Saturday, 30 August 2025

हरिचौरमा ATM Machine उद्घाटन सम्पन्न

नेपाल बैंक लिमिटेड गल्कोट शाखाको मातहतमा रहनेगरी गल्कोट नगरपालिका वडा नं. ५, हरिचौर स्थीत गल्कोट नगर अस्पतालको परिसरमा आज मिति २०८२ भाद्र १४ गते विधिवत रुपमा संचालनमा आएको छ । कार्यक्रमको अध्यक्षता नेपाल बैंक गल्कोट शाखाका शाखा प्रबन्धक श्री अर्जुन भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि गल्कोट नगरपालिकाका उपमेयर श्री फमलाल निउरे, विशेष अतिथि गल्कोट वडा ५ का वडाध्यक्ष श्री पवन हमाल, गल्कोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडल र अतिथिहरु इलाका प्रहरी कार्यालय, गल्कोटका प्रहरी निरिक्षक देवराज काफ्ले, पृथ्वी मा.वि.का प्रधानाध्यापक श्री शेर बहादुर थापा, समाजसेवी टिका बहादुर खत्री, लाल बहादुर खत्री, पुर्ण बहादुर काउचा लगायत यस क्षेत्रका समाजसेवीहरु रहनुभएको थियो । कार्यक्रम शाखाका सहायक शाखा प्रबन्धक श्री पुजा पुरीले संचालन गर्नुभएको थियो भने खजाञ्ची श्री देवराज जैशीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा वडाध्यक्ष हमालले आफ्नो मन्तव्य राख्दै यस क्षेत्रमा नेपाल बैंकसंग घनिष्ट सम्बन्ध रहेको कुरा ब्यक्त गर्नुभयो, डा. पौडेलले मन्तब्य राख्दै यस क्षेत्रमा बैंकको महत्व र बैंकले पुराएको योगदानको चर्चा गर्नुभयो, प्रहरी निरिक्षक काफ्लेले आफ्नो मन्तव्य राख्दै यस क्षेत्रको सुरक्षा र बैंकिङ्ग क्षेत्रमा यसको आवश्यकताको चर्चा गर्नुभयो । साथै कार्यक्रमका प्रमुख अतिथि उपमेयर निउरेले यस क्षेत्रमा बैंकको उपस्थिति र यसको विकासक्रम उल्लेख गर्दै बैंकले ए.टि.एम. सेवा सुरु गरेकोमा खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

उक्त ए.टि.एम. उपमेयर निउरेले रिवन काटी ए.टि.एम. मेसिनवाट कारोबार गरी उद्धघाटन गर्नुभएको थियो ।
अन्तमा, कार्यक्रमका अध्यक्ष शाखा प्रबन्धक भण्डारीले यस क्षेत्रमा सेवा प्रवाह गर्न पाएकोमा खुसी ब्यक्त गर्दै ए.टि.एम. बुथ निमार्णकर्ता लगायत यस क्षेत्रका महानुभाव तथा संघसंस्थाले गरेको सहयोगको चर्चा गदैै आभार ब्यक्त गर्नुभयो साथै नेपाल बैंक संग ढुक्कसंग विश्वस्त भएर कारोबार गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।
फोटो फिचर















 

Thursday, 2 February 2023

आवासीय घरहरू

१ आवासीय घरहरू

- बसोबास गर्ने ठाउँमा व्यक्तिगत पूजाका लागी मूर्तिसहितको मन्दिर बनाउन हुँदैन, तर भगवान को चित्र राख्न निषेध गरिएको छैन

- यदि राखिएको छ भने यो अशुभ हुन्छ, बिसेस गरी लग्न कुण्डली को सप्तम मा बृहस्पति हुने हरुका लागी

- यदि घरको छेउमा सानो अँध्यारो कोठा छ, जहाँ हावा वा उज्यालोको लागि बाटो छैन भने यसलाई जस्ता को तेस्तै छाड्नु पर्छ अन्यथा घर सध्यस लाई दुर्भाग्य हुनेछ।

- घरमा कुनै न कुनै सिमेन्ट नभएको ठाउँ हुनुपर्छ, तर यदि टाल्न सम्भव छैन भने शुक्र सम्बन्धी बस्तु हरू त्यहाँ स्थापित गर्नुपर्छ।

२ सुरक्षित गर्वधारण र बालबालिकाको दीर्घायु

- सुरक्षित गर्वधारण लागी, दूध र चिनीको परम्परागत भाँडोलाई भरेर गर्वधारण गर्ने आमाले छोएर घर बाहिर राख्नुपर्छ। गर्वधारण पछी दुबै भाँडाहरू कुनै मन्दिरमा चढाउनु पर्छ र त्यहाँबाट फिर्ता ल्याउनु हुँदैन। यदि भाँडाको गुणस्तर राम्रो छ भने गर्वधारण सुभ हुनेछ।

- येदि कुण्डलीमा बालबालिकाको अल्पआयु संकेत भए आफ्नो शिशु को समारोह मनाउदा, गुलियो को साटो नुनिलो खानेकुरा वितरण गर्नुहोस्

३ भिक्षा र दान

- छैटौं घरमा चन्द्रमा हुनेहरूले इनार खन्ने कार्य गरे वा पानी वितरण गरे धन सम्पति नाश हुनेछ

- अष्टम घरमा शनि हुनेलाई धर्मशाला निर्माण गर्न निषेध गरिएको छ

- लग्नमा शनि र पंचम घरमा बृहस्पति हुनेले तामाको सिक्का दान दिएमा एकपछि अर्को सन्तानको मृत्यु हुन्छ

- दसम मा बृहस्पति र चौथोमा चन्द्रमा हुने ले मन्दिर निर्माण गरे झुटा आरोप र आलोचनात्मक कानुनी कारबाही निम्त्याउँछ

- द्वादश मा चन्द्र हुनेहरुले निसुल्क शिक्षा प्रधान गरे अथवा जोगी लाई अन्न वितरण गरे जीवनमा प्रलये प्रकट हुनेछ

- सप्तम मा बृहस्पति हुने ले निसुल्क कपडा वितरण नगर्नुहोस् अन्यथा व्यापार र बिवाह मा समस्या निम्त्याउँछ

- सप्तम वा अष्टम घरमा सुर्य हुने जातक ले बिहान वा बेलुका दान गरे अशुभ हुनेछ

४ वैवाहिक जीवनसाथीको छनोट

- बेहुलाको कुण्डली मा ३, ८, ९ वा १२ औ घरमा बुध- राहु युक्ति भए बेहुलीको परिवारका लागि पनी अशुभ मानिन्छ, धन नाश हुनेछ

-लग्नमा शुक्र-केतु को युक्ति हुने जातक को बैवाहिक समन्द तनाबमये रहने हुन्छ

- जातकले प्रेममा लम्पटीएर धन र बैवाहिक जीवन नाश गर्ने छ येदि: सुर्य षष्ठ र मंगल दसम भाव अनी द्वादश पाप प्रवाव मा भए अथवा लग्न मा चन्द्र र एकदश मा बृहस्पति भए

Thursday, 15 September 2022

मुद्रा स्फीती

मुद्रा स्फीती भन्नाले सामान्य मुल्य स्तरमा भएको बृद्धी हो । अर्काे अर्थमा बस्तु तथा सेवाको मुल्यमा  भएको क्रमिक बृद्धी हो । मुद्रा स्फीतीको अबस्थामा बस्तु तथा सेवाको मुल्यमा बृद्धी भई मुद्राको क्रय क्षमतामा कमि आउने हुन्छ  । हाल नेपालमा उपभोक्ता मुल्य सुचकांक विधि, होल सेल मुल्य सुचकांक विधि, उत्पादक मुल्य सुचकांक विधि, ज्याला मुल्य सुचकांक विधि र GDP Deflator सुचकांक विधिद्धारा गणना गर्ने गरिन्छ । यी मापन विधीहरुले मापन गरेको मुल्य सुचकाँक कति सम्म विश्वसनिय छन भन्ने सन्र्दभमा कुरा गर्दा मुद्रा स्फीतिलाई प्रभावित गर्ने तत्वहरुको बारेमा विश्लेषण गरिनु आवस्यक हुन्छ । 

सामान्य जनतालाई करिव १०० प्रतिशत मुद्रा स्फीती भएको अनुभुति हुँदा सरकारी निकायवाट दश प्रतिशत भन्दा कम भएको कुरा प्रकाशन गरिन्छ । के कारणले यस्तो हुन्छ भन्ने सन्दर्भमा कुरा गर्दा सरकारी निकायवाट मुद्रा स्फीति मापन गर्दा कुनै बस्तु तथा सेवाको मुल्यमा मात्र भएको परिर्वतनलाई समावेश गरि गरिन्छ । तर बास्तवमा त्यतिले मात्र नपुग्ने हो कि ? 


बास्तवमा अनुभुति अनुसारको मुद्रा स्फीति मापन गर्नको लागि प्राविधिक परिर्वतनलाई  पनि समावेश गर्नु पर्ने हुन्छ । किन भने प्राविधिक परिर्वतनले पनि मुद्रा स्फीतिलाइ प्रत्यक्ष प्रभावित गर्दछ । उदाहरणको लागि सरकारी क्षेत्रवाट मुद्रा स्फीतिको गणना गर्दा कुनै  नोकिया  ११०० मोडलको फोन सुरुवातमा निष्कासन  गर्दा रु १०००० भन्दा बढि मुल्य थियो, प्राविधिक परिर्वतन हुँदै जाँदा अन्य विभिन्न मोडलका सुविधा सम्पन्न फोनको विकास हुँदै जाँदा हाल नोकिया  ११०० मोडलको फोन १००० पनि नपर्ने अवस्था आयो । तर सुविधाको उपयोग गर्ने बहानामा बास्तविक फोनको खर्च झन बढ्दै गएको छ । अर्काे उदाहरण, कुनै ब्लाक एण्ड ह्वाइट टि भी कुनै  बेला करिव ५०००० पर्ने गथ्र्यो तर आजभोलि सोहि टि भीको मुल्य करिव ३००० पुगेको छ । तर टि भीमा भएको प्राविधिक परिर्वतनले विभिन्न सुविधा सम्पन्न भएको हुँदा हाल २००००० सम्म पर्न जान्छ । तर यसरी मुल्य घटेको देखिएता पनि बास्तबमा ब्यक्तिको खर्च बढ्दो रहेको छ । त्यसैले मुद्रा स्फीति गणना  गर्दा प्राविधिक परिर्वतनदरलाई पनि समावेश गर्नु आवस्यक हुन्छ ।

अन्तमा, मुद्रास्फीति गणना गर्दा ब्यक्तिको खर्चमा भएको परिर्वतनबाट गणना गर्दा बास्तविक मुद्रा स्फीतिदर प्राप्त हुन्छ ।  त्यसैले 

Inflation rate = Change in personal expenses/ Total base year expenses *100

सरकारी निकायवाट मुद्रा स्फीतिको गणना गर्दा प्राविधिक परिर्वतनलाई पनि समावेश गरि गणना गरिएमा प्रभावकारी मानिन्छ । परम्परागत विधि भन्दा कुल ब्यक्तिगत खर्च, कुल पारिवारिक खर्च तथा कुल सरकारी खर्चमा भएको परिर्वतनलाई समावेश गर्नु आवस्यक छ ।

Wednesday, 20 July 2022

Logical Framework analysis

 लगफ्रेम

लगफ्रेम उद्देश्यमूलक आयोजना तर्जुमा तथा व्यवस्थापनका लागि एउटा विश्लेषणात्मक औजार  हो । यसले आयोजनाका उद्देश्यहरू पहिचान गर्न मद्दत गर्दछ र अनुगमन गर्न सकिने सूचकहरूको निर्धारण गर्दछ । साथै आयोजनाको क्षेत्रबाहिरबाट यसको सफलतामा पर्न सक्ने असरका बारेमा पुर्वानुमान गर्दछ र जोखिमहरूलाई पहिल्याउँछ अर्थात्, यसको मद्दतले आयोजनाले प्राप्त गर्न खोजेको लक्ष्यलाई सुरूमै पहिचान गर्न र त्यस्ता लक्ष्य प्राप्त भए–नभएको मापन गर्ने साधनहरूको सुरूमै विकास गर्न सकिन्छ ।

यी सबै कुराहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्ने लगफ्रेमको ढाँचा मुख्यतया ४/४ को एउटा म्याट्रिक्स (Matrix) मा आधारित हुन्छ । लगफ्रेम प्रयोग गर्ने विभिन्न दातृ निकायहरूले यसलाई फरक फरक नाम र छुटृाछुटैृ ढाँचामा प्रस्तुत गर्ने गरेको पाइन्छ । जाइकाले यसलाई Project Design matrix (PDM) भन्दछ भने GTZ  ले ZOPP भन्दछ । नेपाल सरकारका आयोजनाहरूका सन्दर्भमा एकरूपताका ल्याउने हिसावले लगफ्रेम (सोँच तालिका) भनिन्छ र राष्ट्रिय योजना आयोगले लगफ्रेमको निश्चित ढाँचा (तालिका १ मा दिइएको ढाँचा ) निर्धारण गरी लागू गरेको छ । तल तालिका १ मा दिएको ढाँचाले लगफ्रेमका माथि उल्लेख गरिएका सबै विशेषताहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्दछ । यसमा हरेक महल (Column) मा चार हरफहरू (Row) रहेका हुन्छन् । जसमा पहिलो महलमा उल्लेख भएका लक्ष्य, उद्देश्य, प्रतिफल तथा क्रियाकलापहरू हरेकका लागि दोस्रो, तेस्रो र चौथो महलमा क्रमशः अलग–अलग सूचकहरू, पुष्ट्याइँका स्रोतहरू तथा पूर्वानुमान तथा जोखिमहरूका लागि प्रावधान राखिएको हुन्छ ।

यसका महलहरूले लगानी, क्रियालकलाप, उद्देश्य र लक्ष्यहरूबीचको अन्तर–सम्बन्धलाई देखाउँछ र यसलाई ठाडो तर्क (Vertical logic) भनिन्छ । ढाँचामा रहेका पङक्तिहरू (Row) ले क्रियाकलापहरू तथा उपलब्धिहरू हासिल भए–नभएको हेर्ने सूचकहरू, तिनको पुष्ट्याइँका माध्यमहरू र पूर्वानुमान तथा जोखिमहरूलाई इङगित गर्छन् । यसलाई तेर्सो तर्क (Horizontal Logic) भनिन्छ । 



लगफ्रेम संरचनाका अङ्गहरू 


ठाडो तर्क

लक्ष्य 
लगफ्रेममा आयोजनाका उद्देश्यहरूका विभिन्न तह हुन्छन्, र लक्ष्य सबभन्दा माथिल्लो तहको उद्देश्य हो, जसको प्राप्तिमा आयोजना वा कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको हुन्छ । लक्ष्य आयोजनाको दीर्घकालमा देखिने प्रभाव हो र यस्तो लक्ष्य साधारणतयाः कुनै कार्यक्रम वा क्षेत्रको उद्देश्य हुन्छ । उदाहरणका लागि कृषि उत्पादनमा वृद्धि उद्देश्य हुन्छ भने कृषकको आयमा वृद्धि लक्ष्य हुन्छ ।
उद्देश्य
आयोजनाको तत्कालीन उद्देश्य (जसको प्राप्तिका लागि आयोजना सञ्चालन गरिएको
हुन्छ) लाई नै उद्देश्य  भनिन्छ । वास्तवमा यसले आयोजनाबाट प्राप्त गर्न खोजिएको निर्दिष्ट परिणाम ९च्भकगति० लाई जनाउँछ । आयोजनाको आधारभूत उद्देश्य सकभर एउटै हुनु उपयुक्त हुन्छ ।

प्रतिफल
आयोजनाका विभिन्न क्रियाकलापहरू तथा लगानीको व्यवस्थापनबाट हासिल गर्न खोजिएका खास–खास परिणामहरू नै आयोजनाका प्रतिफलहरू हुन् । प्रतिफल यस्ता परिणामहरू हुन् जसका लागि आयोजनाको व्यवस्थापन प्रत्यक्ष रूपमा जवाफदेही हुन्छ ।

क्रियाकलाप
आयोजनाले निर्दिष्ट गरेका प्रतिफलहरू प्राप्त गर्न सञ्चालन गरिने विभिन्न गतिविधिहरूलाई क्रियाकलाप भनिन्छ । यस्ता क्रियाकलापहरूको पहिचान र सूचिवद्ध गर्ने कार्य ज्यादै सावधानीपूर्वक गर्नुपर्दछ ।
लगानी
आयोजनाको प्रतिफल प्राप्त गर्न सञ्चालन गरिने क्रियाकलापहरूका लागि चाहिने आवश्यक साधन–स्रोतहरू यसका लगानी  हुन् । आयोजनाका लगानीहरू भन्नाले आवश्यक जनशक्ति, बजेट, सामग्री तथा सूचनाहरूलाई जनाउदछ । 


तेर्सो तर्क 

कार्य सम्पादन सूचकहरू 
 वस्तुगत रूपले पुष्ट्टयाइँ गर्न सकिने सूचकलाई कार्य सम्पादन सूचक पनि भनिन्छ । यसले परिमाण, गुण, समय र लागतका हिसाबले आयोजना सञ्चालनबाट अपेक्षित परिणाम प्राप्त भइरहेको वा नरहेको स्पष्ट रूपमा सङ्केत दिने आधारहरू प्रस्तुत गर्दछ । लगफ्रेमको ठाडो तर्कका हरेक तहको निमित्त छुट्टै सूचकहरू हुन्छन् , यसबाट के–कति प्रगति हासिल भयो र के–कति गर्न बाँकी छ भन्ने यकिन गर्न सकिन्छ र त्यसैअनुसार क्रियाकलापहरूलाई व्यबस्थित गर्न सकिन्छ । यसमा सूचकहरू मापन योग्य हुनुपर्ने कुरामा ध्यान दिनुपर्दछ र आधार अङ्क तथा लक्षित अङ्क र समय–सीमा स्पष्ट उल्लेख हुनुपर्दछ । जस्तै, २ वर्षमा प्रति हेक्टर उत्पादन १.८ मे.टनबाट ३ मे.टन पु¥याउने । 
पुष्ट्याइँका आधारहरू
यसले पूर्व निर्धारित सूचकहरूका आधारमा आयोजनाको सफलता वा असफलतालाई पुष्ट्याइँ गर्ने साधनलाई पहिले नै स्थापना गरिसकेको हुन्छ । यसमा प्रत्येक सूचकका लागि पुष्ट्याइँका उपयुक्त आधार पनि तोकिएको हुनुपर्दछ । यसका लागि आवश्यक तथ्याङ्क वा सूचनाहरू कहाँबाट प्राप्त हुन्छ र त्यसका स्रोतहरू के हुन्, स्पष्ट हुनुपर्दछ । यो आयोजनाको अनुगमन तथा मूल्याङ्कनसँंग सम्बन्धित छ।

पूर्वानुमान 
यी यस्ता बाह्य तत्वहरू हुन्, जो आयोजनाको प्रगति र सफलताको लागि अनिवार्य सर्तका रूपमा रहन्छन् । आयोजना तर्जुमा गर्दा नै आयोजना कार्यान्वयनको सम्पूर्ण अवधिभर एउटा खास किसिमको प्राकृतिक, राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय अवस्था विद्यमान रहनेछ भन्ने अनुमान गरिएको हुन्छ । यस्ता पूर्वानुमानहरू आयोजनाको नियन्त्रणभन्दा बाहिर हुन्छन् । यदि यस्ता पूर्वानुमान गरिएको स्थितिमा कुनै पनि बाह्य कारणहरूले कुनै परिवर्तन हुन्छ र यो आयोजनाको नियन्त्रणभन्दा बाहिर भएमा यसले आयोजनालाई प्रतिकूल असर पार्न सक्छ र अपेक्षित परिणाम प्राप्त नहुन सक्छ । यस्तो अवस्थामा सुरूमा गरिएका यी अनुमानहरू आयोजनाको सफलतामा बाधा पु¥याउने जोखिम  हुन पुग्छन् । आयोजनाको लक्ष्य हासिल हुने–नहुने कुरा पूर्वानुमानहरू सही साबित भए–भएनन् भन्नेमा निर्भर गर्दछ । लगफ्रेममा पूर्वानुमानलाई उल्लेख गर्दा यसलाई सकारात्मक स्थितिका रूपमा उल्लेख गर्नुपर्दछ । 

लगफ्रेमका चरणहरु 
लगफ्रेमको प्रयोगबाट आयोजनाको ढाँचा तयार पार्ने कार्य यसका विभिन्न तहका उद्देश्यहरु बीचको कारण–
असरको अन्तरसम्बन्ध स्थापित गराउने सामूहिक अभ्यासको परिणति हो । यसको लागि मुख्यतः निम्न
चरणहरुका अभ्यास पार गर्नुपर्दछः–

आयोजनामा सरोकार राख्ने व्यक्ति वा समूहको बिश्लेषण 
आयोजना कार्यक्रमका सरोकारवाला (आयोजनास्थलका स्थानीय जनता, लाभान्वित हुने वर्ग, कार्यान्वयन गर्ने निकाय, सहयोगी निकायहरु आदि) हरुसंग तत् क्षेत्रसंग सम्वन्धित आवश्यकता तथा समसामयिक समस्याहरुका वारेमा विस्तृत छलफल गरिन्छ । 
समस्या बिश्लेषण 
सरोकारवालाहरुसंगको छलफलबाट प्रस्तुत हुन आएका विभिन्न समस्याहरु बीचको कारण र असर हरुलाई वृक्षको रुपमा राखी समस्याको विश्लेषण गरिन्छ । हरेक समस्याका कारण हुन्छन भने त्यस समस्याबाट परेको असरहरु पनि स्पष्टसंग देखिन्छ । समस्याको कारण र असर भएको एउटा समस्याको वृक्ष वनाईन्छ ।
उद्देश्यहरुको बिश्लेषण 
समस्याको वृक्षमा औल्याइएका विभिन्न समस्याहरु समाधानको लागि गरिने कार्यहरु र त्यसबाट पर्ने प्रभावहरुलाई वृक्षको रुपमा देखाइन्छ । सजिलोसंग वुझ्नको लागि समस्याको विश्लेषणमा भएको समस्याको वृक्ष मा प्रस्तुत गरिएको नकारात्मक विवरण  लाई सकारात्मक विवरणमा राखी प्रस्तुत गरिन्छ । यस विश्लेषण प्रणालीमा साधन र साध्य को स्पष्ट सम्वन्ध देखिई अन्त्यमा उद्देश्यको वृक्ष वनाईन्छ ।
विकल्पहरुको बिश्लेषण 
समस्या समाधान गर्ने उपायहरु धेरै हुन सक्दछन् तर समय, क्षेत्र, पूँजीको उपलव्धता तथा अन्य परिस्थितिको आधारमा कहिलेकाँही केही समस्याहरु समाधान गर्न एउटा आयोजनाले मात्र नसक्ने अवस्थामा विभिन्न उपायहरुमध्येको उपयुक्त विकल्प छानी त्यसैलाई आयोजनाकोरुपमा छनौट गरिन्छ । यस चरणलाई आयोजनाको छनौट चरण पनि भन्न सकिन्छ ।

लगफ्रेमका सीमाहरू

लगफ्रेम विधि आयोजना तर्जुमा तथा यसको कार्यान्वयनको अनुगमन मूल्याङ्कन गर्ने विभिन्न अ‍ौजारहरूमध्ये एउटा महत्वपूर्ण औजार हो तर यसले प्राविधिक, आर्थिक, सामाजिक एवं वातावरणीय विश्लेषण हरूलाई विस्थापित गर्दैन । यो आय वितरण, रोजगारीका अवसरहरूको सिर्जना, स्रोत सम्बन्धमा पहुँचजस्ता लक्ष्य प्राप्तिमा निरपेक्ष  रहन्छ । यसले व्यवस्थापकहरूको अनुभवलाई पनि विस्थापित गर्दैन । लगफ्रेमबाट अधिकतम लाभ लिन संलग्न व्यक्तिहरूलाई व्यवस्थित तालिम दिनु अत्यावश्यक हुन्छ । 



Wednesday, 6 April 2022

अर्थतन्त्रका समस्या

 के अर्थतन्त्र राष्ट्र बैँकको मात्र हो ? अनि हामिले आफ्नो पैसा खर्च गरेर आयातमा निर्भर ब्यापार तथा उपभोग गर्न नपाउने रु कहिले सम्म यस्ता प्रतिवन्ध लगाउने ? विलासीताका बस्तु ! के साँच्चै नेपालीले विलासी जीवन विताएका छन त ? अनि आफ्नो खरिद गर्न पाउने उपभोक्ता अधिकार खै ? कहिले सम्म अर्थतन्त्र जोगाउनका लागि उपभोग नगरी बस्ने त ? आयात रोक्नु दिर्घकालिन समाधान हो त ? के यसरी नै हो त विदेशी मुद्राको संचीती बढाउने ? 

राष्ट्र बैँकले मात्र यसरी लागि परिरहेको अबस्थामा अन्य सरकारी  निकायको जिम्मेवारी खै ? अर्थमन्त्रालय, योजना आयोग, उद्योग वाणिज्य मन्त्रालय जस्ता निकाय खै ? कि यी निकाय विच सम्बन्ध । समन्वय नै छैन ? सरकारसंग भएको १०० अर्व कहिले खर्च गरी बजारमा ल्याउने ? 

आयात बढ्नु, निर्यात पनि आयातमा निर्भर हुनु, बजारमा तरलता नहुनु, विदेशी विनिमय संचीतीमा कमि हुँदै जानु जस्ता विषय हालका समस्या हुन । यी समस्याहरु समाधान गर्नका लागि राष्ट्र बैँकवाट मात्र नभइ सम्बन्धीत सवै निकायहरुवाट पहल हुनु आवस्यक छ । दिर्घकालिन उत्पादनलाई थाँति राखि अल्पकालिन उत्पादनलाई जोड दिन सकिन्छ । उदाहरणको लागि तरकारीको रुपमा प्रयोग गरिने साग २०/२५ दिनमा उपभोग योग्य बनाउन सकिन्छ । सागमा त हामी २०.२५ दिनमै आत्मनिर्भर हुन सक्ने रहेछौँ । यस्तै अल्पकालिन उत्पादनका क्षेत्र पहिचान गरि उत्पादनमा जोड दिइ आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिँदा नेपाललाई मात्र होइन हाल श्रीलंकालाई पनि हालको समस्या टार्न सहयोग पुग्ने देखिन्छ । 

अर्को उदाहरणः मेरो घरमा विभिन्न सामानहरु विक्री गर्नका लागि घरमै आउँछन तर घरको उत्पादन खरिद गर्न कोहि पनि आउँदैन । यसरी नै खरिदमुखी बजारको मात्र उपस्थीतीले आयात बढाएको देखिन्छ । छिमेकमा भएको उत्पादन मेरो घरसम्म र मेरो घरमा भएको उत्पादन छिमेकी सम्म पुर्याउने माध्यम छैन बरु बारी मै कुहिन्छन अथवा घरमै विग्रन्छ, त्यसैले आयात बढेको छ । यसमा सरकारी पक्षवाट पहल हुन आवस्यक छ राष्ट्र बैँकले मात्र केहि गर्न  सक्दैन। 

यसरी एक निकायले मात्र अर्थतन्त्रको भार उठाइरहेको अवस्थामा सवै सम्बन्धीत निकाय, उद्योगी, ब्यासायी, उपभोक्ता, कृषक आदीले आफ्नो स्थानवाट उत्पादनमा जोड दिने र अनावस्यक आयात कम गर्ने तर्फ सम्वेदनशील हुन आवस्यक छ ।। यो आयात रोक्ने खेल खेलेर केहि समयको लागि थाम्ने भएतापनि दिर्घकालमा समाधान हुन सक्दैन ।अर्थतन्त्रका क्रियाकलाप उत्पादनमुखी नभएसम्म केहि हुनेवाला छैन । बरु यता जोड दिऔँ । मात्र मेरो दृष्टिकोण ।

Sunday, 26 December 2021

मुद्रास्फीति

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको वृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

Nigeria & UK: Two opposing inflation problems | Nairametrics

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्को शब्दमा वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सामान्यतयाः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

मुद्रास्फीतिका कारणः 

माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि):

मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।

क) शाख मुद्राको आपूर्तिमा वृद्धि ।

ख) घाटाको सरकारी वित्त व्यवस्था

ग) सरकारि खर्चमा बृद्दि

घ) कर कटौती

ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि):  

उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ः

क) पुँजी लागतमा वृद्धि

ख) कच्चापदार्थको मूल्यमा वृद्धि

ग) ब्याजदरमा वृद्धि

ग) ब्याजदरमा वृद्धि

घ) ज्यालादरमा वृद्धि

ङ) प्राकृतिक प्रकोप 

मुद्रास्फिति नियन्त्रण गर्ने उपायहरू(Methods of controlling Inflation):

1. माैद्रिक उपायहरू (Monitory tools):

क)  बैंकदरमा बृद्दि (Increase in Bank Rate)

ख) खुला बजार सन्चालन ( Open market operation)

ग) नगद माैज्दातमा बृद्दि ( Increase in  Cash Reserve Ratio)

घ) उपभाेक्ता साख नियमन ( Regulating consumer credit)

ङ) मार्जिन अाबश्यकतामा बृद्दि ( Increase in Margin Requirement) 

2. बित्तिय उपायहरू ( Financial tools):

क) सार्बजनिक खर्चमा कमि (Reduction in Public Expenditure)

ख) करमा बृद्दि ( Increase in Tax)

ग) सार्बजनिक ऋणकाे ब्यबस्थापन ( Management of Public Debt)

घ) घाटा बित्तकाे नियन्त्रण ( Controlling  Deficit Financing)

अन्य उपायहरू (Other Tools):

क) प्रत्यक्ष मुल्य निर्धारण (Direct Pricing)

ख) काेटा प्रणालि निर्धारण ( Rationing)

ग) उत्पादनमा बिस्तार ( Expansion on Production)

घ) उचित ज्याला निति अबलम्बन ( Appropriate Wage System)

ङ) बचत गर्न प्राेत्साहन (Encouraging Saving)

Source: Banking tayari

वित्तीय साक्षरता

साधारण अर्थमा रुपैँया/पैसाको उचित उपयोग गर्न सक्ने शिक्षा नै वित्तिय साक्षरता हो । अर्को शब्दमा मुलुकको समग्र वित्तिय व्यवस्था, वित्तिय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको बारेमा ज्ञान प्राप्त गर्ने कार्य नै वित्तीय साक्षरता हो । वित्तीय साक्षरता मार्फत आधुनिक अर्थव्यवस्थाको महत्वपूर्ण अंगको रुपमा रहेको वित्तीय सेवा र त्यस सम्बन्धी सम्पूर्ण उपकरणहरुको कुशल उपयोग गर्न शिक्षा प्राप्त हुने गर्दछ । वित्तीय साक्षरता एउटा कार्यक्रम पनि हो, जसको मूख्य लक्ष्य मानिसहरुलाई पैसाको सदुपयोग, बचत, जीविकोपार्जन, रोजगार प्राप्त गर्ने र व्यवहारिक शिक्षाको माध्यमबाट उद्यमी बन्नेबारे सिकाउनु हो ।

वित्तीय साक्षरताले पैसाको महत्व बुझ्ने र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने कुरामा जोड दिन्छ । हरेक व्यक्तिसँग भएको सिमित स्रोत र साधनको कुशल उपयोग बारे जानकारी प्रदान गर्दै आयमूलक क्षेत्रमा लगानी र व्यक्तिगत हुदै समग्र मुलुककै आर्थिक उन्नती हाँसिल गर्ने ज्ञान, सिप र कला प्रदान गर्नु नै वित्तिय साक्ष्।रताको मुख्य उदेश्य हो । यसै कारण वित्तीय प्रणाली प्रति पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता कायम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय वित्तीय सेवा प्राप्त गर्न, आर्थिक सामाजिक सुरक्षा हाँसिल गर्न, असिमित आवश्यकतालाई व्यवस्थित गर्ने बजेट बनाउन, आर्थिक क्रियाकलाप मार्फत मानिसको जीवनस्तर उकास्न साथै समग्रमा मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने आधारको रुपमा वित्तीय साक्षरता रहेको हुन्छ ।

नेपालमा वित्तीय साक्षरताको अवस्था:

वित्तीय साक्षरताको मात्रै कुरा गरिराख्दा अर्को छुटाउनै नहुने विषयवस्तु हो वित्तीय पँहुच । यि दुवै एकअर्कामा अन्तरसम्बन्धीत विषयवस्तुहरु हुन । मूलुकमा वित्तीय साक्षरतामा बृद्धि हुँदै जाँदा वित्तिय पँहुच पनि बढ्दै जान्छ । जब वित्तीय पँहुच बढ्दै जान्छ तब आर्थिक क्रियाकलापमा पनि बृद्धि हुने र पुँजी निर्माण पनि बढ्न गई आर्थिक विकास सम्भव हुन्छ । वित्तीय साक्षरता र वित्तिय पँहुचको बिचमा सकारात्मक सम्बन्ध त छ नै यिनीहरु एक अर्कामा प्रभावित हुने र एक अर्कालाई प्रभावित पार्ने विषयवस्तु पनि हुन ।

नेपालको वित्तीय साक्षरतादरलाई जान्नु अघि एकपटक विश्व परिवेशलाई नियालौ । विश्वमा विभिन्न मुलुकहरुमा भएको वित्तीय साक्षरताको दर हेर्ने हो भने न्युनतम १३ प्रतिशत देखि अधिकतम ७१ प्रतिशत सम्म रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । यमनको सबैभन्दा कम १३ प्रतिशत र स्वीडेन, डेनमार्क तथा नर्वेको सबै भन्दा बढी ७१ प्रतिशत रहेको छ । त्यसो त विश्वमै ठुला अर्थतन्त्र भएका हाम्रा दुई छिमेकी मुलुकहरु भारत र चिनको वित्तीय साक्षरता क्रमशः २४ / २८ प्रतिशत रहेको तथ्यांकले देखाउदछ । त्यस्तै विश्वको शक्तिशाली मुलुक सयुक्त राज्य अमेरिकामा ५७ प्रतिशत रहेको छ । दक्षिण एसियाली मूलकहरुको क्षेत्रिय संगठन सार्कमा भने १४ प्रतिशत सहित अफ्गानस्थान सबै भन्दा कम र भुटान ५४ प्रतिशत सहित वित्तीय साक्षरतामा अग्र स्थानमा रहेको छ ।

नेपालमा भने वित्तीय साक्षरताको अवस्था नाजुक रहेको छ जसले गर्दा यहाँ वित्तीय पहुँच पनि न्युन रहेको छ । तथ्यांकगत हिसाबले हेर्ने हो भने नेपालमा करिब १८ प्रतिशत मानिसमा मात्रै वित्तीय साक्षरता रहेको देखिन्छ । त्यस्तै वित्तीय पहुँचको अवस्था भने करिब ६१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वित्तीय साक्षरताको अभिवृद्धिका लागि विभिन्न प्रयासहरु पनि गरिराखेको छ । नेपाल राष्ट बैंकले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईराखेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् । पन्ध्रौ योजनाको आधार पत्रमा पनि “ वित्तीय साक्षरता अभिबृद्धि र वित्तिय प्रविधीको प्रयोग मार्फत दुर्गम तथा पिछडिएका क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्ने” रणनीती लिएर अघि बढेता पनि नेपालमा न्युन वित्तीय साक्षरतादर हुनुको मूख्य कारण वित्तीय साक्षरता सम्बन्धी प्रभावकारी प्रचारको अभाव नै रहेको देखिन्छ । अन्य कारणहरुमा वित्तीय साक्षरता सम्बन्धी योजनाबद्ध कार्यक्रमको अभाव, छरिएर रहेका कार्यक्रमहरु, बृहत क्षेत्रलाई समेट्न नसक्नु, कार्यक्रमको प्रभावकारी ढंगले मूल्यांकन गर्ने प्रवृतिको अभाव, वित्तिय साक्षरता सम्बन्धी प्रभावकारी नीतीको अभाव, औपचारिक बैंकिङ क्षेत्रको झण्झटिलो प्रक्रिया, लागत बृद्धिका कारण ग्रमिण क्षेत्रमा बैंकिङ पहुँच न्युन रहनु विद्यमान रहेका छन् ।

अबको बाटो के त ?

आर्थिक विकासको लागि वित्तीय साक्षरता अनिवार्य रहेको हुन्छ, त्यसकारण यसलाई आर्थिक विकासको आधारको रुपमा लिन सकिन्छ । आर्थिक विकासमा भर्खरै लठ्ठी टेक्दै गरेको हाम्रो देशमा वित्तीय साक्षरताको अवस्था पनि नाजुक रहेको तथ्यले देखाइसकेको अवस्थामा अबका दिनहरुमा यसलाई प्रभावकारी ढंगले अगाडी बढाउन देखेका केहि मुख्य उपायहरु निम्न रहेका छन् ।

• यस सम्बन्धी दिर्घकालिन योजना निर्माण गरि अगाडी बढ्ने ।

• वित्तीय साक्षरता सम्बन्धी प्रभावकारी नीती बनाएर अगाडी बढ्ने ।

• हरेक बर्ष वित्तीय साक्षरताका लागि केहि न केहि बजेट छुट्याउने ।

• सुचकसँग जोडेर यस कार्यक्रमको प्रभावकारी मुल्यांकन गर्ने बानीको विकास गर्ने ।

• बैंक तथा वित्तीय संस्थाले यस कार्यक्रमका लागि अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था मिलाउने ।

• सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाईन न्युज च्यानल लगायतका माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने ।

• विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा यस सम्बन्धी बिषयवस्तु अनिवार्य समावेश गर्ने ।

• ग्रामिण क्षेत्रसम्म पुगेर वित्तिय सेवा प्रवाह गर्नुपर्ने ।

निष्कर्ष :

माथि उल्लेखित वित्तीय साक्षरता बढाउन दिएका उपायहरु कम महत्वका छैनन् । नेपालमा वित्तीय साक्षरता अभिबृद्धि गर्न यि उपायहरु कार्यान्वयन गर्ने घोषणाहरु नभएका पनि होइनन् । तर नेपालमा राम्रा राम्रा कार्यक्रमहरु घोषणा मात्रै गर्ने कार्यान्वयन ज्यादै न्युन मात्रामा गर्ने परिपाटी वित्तीय क्षेत्रमा मात्रै हैन अन्य सम्पूर्ण क्षेत्रमा पनि साझा समस्याको रुपमा रहेको देखिन्छ । तसर्थ आउने दिनहरुमा यी उपायहरुलाई सम्पूर्ण पक्षहरु समन्वय गरि प्रतिबद्धताका साथ कार्यन्वयन गर्न सके नेपालको वित्तीय साक्षरता दर पक्कै पनि माथि उठाउन सकिनेछ ।

Source: Banking Tayari