्यसपछि म दाईसंग फर्किएँ । साथिहरु दाईसंग देख्दा आश्र्चर्य भए । अनि दाईले थाहा नपाउने गरी उत्साहित पारामा सोधे के भयो नि कुरा ? मैले पुरा घटना सुनाएँ पछि उनीहरुले भने ! तँ अभागी ।

निन्द्रा लाग्ने सुरसार गरेन त्यसपछि मनमा अनगिन्ती कुराहरु खेलाएँ र अन्तमा म्यासेज लेखेँ
Hi S,
happy valentines day
i miss you

Message Sent: 14 Feb 2011