Thursday, 24 January 2019

नेपालकै ग्रान्ड कमेडि शो हुँदै (कमेडी सर्कल)


स्ट्यान्ड अप कमेडी मार्फत नेपाली दर्शकहरु माझ कमेडी सर्कल निकै लोकिप्रियता प्राप्त गरिरहेको छ । हरेक हप्ताको बुधबार युटुव च्यानल मार्फत भिडियोहरु सार्वजनिक गर्दै आएको कमेडी सर्कलले एक लाख त्रिसठ्ठी हजार सब्सक्राइबरको माया समेत पाईसकेको छ , साथै अपलोड गरिएको भिडियोहरु मार्फत निकै राम्रो प्रतिक्रियाहरु देख्न सकिन्छ ।

समाजमा घटेका विभिन्न सामाजिक, राजनैतिक तथा सांस्कृतिक पक्षका विभिन्न बिषयबस्तुलाई प्रसङ्ग बनाएर कमेडी मार्फत प्रस्तुत गर्दै आएको छ । प्रत्येक प्रसङ्गमा कलाकार आफु स्वयम तथा एउटा काल्पनिक पात्रको सिर्जनागरी त्यसै पात्रको वरिपरि रहेर समाजका बिकृति, बिसङ्गति तथा विभिन्न समस्याहरुमाथि ब्यङ्गको माध्यमबाट सबैमा ध्यानकर्षण गराउने गर्र्दछन् । अन्धविश्वासका कुरा, असमानता, राजनैतिक अवस्था तथा दैनिक जिवनका प्रसङ्गहरुलाई व्यङ्गको रुपमा प्रस्तुत गर्दा त्यस घटनाप्रति सजिलै ध्यानकर्षण गराउन सकिन्छ । कमेडि हेरिरहदाँ दर्शकले आफु स्वयमको अवस्था समेत महसुस गर्ने हुदाँ यो निकै प्रभावकारी र सबैको मन जित्न सफल देखिन्छ ।

छोटो समयमै धेरै दर्शकहरुको माया पाउन सफल कमेडि सर्कलले नयाँ प्रतिभाहरु क्षितिज के.सि, साजन श्रेष्ठ,हिमेश पन्त,सुजन जिम्बा,अपुर्व क्षितिज,धिमन्त अधिकारी, सन्जु कट्वाल जस्ता कलाकारहरु खोजी तथा विकास गर्ने कार्यमा समेत सफल भएको छ ।

विभिन्न रेष्टुरेन्टमा लाइभ शो गर्दै आएको कमेडी सर्कलले यहि माघ १२ गते शनिबारका दिन ठमेल स्थीत Out Door Adventure Center Nepal मा The Grand Comedy Show हुन लागेको छ । उक्त शोमा कलाकारहरु क्षितिज के.सि, अपुर्व क्षितिज, सुजन जिम्वा, हिमेश पन्त तथा धिमन्त अधिकारीले विशेष प्रस्तुति प्रस्तुत गर्नेछन् । शो सम्बन्धि अरु जानकारीको लागि कमेडि सर्कलको फेसबुक पेजबाट https://www.facebook.com/comedycircle.np जानकारी प्राप्त गर्न सक्नुहुनेछ । कार्यक्रमको लागि आफनो सिट सुरक्षित गर्नको लागि Khalti App मार्फत टिकट लिन सक्नु हुनेछ । कमेडी सर्कल टिमलाई ग्रान्ड को सफलताको लागि शुभकामना ।

https://www.facebook.com/comedycircle.np/videos/370904543730344/?t=32